• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाली लोक र आधुनिक गीतका धुनहरु अर्केस्ट्रा समारोहमा

  • वीरगंज संजाल
  • ३० आश्विन २०७६, बिहीबार १४:२८
  • ८६१९

    काठमाडौं । करिब ४० वर्षअघि नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्याउने भन्ने ठूलो चिन्ताको विषय बनेको थियो । यसका लागि वरिष्ठ संगीतकर्मीहरु नारायण गोपाल, अम्बर गुरुङ, रणजीत गजमेर लगायतका थुपै्र संगीतकार, गायक र गीतकारहरुबीच छलफल हुन थाल्यो ।

    नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा लग्न सक्ने वाद्यवादनहरु कुनकुन हुनसक्छ त भन्ने ठूलो छलफल भयो । छलफलको निष्कर्ष निस्कियो नेपाली राष्ट्रिय अर्केस्ट्रा । किनभने अर्केस्ट्रा एक अन्तर्राष्ट्रिय संगीतको मार्ग थियो– पश्चिमी बाजा भ्वाइलिनको प्रयोगमार्फत् गीतलाई मिठो धुनमा परिणत गर्ने ।

    सोही समयमा राजा महेन्द्रले संगीतकार अम्बर गुरुङलाई नेपाली संगीतको क्षेत्रलाई अझै वृहतरुपमा लग्ने जिम्मेवारी प्रदान गर्दै संगीत एकेडेमी खोलिदिए । अम्बर गुरुङको नेतृत्वमा रणजीत गजमेर, राजकुमार श्रेष्ठ  लगायतका आफू भन्दा सिनीयर संगीतकर्मीहरुको अन्तर्गत बसेर जंगमले संगीतमा आफूलाई निखार्दै अघि बढ्ने मौका पाए ।

    ४ दशक अघिदेखिको त्यो सपना र परिकल्पनाको सुन्दर मुर्तरुप बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा देखिएको थियो । भ्वाइलिन वादक राजकुमार श्रेष्ठको एक महिना लामो प्रशिक्षणबाट उनका २ दर्जन बढी विद्यार्थीहरुले पश्चिमी केही गीत र नेपाली लोक तथा आधुनिक गीतहरुलाई पश्चिमी बाजा भ्वाइलिन रेटेर प्रस्तुत गरेका थिए ।

    दसैंको रमझम विस्तारै सेलाएसँगै आउँदै गरेको झिलीमिली बत्ति र रंगीविरंगी फूलहरुको चाड तिहारलाई स्वागत गर्दै बुधबार ‘अन्नपूर्ण शरदीय वृन्दवादन २०७६’ नामक वृत्दवादन समारोहको आयोजना गरिएको थियो ।

    तलेजु धनकुमारी कोषको आयोजनामा अन्नपूर्ण चेम्बर अर्केस्ट्राको प्रस्तुतिमा विदेशी बाजा भ्वाइलिन, डबल बास, चेलो र नेपाली बाजा बाँसुरी, तबला र सीतारको फ्युजनको संगीतले प्रेक्षालय संगीतमय बनेको थियो ।

    कार्यक्रमको सुरुवात विदेशी गीतको धुनबाट गरिएको थियो । त्यसपछि बज्न थाले नेपाली लोकप्रिय लोक तथा आधुनिक गीतहरु । ‘आँखैमा रातगलि शितमा तारा डुबी…’ नातीकाजीको संगीत, रत्न शम्सेर थापाको शब्द र योगेश वैद्यको आवाज, अम्बर गुरुङको संगीत तथा राजेन्द्र थापाको शब्द र अरुणा लामाको स्वर रहेको ‘पोहोर साल खुशी फाट्दा..’ र शिवशंकरको संगीत तथा स्वरमा प्रेमप्रकाश मल्लको रचना रहेको ‘म मरेपनि मेरो देश बाँचिरहोस्..’ अम्बर गुरुङकै संगीत तथा स्वर रहेको बैरागी काइँलाको शब्द ‘आए सबै याद आए…’, गीतका धुनहरुले पुरै दर्शकले भरिएको प्रतिष्ठानको हललाई नोस्टाल्जिक बनायो ।

    ‘देशले रगत मागे मलाई बलि चढाउनु….’जंगमको संगीत र नारायण गोपालको स्वर रहेको ‘एउटा मान्छेको मायाले…’दीपक जंगमको संगीत र नारायण गोपालको स्वर र चाँदनी शाहको शब्द रहेको ‘एउटा मान्छेको मायाले कति..’ नारायण गोपालको स्वर र संगीत तथा कालीप्रसाद रिजालको रचना ‘ केही मिठो बात गर….’ गीतको धुनबजे सँगै दर्शकदिर्घा झुमिरहेका थिए ।

    केही विदेशी र नेपाली गरि जम्मा १७ धुनहरुले माहोल संगतिमय बनेको थियो । कार्यक्रममा अष्टे«लियन संगीतकार मार्कोस डेंगेटले सय वर्ष पुरानो डबलबास बजाएका थिए भने नर्वेली संगीतकार ओले, एन्डर्म र एनरले भायला तथा एविन रोसवाकले चलो बजाएका थिए ।

    संगीतमै आफ्नो सारा समय दिएर अघि बढिरहेका कर्मठ संगीतकार राजकुमार श्रेष्ठले विगत ६ वर्षदेखि यो कार्यक्रम आयोजना गर्दै आएका छन् । उनी अम्बर गुरुङका शिष्य थिए, जसले स्वरसम्राट नारायण गोपाल र आफनो गुरुको सपनालाई सन्२०१३ देखि मृर्तरुप दिँदै आइरेका छन् ।

    सन् २००९ मा विदुर शर्मा गौतमको ‘हिमालयन म्युट अर्केष्ट्रा’ बाट सुरु गरेको यो कार्यक्रम केही वर्षपछि श्रेष्ठले अघि बढाउँदै ल्याएका छन् ।

    कार्यक्रममा उपस्थित दीपक जंगमले त्यो सपनालाई मुर्तरुप दिएकोमा राजकुमार श्रेष्ठलाई विशेष धन्यवाद दिए । यो सुरुवात मात्रै भएकोले यसलाई सबै मिलेर निरन्तरता दिनुपर्ने कुरामा उनले जोड दिए ।

    योसँगै उनले सरकारी स्तरमा यस क्षेत्रमा हुनुपर्ने गम्भिरता विलकुलै नदेखिएकोमा दुखेसो पनि पोखे । अन्तिममा रत्नशम्सेर थापाको शब्द, प्रेम माणिकको संगीत र प्रेमध्वज प्रधानको आवाजमा ‘गोरेटो त्यो गाउँको लौन आज….’ र अम्बर गुरुङको संगीत र आवाज अनी वैरागी काईलाको शब्दमा ‘आए सबै याद आए …..’गीतका मिठो र मर्मस्पर्शी धुनहरु सँगै अर्केष्ट्रा संगीतको समाप्ति गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑