वीरगन्ज । वीरगन्ज नारायणी अस्पतालले ७२ घण्टा भन्दाबढी बाँच्न मुश्किल भनेको बच्चा बहिर आउँदा बाच्न्न सफल भएको छ। नारायणी अस्पतालमा जन्मिएको बच्चा केही दिन अघि नारायणी अस्पतालले बचाउन नसकी मृत्यु नै हुने भनी जवाफ दिएर अस्पतालबाट फर्काइएका र मृत्युको मुखमा पुगेका बिरामीलाई वीरगञ्ज मेट्रोसिटि हस्पिटलले बचाएर पुर्नजन्म दिएको छ ।वीरगञ्जको छपकैयामा रहेको वीरगञ्ज मेट्रोसिटि हस्पिटलले बाँच्ने आश मरिसकेका पटेर्हवासुगोलि वडा न ४ निवासी ३२ वर्षीय दसिया देविको ८ दिने छोरा लाई उपचार गरी निको बनाएर आज डिस्चार्ज गरेको छ ।
वीरगन्ज नारायणी अस्पतालले ७२ घण्टा भन्दाबढी बाँच्न मुश्किल छ भनेको बच्चालाई उस्को बुवाले वीरगन्ज मेट्रोसिटि हस्पिटलमा ल्याएका थिए । सावन २४ गते अस्पतालमा भर्ना भएको बच्चा लाई सफलतापुर्बक बचाउन सफल भएको अस्पतालका डा. सयाम बाबू साहले बताएका छन ।
८ दिनको अस्पताल बसाईपछि मंगलवार अस्पतालका डा.सयाम बाबू साह, अस्पतालका निर्देशक धर्मेन्द्र चौरसिया, म्यानेजर शिवनारायण कर्ण लगायतले फूलमाला लगाई मीठाई खुवाएर श्रीकिसोर माझी र उन्का बच्चालाई अस्पताल बाट विदाई गरेका छन् । ८ दिनको अस्पतालको खर्च लगभग ७० हजार रुपैयाँ पुर्नरुपमा माफ गरिदिएको अस्पतालका निर्देशक धर्मेन्द्र चौरसियाले बताए । आर्थिक अवस्था धेरैनै कम्जोर भएकाको लागि हामी जहिले पनि सेवागर्न तत्पर रहने भनी बताउनुहुन्छ अस्पतालका निर्देशक धर्मेन्द्र चौरसिया ।
कोरोना कालमा समेत वीरगञ्ज मेट्रोसिटि हस्पिटलले धेरै बिरामिहरुको निशुलको साथै छुट समेत दिएको वीरगञ्ज मेट्रोसिटि हस्पिटलको निर्देशक धर्मेन्द्र चौरसियाले बताए ।
अस्पतालमा कोरोना कालमा १५० भन्दा बढी कोरोना सन्क्रमितको सफलता पुर्बक उपचार गरि संक्रमणमुक्त भएको धर्मेन्द्र चौरसियाले बताएका छन ।आउने समयमा पैसाको अभावमा कुनै पनि मरेजिको जान न जाने समेत अस्पतालका निर्देशक धर्मेन्द्र चौरसियाले जानकारी दिए ।