वीरगंज | वीरगंजहित तराईका बिभिन जिल्लाहरुमा इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने मोहर्रमको धुमधामसंग मनाउदै छन्`। मोहर्रमलाई ताजिया र स्थानीय भाषामा दाहा मेला भनिन्छ । बिहीबारदेखि वीरगंजहित प्रदेश २ का विभिन्न स्थानहरुमा दाहा मेला शुरु भएको छ ।मोहर्रम इस्लाम धर्मावलम्बीहरुको पर्व रहेपनि यसमा हिन्दूहरु पनि हर्षोल्लासका साथ सहभागी हुने गरेका छन् । सामाजिक सद्भावको अविश्वसनीय उदाहरण दाहा मेला हो ।
मुस्लिम समुदायले आयोजना गर्ने यो मेलामा हिन्दूहरुमा पनि उत्तिकै सक्रियता रहने गरेको छ । मधेशमा मनाउने गरिएको यस्तो चाडपर्वले समाजलाई भाइचाराको धागोमा बाँध्न बल पुर्याउ छ । स्थानीयहरुको सहयोगमा दाहा खडा गरि छ ।तीन दिनसम्म चल्ने दाहा मेलामा सांस्कृतिक कार्यक्रम, कागजको ताहजिया बनाएर ढोल, तासा र झाज बजाउने, लाठीाँज्ने लगायतको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत गरिन छ ।
महोत्तरीमा पनि विभिन्न स्थानमा पनि बिहीबारदेखि नै मोहर्रम सुरु भएको थियो । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारेखदेखि शुरु हुने मोहर्रम पर्व १० तारेखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको दशमीलाई धुमधामका साथ मनाउने चलन रहिआएको छ । हजरत मोहम्मदका नाति हसन र हुसैन मध्ये हुसैन शहीद भएको सम्झनामा मुसलमानहरुले यो पर्व मनाउँदै आएका छन् ।
महिलाहरुले गीतमार्पत शहीदको सम्झना गरिरहदा किशोरहरुले जंगी भरेको दृष्यले पनि सर्वसाधारणको ध्यानाकर्षण तान्ने गरेको छ । इस्लाम धर्मका अगुवाले किशोरहरुलाई जंगी खेलाउने गरेका छन् ।भाकल गरेका किशोरहरुले कम्तीमा पाँच वर्षसम्म जंगी खेल्नुपरेको छ । जंगी खेल्नेमा मुस्लिम मात्रै नभई हिन्दु किशोरहरु पनि उल्लेख्य संख्यामा सहभागी हुने गरेका छन् । अभिभावकले भाकल गरेका ५ देखि १५ वर्षसम्मका किशोरहरु जंगी खेलमा सहभागी हुने गरेको अजमत अलिले बताउँछन् ।
रोग व्याधीबाट ग्रसित भएपछि आमाबुवाले भाकल गरेपछि जंगी भर्ने चलन छ । जंगीको लागि सेता पहिरण हातमा कुचो र ढाडमा घण्टी लगाएका किशोरहरुले खेलेको दृष्य नियाल्न भीड नै लाग्ने गर्दा छ ।इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत अर्थात स्वर्ग पुर्याउने गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउने गरेको छ ।