• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजेन्द्र महतोले भने, ‘असली जसपा हामीसँग छ’

  • वीरगंज संजाल
  • ३० श्रावण २०७८, शनिबार १७:२२
  • २३६९

    वीरगन्ज । जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) का वरिष्ठ नेता राजेन्द्र महतोले महन्थ ठाकुर अध्यक्ष रहेको पार्टी नै आधिकारिक जसपा रहेको दाबी गरेका छन् । जसपा महन्थ ठाकुर पक्षको बागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुई चार जना लोभी पापीको साथ पाएर कसैले आफ्नो आधिकारिक पार्टी हो भन्दै केही नहुने बताएका हुन् ।’केही सदस्य सङ्ख्या बढी देखाउँदैमा पार्टी हुँदैन, पार्टीका लागि कार्यकर्ता हुनुपर्छ, सङ्गठन हुनुपर्छ जुन हामीसँग छ,’ उनले भने, ‘असली जसपा हामी हौँ ।’ पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा चलिरहेको र अदालतले आफूहरूलाई न्याय दिने कुरामा विश्वस्त रहेको उनले बताए ।

    उपेन्द्र यादवले नेतृत्व गरेको जसपा सत्ता र भत्ताका लागि बनेको पार्टी रहेको बताउँदै उनले भने आफूहरुको जसपा पहिचान र अधिकारका लागि लड्ने पार्टी रहेको दाबी गरे । देशको मुक्तिका लागि जसपा नेपालले सङ्घर्ष गर्ने दाबी गर्दै उनले यसका लागि सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।यो देशमा जनतालाई जे चाहिएको छ, त्यो प्राप्त गर्न नसकिएको उल्लेख गर्दै उनले नेपाल सम्पूर्ण नेपालीको हुन नसकेको बताए । नेपाली जनताले बहुल राष्ट्रको कल्पना गरे पनि त्यो हुन नसकेको बताउँदै उनले बाइसी, चौबिसी राज्यहरू थियो तर भूगोलको एकीकरण भयो मनको एकीकरण नभएको गुनासो गरे ।

    ‘नेपालीले नै नेपालमा आफ्नो पहिचान खोजिरहेका छन्,’ उनले भने, ‘नेपाल एकल जातीय राज्य रहेको छ, राज्य निर्माणको क्रममा छ र यसलाई चाँडै पूर्णता दिनुपर्छ ।’ यो कार्य कम्युनिस्ट र काँग्रेसले गर्न नसकिने बताउँदै उनले ती दुवै दल नेपाल बनाउन असफल भइसकेका र त्यसको लागि जसपा नेपालले काम गर्न थालेको बताए ।बहुल राज्यको अवधारणामा देशको संविधानलाई संशोधन गर्नुपर्ने बताउँदै उनले एकल जातीय शासनले गणतन्त्र नरहने र सङ्घीय गणतन्त्रका लागि बहुल राज्यको अवधारणाका आधारमा अघि बढ्नु पर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑