• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपालको हरितगृह ग्यास उत्सर्जन दोब्बरले बढ्यो 

  • वीरगंज संजाल
  • ३० श्रावण २०७८, शनिबार १६:४३
  • २३२५

    वीरगञ्ज। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) मा नेपालले तीनवटा महत्त्वपूर्ण दस्तावेज बुझाएको छ।

    दोस्रो राष्ट्रिय निर्धारित योगदान प्रतिवेदन, तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदन र टेक्नोलोजी निड असिसमेन्ट सम्बन्धी प्रतिवेदन नेपालका तर्फबाट  वन तथा वातावरण मन्त्रालयले यूएनएफसीसीमा बुझाएको हो।

    सन् २०१९ अघि नै बुझाइसक्नुपर्ने भए पनि ती प्रतिवेदनहरू नेपालले बुझाउन सकेको थिएन।

    वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव राधा वाग्लेका अनुसार, यूएनएफसीसीमा बुझाइएका प्रतिवेदनका अतिरिक्त जलवायु परिवर्तनको नीतिमा महत्त्वपूर्ण मानिएका लैङ्गिक, सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना पनि बनाइएको छ। त्यसैगरी जलवायु परिवर्तन व्यवस्थापनका लागि योजना तर्जुमा सम्बन्धी दिग्दर्शन समेत तयार गरिएको वाग्लेको भनाइ छ।

    त्यसैगरी नीति निर्माताका लागि जोखिम विश्लेषण र अनुकूलनका उपाय सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ।

    यूएनएफसीसीसीमा बुझाइएको दोस्रो राष्ट्रिय निर्धारित योगदान प्रतिवेदनमा नेपालले सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता गरे अनुरुप सन् २०३० सम्म हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विषयलाई उल्लेख गरिएको छ।

    जसमा कृषि, वन र भू–उपयोग, ऊर्जा, औद्योगिक उत्पादन र वस्तुको प्रयोग तथा फोहोरमैला उत्सर्जनबाट हुने हरितगृह ग्यासको कटौती गर्ने विषय समावेश छन्।

    हरितगृह ग्यास उत्सर्जनमा महत्वपूर्ण मानिएको यातायात क्षेत्रबाट उत्सर्जन कटौतीका लागि सन् २०३० सम्ममा निजी प्रयोगका लागि विद्युतीय गाडीको उपयोग ९० प्रतिशत र सार्वजनिक गाडीको उपयोग ६० प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाइएको छ।

    यसले पेट्रोलियम पदार्थको निर्भरतालाई हटाएर हरितगृह ग्यास उत्सर्जनमा २८ प्रतिशतले कमी आउने विश्वास लिइएको छ।

    यूएनएफसीसीसीमा बुझाइएको राष्ट्रिय सञ्चार प्रतिवेदनमा नेपालले गर्ने हरितगृह ग्यास उत्सर्जन दोब्बरले बढेको उल्लेख छ। प्रतिवेदनका अनुसार, नेपालले वार्षिक २८ हजार १६६.०६ गिगाग्राम हरितगृह ग्यास उत्सर्जन गर्ने उल्लेख छ। कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, ओजोन र पानीका कण (बाफ) हरितगृह ग्यास हुन्।

    सन् २०१४ मा नेपालले बुझाएको दोस्रो राष्ट्रिय सञ्चार प्रतिवेदनमा नेपालको उत्सर्जन दर १३ हजार ४४७ गिगाग्राम थियो।

    सन् २०११ का आधारमा नेपालले तेस्रो सञ्चार प्रतिवेदन तयार गरेको हो। जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाका अनुसार, सन् २०१८ को उत्सर्जनलाई आधार मानेर प्रतिवेदन तयार गर्ने काम शुरु भइसकेको छ।

    जलवायुु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भए पनि औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्यासको अत्याधिक उत्सर्जनबाट जलवायुु परिवर्तनमा तीव्रता आएको छ।

    वैज्ञानिक अध्ययन तथा जलवायुु परिवर्तन सम्बन्धी अन्तरसरकारी मञ्च, (इन्टर गभरमेन्टल प्यानल अन क्लाइमेट चेञ्ज) को प्रतिवेदनबाट जलवायुु परिवर्तनमा व्यापकता आएको पुष्टि भइसकेको छ।

    संयुक्त राष्ट्रसंघको साधारण सभाले जलवायुु परिवर्तनको समस्यालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानूनी संरचना निर्माण गर्न आह्वान गरे अनुरुप अन्तरसरकारी वार्ता समितिको पहलमा सन् १९९२ को मे महीनामा जलवायुु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि तयार भएको थियो।

    सन् १९९२ को जुनमा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा हस्ताक्षर गर्नको लागि यो महासन्धि खुला भयो। र, नेपालले १२ जुन १९९२ का दिन यस महासन्धिमा हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल पक्ष राष्ट्र रहँदै आएको छ।

    महाशाखाकी प्रमुख राधा वाग्ले अहिले राष्ट्रिय अनुकूलन योजना बनाउने काम भइरहेको र उक्त प्रतिवेदन आगामी नोभेम्बरसम्म बुझाउने तयारी भइरहेको बताउँछिन्। “यसअघि  ढिला भए पनि हामीले तीव्रताका साथ कामलाई अघि बढाएका छौं,” उनी भन्छिन् “तोकिएको समयमा सबै काम सम्पन्न गरेर जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर र क्षति न्यूनीकरणमा अघि बढेका छौं।”

    यूएनएफसीसीमा नेपालले बुझाउने प्रतिवेदनले विशेष महत्व राख्दछ। नेपालले सक्रियता र पहुँच बढाउँदा यूएनएफसीसीसी अन्र्तगत रहेका विभिन्न जलवायु कोष मार्फत न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्न सक्छ। तर, यसअघि गरिएका ढिलासुस्तीका कारण अपेक्षित रुपमा सहयोग ल्याउन सकेको छैन। अहिलेसम्म दुई परियोजनाका लागि नेपालले हरित जलवायु कोषबाट करीब रु. ७ अर्ब मात्र पाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑