प्रस | मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत वीरगंज महानगरका विभिन्न स्थानमा निर्मित सडक तथा नाला संरक्षणको अभावमा भत्किंदैछ ।
आयोजना अन्तर्गत करीब २५ किलोमिटर कालोपत्रे सडक र ४५ किमी नाला निर्माण भएको थियो । निर्मित सडक र नालामध्ये अहिले दोस्रो बाइपासको सडक र नाला भत्किएको छ । आयोजनाको काम गर्ने ठेक्का लिएको कालिका कन्स्ट्रक्शनका प्रबन्धक व्यवस्थापक ठाकुर ढकालले सडक र नालाको काम सम्पन्न भई हस्तान्तरण भइसकेको र मर्मत सम्भारको अवधि पनि सकिसकेको प्रतीकलाई बताए ।
उनले हस्तान्तरण भएको एक वर्षको अवधिसम्म प्राविधिकरूपले भत्किएका संरचना बनाउने जिम्मेवारी कन्स्ट्रक्शनको भएको तर अन्य कारणले भत्किएको संरचना बनाउने दायित्व कन्स्ट्रक्शनको नभएको बताए । उनले सडक, नालाको काम सम्पन्न भई दुई वर्षअगाडि नै हस्तान्तरण भइसकेको हुनाले एक वर्षको मर्मत सम्भारको अवधि पनि सकिएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काम मात्र कम्पनीले गर्न सक्ने बताए ।
ढकालले पानी प्रशोधन केन्द्र र रानीघाट तथा श्रीसिया पुलमा निर्मित सेप्mटी ट्याङ्की २०१९ जूनमा हस्तान्तरण भएको र सोको मर्मत अवधि २०२० जूनसम्म रहेको बताए । यसबाहेक मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम सम्पन्न भइसकेको र कन्स्ट्रक्शनको कुनै दायित्व नभएको बताए ।
वीरगंज महानगरका मेयर विजय सरावगीले भने कन्स्ट्रक्शनको मर्मत अवधि आगामी जूनसम्म रहेको दाबी गरेका छन् । उनले मनपासँग जनशक्तिको अभाव भएको र सबै क्षेत्रमा महानगरले हात हाल्न असमर्थ भएको बाध्यता जाहेर गरे । उनले मनपा ठूलो क्षेत्र भएको र सबैतिर जनशक्ति लगाएर काम सम्पन्न गर्न सक्ने अवस्था नभएको निरीहता जाहेर गरे । आयोजना अन्तर्गत निर्माण भएका सडकहरू कतै भासिने र नालाहरूमा जथाभावी निर्माण सामग्रीलगायतका सामग्रीहरू राखिएका कारण पूmटपाथ र नाला थुप्रै ठाउँमा भत्किएको छ । खासगरी दोस्रो बाइपासको नवनिर्मित सडक, नाला, पूmटपाथ जीर्ण भइसकेको छ ।
ठेकेदारले हस्तान्तरण गरेपछि त्यसको संरक्षण मनपाले गर्नुपर्ने हो तर सडक र नालामा मनपाले अहिलेसम्म कूचो पनि लगाएको छैन । जसको कारण संरक्षणको अभावमा रु तीन अर्ब लागतमा निर्मित आयोजनाको अधिकांश सडक, नाला, पूmटपाथ अहिले भत्किंदैछ ।