वीरगञ्ज । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ ।
तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कसैसँग पनि बदला नलिने बताएको थियो । यद्यपि मानिसहरुमा अझै पनि तालिबान पुरानै स्वरुपमा आउने आशंका देखिएको छ । अहिले जारी गरिएको चेतावनीमा अहिले पनि धेरै मानिसलाई तालिबानले आफ्नो कालोसूचीमा राखेको र उनीहरु जोखिममा रहेको उल्लेख छ । उनीहरुले आफूलाई आत्मसमर्पण नगरेको अवस्थामा उनीहरुको परिवारका सदस्यलाई उनीहरुको सट्टामा पक्राउ र कारबाही गर्न सक्ने बताइएको छ ।
एजेन्सीहरुको सहयोगमा