• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महालेखाले देखायो अनियमितताको महामारी

  • वीरगंज संजाल
  • ५ भाद्र २०७८, शनिबार ०८:२७
  • २११३

    वीरगञ्ज । कानुन पालना नगरी सरकारी ढुकुटी खर्च गर्ने प्रवृत्तिसँगै बेरुजु पनि झन् बढेको छ । बेरुजु र कारबाही गरी टुंगो लगाउनुपर्ने रकम एक वर्षमा ११ अर्ब ९७ करोड थपिएर ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड र कारबाही गरी टुंगो लगाउनुपर्ने रकम २ खर्ब ५७ अर्ब ५६ करोड रुपैयाँ हो ।नियमविपरीत भएको कुल खर्च गत वर्षसम्म ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ थियो । विगतमा कानुनविपरीत भएको खर्च सरकारी निकायहरूले फर्स्योट गर्न नसक्दा कुल बेरुजु अंक बढी देखिएको हो । ‘यसको अर्थ सरकारी निकायहरूले विगतको बेरुजु रकम फर्स्योट गर्न सकिरहेका छैनन् भन्ने हो,’ महालेखा परीक्षक टंकमणि शर्मा भन्छन् ।

    अर्कोतर्फ प्रदेश र स्थानीय तहले गर्ने कानुनविपरीतको खर्च पनि बढ्दो छ । २०७५ को प्रतिवेदनअनुसार स्थानीय तहको बेरुजु २४ अर्ब रुपैयाँ थियो । त्यसपछिको वर्ष ३८ अर्ब बेरुजु र आर्थिक वर्ष २०७६/७७ मा यस्तो रकम करिब ४१ अर्ब रुपैयाँ पुगेको छ ।प्रदेशअन्तर्गतका सरकारी कार्यालयमा समेत यस्तै अवस्था छ । २०७५ को प्रतिवेदनअनुसार १९ करोड रुपैयाँ मात्रै बेरुजु रहेको थियो । त्यसपछिको वर्ष ८ अर्ब २० करोड बेरुजु भयो । २०७६/७७ मा प्रदेशको बेरुजु ६ अर्ब ५० करोड रुपैयाँ छ ।

    नियमसम्मत नभएको कुल सरकारी खर्च ६ खर्ब ७६ अर्ब ४१ करोड पुगे पनि बेरुजु अंक कम देखाउन महालेखा परीक्षकको कार्यालयले यो पूरै रकमलाई बेरुजु भन्दैन । लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण र जमानत बसिदिएको ऋणको भाखा नाघेको साँवाब्याजलाई कारबाही गरी टुंगो लगाउनुपर्नेमा राखिन्छ । जसलाई लेखा परीक्षकसम्बद्ध अधिकारीहरू भने गैरकानुनी खर्च भन्छन् । महालेखा परीक्षक शर्माले भने प्राविधिक हिसाबले त्यो पूरै गैरकानुनी भन्न नमिल्ने बताए । ‘किनभने राजस्व बक्यौता उठ्ने समयतालिका तय भएको हुन सक्छ । कोभिड–१९ का कारण केही स्थानीय तहको लेखा परीक्षण गर्न सकिएको छैन,’ उनले भने ।‘यस्तो अवस्थामा पूरै रकमलाई गैरकानुनी खर्च वा बेरुजु नै भन्न मिल्दैन,’ उनले भने । त्यसकारण कारबाही गरी टुंगो लगाउनुपर्ने रकम र बेरुजु छुट्टाछुट्टै भन्ने गरेको उनको भनाइ छ ।

    वर्षान्तको खर्च र रकमान्तरमा मनपरी

    विगत वर्षमा जस्तै आर्थिक वर्ष २०७६/७७ मा पनि अस्वाभाविक रूपमा ठूलो आकारको बजेट निर्माण, राजस्व प्राप्तिमा चतुर्‍याइँ, वर्षान्तमा बढी खर्च र रकमान्तरमा मनपरी भएको प्रतिवेदनले देखाएको छ । आर्थिक कार्यविधि नियमावली–२०६४ को नियम ३३ मा आर्थिक वर्ष समाप्त हुनुअगावै असार २५ गते खाताबन्दी गर्नुपर्ने व्यवस्था छ ।‘यो वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट विनियोजन भई १० खर्ब ९१ अर्ब १३ करोड खर्च भएकोमा असार महिनामा २ खर्ब १० अर्ब १९ करोड (१९.२६ प्रतिशत) खर्च भएको छ,’ प्रतिवेदनमा भनिएको छ । खर्चमध्ये असार २५ गतेदेखि ३१ सम्म एकै सातामा १ खर्ब ९ अर्ब ११ करोड (कुल खर्चको १० प्रतिशत) खर्च भएको छ । यसकारण ‘नियमावलीको व्यवस्था पालना गरी असार २५ पछि खर्च/भुक्तानी गर्ने कार्य नियन्त्रण हुनुपर्छ’ भन्ने सुझाव महालेखाले दिएको छ ।स्वीकृत बजेटभन्दा बढी ७ अर्ब १२ करोड ८ लाख रुपैयाँ खर्च भएको पनि प्रतिवेदनले देखाएको छ । राजस्व प्राप्ति बढी देखाउन अन्य शीर्षकको रकमसमेत तानिदिएको महालेखाको टिप्पणी छ । जबकि आर्थिक कार्यविधि नियमावली–२०६४ को नियम ९ मा राजस्व आर्जन गर्ने कार्यालयको खातामा राजस्व जम्मा गर्नुपर्ने व्यवस्था छ ।

    राजस्व बढेको देखाउन बुढीगण्डकी जलविद्युत् आयोजनाबाट नेपाल सरकारले निकासा दिएको ८ अर्ब ३२ करोड पनि आम्दानीमा गणना

    ‘तर, अर्थ मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणबाट १६ अर्ब, बिमा समितिबाट १ अर्ब, विश्वविद्यालय अनुदान आयोगबाट २ अर्ब, नेपाल इन्टरमोडल यातायात विकास समितिबाट ५७ करोड, राष्ट्रिय परीक्षा बोर्डबाट ५० करोड र बुढीगण्डकी जलविद्युत् आयोजनाबाट नेपाल सरकारले निकासा दिएको रकममध्येको ८ अर्ब ३२ करोड ४९ लाखलाई पनि राजस्व आम्दानी जनाएको छ,’ प्रतिवेदनमा भनिएको छ । त्यस्तो रकम राजस्वमा जम्मा गरेबाट राजस्व असुलीको आकार वृद्धि भएको छ । अर्थ मन्त्रालयले राजस्व वृद्धि भएको देखाउन यस्तो उपाय गरेको प्रतिवेदनको निष्कर्ष छ ।

    कानुनअनुसार विनियोजन भएको रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि त्यसको उल्लंघन भएको प्रतिवेदनले औंल्याएको छ । न्याय परिषद्, कानुन, न्याय तथा संसदीय मन्त्रालय, लोक सेवा आयोग, संघीय संसद्, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र निर्वाचन आयोगले मनपरी रकमान्तर गरेको प्रतिवेदनमा उल्लेख छ ।‘यस वर्षको कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोडमध्ये ३ खर्ब ३३ अर्ब ९७ करोड (२१.७८ प्रतिशत) रकमान्तर भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘योमध्ये असार महिनामा मात्रै ८५ अर्ब ८३ करोड र असार २५ पछि ३१ अर्ब ३९ करोड रकमान्तर गरी विभिन्न उपशीर्षकमा रकम थप गरेको छ ।’

    राजस्व बक्यौता पनि बढ्यो

    सरकारलाई राजस्व नबुझाउने प्रवृत्ति पनि झन् बढेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म राजस्व बक्यौता रकम १ खर्ब ९७ अर्ब ८४ करोड ११ लाख रुपैयाँ थियो । २०७६/७७ मा १७ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ बक्यौता थप भएको छ । यसरी राजस्व बक्यौता रकम २ खर्ब १५ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।कान्तिपुर मा प्रकाशित भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु
  • दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप
  • आज शुक्रबारको राशिफल
  • वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    News

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    News

    आज शुक्रबारको राशिफल

    News

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑