पर्सा । पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ को बेल्वा टोलको थारु धर्मशालामा ने.का.पा.(एमाले)कोपालिका स्तरीय सभा वडा नम्बर १को वडा अध्यक्ष फरमान मियाको सभापतित्वमा हजारौंको संख्याको उपस्थितिमा सभा सम्पन्न भएको हो।
पालिका स्तरीय सभा कार्यक्रमको प्रमुख अतिथिमा ने.क.पा.(एमाले)केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटा रहेको थियो भने विशिष्ट अतिथिहरुमा जिल्ला कमिटी अध्यक्ष प्रभु हजरा,राष्ट्रिय पार्सद सदस्य एवं भु.पु.सभासद राजकुमार गुप्ता,राष्ट्रिय पार्सद सदस्य एवं भु.पु.सभासद जयप्रकाश थारु,रा.प.स.एवं माहानगर कमिटी अध्यक्ष डा.बिश्वमबर शर्मा,प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद,अतिथिहरुमा जिल्ला कमिटी सचिव एवं छिपरमाई गाउँपालिका प्रमुख मनोज गुप्ता,पयेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी,युवा संघ नेपाल केन्द्रिय सदस्य रबि गुप्ता,युवा संघ नेपाल जिल्ला अध्यक्ष महमद निजाम सञचारकर्मीहारुको उपस्थिति रहेको थियो।सभाका उदघोसक लक्षमी खरेलले गरेका थिए।सभालाई केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटाले दिप प्रज्जवल गरि कार्यक्रमलाई सुरु गरेका थिए।
पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले मन्तव्यमा पटेर्वासुगौली गाउँपालिका सम्पुर्णस्थानीयवासीहरुमा स्नेह प्रेम रहने छ जो मलाई भोट दिएका वा भोट नदिएका पनि एक समान रहने छ उहाँका तर्ख रहेको थियोे।मन्तव्यमा बोल्दै भुपु.सभासद राजकुमार गुप्ताले ने.क.पा.(एमाले) फुटेको छैन हामी पार्टी भित्र मात्रै मन्मोटाउ भएको हो।उहाँले पन्द्र महिना पछि हुने चुनावमा ने.क.पा.(एमाले) बहुमतले सरकार बनाउने छ मन्तव्यमा राखेका थिए।त्यसै गरि डा.बिशम्बर शर्मा,छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले मन्तव्य दिएका थिए।कार्यक्रमका प्रमुखअतिथिमा रहेका केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटाले बुदापाखा युवाहरुले भुपु.प्रधानमन्त्री के.पी.ओलीलाई आई लव यु भनेगरेकाछन।उहाँको कामप्रती धेरै खुशी छन।अन्तमा वडा १ का अध्यक्ष एव सभा अध्यक्ष फरमान मियाले मन्तव्य राखी समापन गरेका थिए।