वीरगन्ज । कोविड–१९ को बढ्दै गरेको महामारीलाई मध्यनजर गर्दै
रोट्र्याकट क्लब अफ बिरगञ्ज र रोट्र्याकट क्लब अफ बिरगञ्ज मेर्टोपोलिसले आज बिरगञ्जको पावर हाउस देखि माईस्थान चौकसम्म मास्क बितरण गरेको छ । क्लबले बुधबार ६ हजार पिस मास्क बितरण गरेको छ । कार्यक्रम रोटयाकट जोन ३ अन्तर्गत आयोजना गरिएको थियो ।
कार्यक्रममा अंचल रोट्र्याकटका प्रतिनिधि आयुष गुप्ता, रोट्र्याकट क्लुब अफ बिरगञ्जका अध्यक्ष रवि प्रकाश पंडित,रोट्र्याकट क्लुब अफ बिरगञ्ज मेट्रोपोलिशका सचीव दिपु बर्नवाल, श्रीपुर वडा प्रहरी कार्यालय, बिर्ता वडाप्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीका समेत प्रतिनिधिहरुको सहभागिता रहेका थियो ।
साथै दुबै क्लुबका सदस्यहरु रोमित सिंह, सन्नी सर्राफ, रोहित गुप्ता, रबिन श्रेष्ठ, राम बिनय यादव, आकाश कलवार, कन्हैया गुप्ता, सोनी गुप्ता झा, गोपाल कन्दोयी, प्रशान्त सर्राफ, योगेश जयसवाल, सन्दिप रौनियार, शेख अमजद लगायतको उपस्थित रहेको थियो ।