। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै कार्यकर्तालाई सतर्क हुन अपिल गरेका छन् ।
सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउदै प्रतिनिधि सभा विघटन गरेको प्रति आपत्ति जनाएका हुन् ।
ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएको दाबी गर्दै पार्टीका नेता कार्यकर्तालाई सतर्क रहन अपिल गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्- ‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।’
ओलीको विज्ञप्ति: