सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा भक्तजन तथा बटुवाहरुलाई माक्स बितरण
वीरगंज संजाल
१ भाद्र २०७८, मंगलवार ०३:२०
२९२५
बिरगंज।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले तपाईंको माक्स खोई ? अभियान अन्तर्गत आज सोमबार माक्स बितरण गरेको छ ।कोरोना महामारीको बढदो संक्रमणको समयमा कोरोना सङ्ग सुरक्षित रहन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलका उपाध्यक्ष सन्जु दाहालको अध्यक्षतामा रिलिफ सोसाइटी अफ कमर्स बिरगंजको सहयोगमा आज बिरगंजको अलखिया मन्दिरमा पुजा गर्ने भक्तजनहरु, आवत जावत गर्ने सर्बसाधारण बटुवाहरु,यात्रुहरु , गाडी का चालकहरु एवम स्थानियहरुलाई २५०० पिस माक्स बितरण गरेको छ ।
माक्स बितरण अभियानमा समाजसेवी एवम नेपाली काङ्ग्रेस वडा ५ का बुथ सभापति हुकुम सिंह , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरि नायब निरीक्षक तारा बहादुर पाण्डे , कन्चनजंगा स्कुलका डाईरेक्टर मार्टिन मोक्तान , पब्लिक एफ एम का कार्यक्रम संचालक लालबाबू सिंह , अन्कुश दैनिकका सम्वाददाता सन्तोष रन्जितकार , बिरगंज युवा समाजका सदस्य लालबाबु चौधरी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष दाहालले कोरोनाको तेश्रो भेरियन्ट आउन सक्ने खतरा रहेकोले हामी अत्यन्तै सजग र सावधान हुन आवश्यक रहेको र नेपाल सरकारले कोरोना सङ्ग सुरक्षित रहन माक्स अभियान संचालन गरेको हुदा आज पनि माक्स बितरण अभियान सन्चालन गरेका छौ र यो अभियान निरन्तर जारी रहने बताउनु भयो साथै सहयोगी एवम सहभागी सम्पुर्णलाई धन्यवाद पनि दिएका थिए भने सो अवसरमा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्ध्या भट्ट , सचिव श्रवण बहादुर रायमाझी , सहसचिव रामबाबु रायमाझी, सदस्यहरु सानू माया रायमाझी, मनोज साह , रामरेखा राउत , प्रहरी हवल्दार सुनिता बिक , प्रहरी जवान कुमार बिक लगायत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीहरु तथा जिल्ला ट्राफिक प्रहरीहरुको पनि उपस्थिति रहेको थियो ।