• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बजेट कार्यान्वयनका लागि रकम नै नपुग्ने गरी सरकारले लग्यो प्राधिकरणको १४ अर्ब रुपैयाँ

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार ०४:०३
  • २२७७

    वीरगन्ज । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आफ्नो वार्षिक कार्यक्रम कार्यान्वयनमा असर पर्नेगरी नेपाल सरकारले झन्डै १४ अर्ब रुपैयाँ लगेको छ । सरकारले एकमुष्ट ठूलो रकम लगेसँगै प्राधिकरणलाई चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमै असर पर्ने देखिएको छ ।

    गत जेठ १५ गते सरकारले जारी गरेको आर्थिक अध्यादेशमा उल्लेख भएको प्रावधानअनुसार प्राधिकरणले आफ्नो कोषमा रहेको रकम संघीय सञ्चित कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ जम्मा गरेको हो ।

    सरकारले जारी गरेको आर्थिक अध्यादेशको ३९औं दफामा भनिएको छ, ‘दूरसञ्चार ऐन, २०५३ को दफा ४४ को उपदफा (४) मा रहेका ‘स्वीकृत वार्षिक कार्यक्रमका लागि छुट्याइएको रकम’ भन्ने शब्दहरूको सट्टा ‘स्वीकृत वार्षिक कार्यक्रमबमोजिम खर्च भएको रकम’ भन्ने शब्दहरू र ‘असार २५ गतेभित्र’ भन्ने शब्दहरूको सट्टा ‘साउन २५ गतेभित्र’ भन्ने शब्दहरू राखिएका छन् ।’

    यसअघि दूरसञ्चार ऐन, २०५३ को दफा ४४ को उपदफा (४) को १ नम्बर बुँदामा कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रमका लागि छुट्याइएको र सोको ५० प्रतिशतले हुन आउने रकमबाहेकको अन्य रकम प्राधिकरणले प्रत्येक वर्ष असार २५ गतेभित्र संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ भनी उल्लेख थियो ।

    यसको अर्थ प्राधिकरणले आफ्नो कोषमा रहेको रकमबाट कार्यक्रम बनाएर त्यसका लागि आवश्यक रकम छुट्याएपश्चात कोषमा बाँकी रकममध्ये ५० प्रतिशत आफ्नो खातामा राखी अन्य रकम सरकारको खातामा दाखिला गर्दा हुन्थ्यो ।

    तर, नयाँ प्रावधानले कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम खर्च भएको रकम र त्यसकाे ५० प्रतिशतले हुन आउने रकम बाहेकको अन्य रकम प्राधिकरणले प्रत्येक वर्ष साउन २५ गतेभित्र संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने बनाएको छ ।

    आर्थिक वर्षमा खर्च भएको रकम र सोको ५० प्रतिशतले हुन आउने रकम कोषमा सञ्चित राखी बाँकी अन्य रकम नेपाल सरकारको संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भएको हो । त्यसैका आधारमा प्राधिकरणले साउन २५ गते नै उक्त रकम सरकारको संघीय सञ्चित कोषमा रकम दाखिला गरिदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् ।

    योसँगै प्राधिकरणलाई चालु आवमा बजेट कार्यान्वयनमा लागि एक अर्ब ९० करोड कम हुने देखिएको छ । चालु आवमा प्राधिकरणले कुल १४ अर्ब ६७ करोडको बजेट पारित गरेको छ ।

    त्यसमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी हुने आयोजनाका लागि सात अर्ब ६३ करोड रुपैयाँ रहेको छ । भने, प्राधिकरणको कोष परिचालन गरी हुने कार्यक्रमका लागि कुल सात अर्ब चार करोड छुट्याएको छ । त्यसमा हाल सरकारले प्राधिकरणको कोषको रहेको रकम लगेको हो ।

    त्यो हुँदा चालु आवमा ७ अर्ब ४ करोडको बजेटमा प्राधिकरणमा एक अर्ब ९० करोड रुपैयाँ अपुग भएको छ । यसरी बजेट कार्यान्वयनमै असर पर्ने गरी सरकारी खातमा पैसा दाखिला भएसँगै प्राधिकरणले उक्त अपुग रकमका लागि सरकारसँग माग गरिसकेको प्रवक्ता पौडेलले बताएका छन् ।

    ‘प्राधिकरणले बजेटका लागि अपुग रकमको लागि माग गर्दै सरकारलाई पत्र पठाइसकेको छ,’ उनले भने, ‘ऐनमा नै सरकारले रकम दिने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई अझ परिमार्जन गर्दै नयाँ आर्थिक अध्यादेश आएको छ । त्यसैका आधारमा हामीले सरकारी खातामा पैसा दाखिला गरेका हौं । साथै सरकारले बजेट कार्यान्वयनका लागि रकम अपुग भएको खण्डमा माग्नसक्ने भनेकाले हामीले पत्र पठाएर पैसा माग गरेको हौ ।’

    हुन त प्राधिकरणले नयाँ आर्थिक अध्यादेशमा भएको व्यवस्था संशोधनका लागि सरकारलाई आग्रह गरिसकेको छ । आर्थिक अध्यादेश, २०७८ बाट दूरसञ्चार ऐन, २०५३ को दफा ४४ को उपदफा (४) मा भएको संशोधनले प्राधिकरणले निर्वाह गरेको भूमिकालाई नै संकुचित हुने भन्दै संशोधनका लागि अनुरोध गर्ने विषयमा प्राधिकरण बोर्डबाटै निर्णय भएको थियो ।

    त्यसैका आधारमा प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएर संशोधनका लागि अनुरोध गरिसकेको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑