वीरगंज । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर वीरगंजमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।वीरगंजको दियालो लर्डस् प्लाजा होटलमा सम्पन्न तीज मिलन कार्यक्रममा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिना देवी टिबडेवालको अध्यक्षता तथा वरिष्ठ प्रसुती रोग विशेषज्ञ लायन डा।लक्ष्मी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय महिलाहरुले परम्परागत संगिनी नृत्यका साथै तीज सम्बन्धि विभिन्न मनोरञ्जनात्मक कला प्रस्तुत गरेका थिए ।
सोही अवसरमा लायन्स क्लबकी जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रक्ट डिपार्टमेन्ट मेम्बरद्वय लायन गुड्डी जोशी, लायन सपना मित्तल अग्रवाल, नारायणी अस्पताल वीरगंजकी वरिष्ठ नर्स अन्जना श्रेष्ठलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान–पत्र प्रदान गरी सम्मान गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि लायन डा। लक्ष्मी थापा, डा। सोनी झा ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी कोषाध्यक्ष लायन मेहर यादवले गर्नु भएको थियो भने स्वागत मन्तब्य लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी सदस्य सुशिला साहले गर्नुभएको थियो ।