बेइजिङ्ग । चीनले एउटा अनौठो खालको हेलिकप्टर प्रदर्शनमा राखेको छ । चिनियाँ सञ्चार माध्यममा ‘सुपर ग्रेट ह्वाइट सार्क’ नाम दिएको सो हेलिकप्टर विश्वमा बनिरहेका हेलिकप्टरभन्दा फरक छ । चिनियाँ अधिकारीहरुले यो हेलिकप्टर अहिले चलाउनका लागि भन्दा पनि भविश्यमा ‘डिजिटल इन्फर्मेसन ब्याटलफिल्ड’का लागि तयार पारिएको जनाएका छन् ।
यो हेलिकप्टर अत्यधुनिक हेलिकप्टरको फ्युजनको रुपमा बनाइएको हो । जस्तो अमेरिकाको एएच—६४ अपाची र सीएच—५३ सी स्टालियन तथा रुसको केए —५२ र एमआइ—२६को समेत फ्युजनको रुपमा यो बनाइएको हो । यो हेलिकप्टर ७.६ मिटर लामो छ भने करिब ३ मिटर उचाई रहेको छ । दुई जना क्रुको लागि कोठा छ । सो हेलिकप्टरको प्रदर्शन गएको साता तियान्जिनमा गरिएको जनाइएको छ । (सीएनएन)