सर्लाही । सर्लाहीमा श्रावन २४ गते बरहथवा नगरपालिका वडा नं. ७ हजरीया जाने बाटो स्थित अभियुक्त साहले चलाएको ग २ च २६६६ नं. को टोयटा गाडीले साइकल यात्री बसबरिया गाउँपालिका वडा नं. ०२ मानपुर बस्ने सुकदेव साहलाई ठक्कर दिएका थिए ।
ठक्कर पश्चात गम्भिर घाइते भएका साइकल यात्री सुकदेव साहको उपचारको क्रममा श्रावन २४ गते नै मृत्यु भएको थियो ।सवारी ज्यान मुदा चलाइएका फरार अभियुक्त पक्राउ परेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं. २ बस्ने सत्येन्द्र साह रहेको छ ।
साइकल यात्री लाई ठक्कर दिई फरार रहेका अभियुक्त साहलाई इलाका प्रहरी कार्यालय हरकठवा, सर्लाहीबाट खटीगएको प्रहरी गस्ती टोलीले उक्त गाडी सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताए ।यसैगरी फरार अभियुक्त उपर सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ७ दिन म्याद थप गराई अनुसन्धान कार्य अघि बढाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भाटले बताए ।