वीरगञ्ज । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विद्यार्थी संगठनले जिराभवानि गाँउपालिकामा संगठन विस्तार गर्दै कमिटी गठन गरेको छ । विद्यार्थी नेता क. लहवर रामको सभापतित्व र नेकपा माओवादी केन्द्रमा पर्साका जिल्ल अध्यक्ष क. विजय महतोको प्रमुख अतित्वमा १३ सदस्य कमिटी गठनभएको हो ।
कार्यक्रममा बोल्दै बोल्दै विद्यार्थीनेताहरुले संगठनको केन्द्रीय निर्देशण अनुसार भदौ पहिलो सप्ताह भित्र सम्पुर्ण पालिका भित्र संगठन विस्तारको लागी निर्देशन रहेकोहुदा आफुहरु तिब्र गतीमा लागी परेको बताएका थिए । शिक्षा ,स्वास्थ्य र रोजगार ग्यारेन्टीका लागी राष्ट्रिय स्वधिन्ता र समाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन असोज ८,९ र १० गते काठमान्डौमा हुने भएकोले यसको पुर्व तयारीका लागी भदौ १५ सम्म सकाउने उदेश्य रहेको बताएका थिए ।
सोकार्यक्रमको विष्ठि अतिथी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक प्रभाकर गुप्ता, जिल्ला ईन्चार्ज सुवेर आलम, प्रदेश २ स्वंसेवक संयोजक, ईश्क कुमार पासवानले अतिथी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कविराज पटेल , युवानेता रामाकान्त चौधरी लगायत स्थानियको सहभागीता रहेको थियो ।