बारा । बाराको परवानीपुर गाउँपालिका–४ मा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वाटोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घाइते दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ना४च ३४३२ नम्बरको पिकअप गाडीले ना२१प १८३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब ७ बजे ठक्कर दिएको थियो । गाडी चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ ।