वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय, पर्साले गत आव ०७७–०७८ मा पर्सा नाकाबाट महिला, बालबालिका गरी १०८ जनाको उद्धार गरको छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ८५ जना महिला, एकजना बालक र २२ जना बालिकाको उद्धार गरी घरपरिवारको जिम्मा लगाइएको बताए । उनले चालू आवको भदौ ५ गतेसम्म १८ जना महिला र चारजना बालिका गरी २२ जनाको उद्धार गरिएको बताए ।
बालिका भने ७२ जना हराएका र ३५ जनालाई प्रहरीले फेला पारेको र १५ जना आफैँ घर फर्केका तथा २२ जना अझै फेला पर्न नसकेको प्रवक्ता खनालले जानकारी गराए ।यसैगरी जबरजस्ती करणीको ३७, जबरजस्ती करणी उद्योगमा ७, बालयौन दुरुपयोगका ७, कर्तव्यज्यानका ७, अपरहरण, जबरजस्ती करणीका ३, बहुविवाहका ३, बालविवाहका २, दाइजोको एउटा उजूरी दर्ता भएको बताए । गत आवमा महिला झैँझगडा, कुटपिट अन्य निवदेन (सामाजिक हिँसा) ६८६ वटा दर्ता भएको, ३७८ फर्छोट भएको र ३०६ जना सम्पर्कमा नआएका प्रवक्ता खनालले बताए ।
प्रवक्ता खनालले गत आवको चैत मसान्तसम्म ६ जना ज्येष्ठ नागरिक हराएको निवदेन परेको र चारजनालाई प्रहरीले फेला पारेको तथा दुईजना आफैँ घर फर्केको बताए । यसैगरी ४६ जना महिला हराएकामा २५ जनालाई प्रहरीले फेला पारेको, ११ जना आफै फर्केका र १० जना हालसम्म फेला नपरेका बताऐ यो अवधिमा २५ जना बालक हराएका र एकजना मृत फेला परेको, २५ जनालाई प्रहरीले फेला पारेको तथा ११ जना आफैँ फर्केका र सातजना अहिलेसम्म बेपत्ता रहेको उनले बताए ।