• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : प्रदेशसभा सचिवालयका निमित्त सचिवकाे तलब रोक्का

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार २०:३३
  • २६३७

    वीरगन्ज । संघीय संसद् सचिवालयबाट बरबुझारथ र रमाना नलिइ प्रदेश नम्बर २ प्रदेशसभा सचिवालयमा कार्यरत निमित्त सचिव रञ्जितकुमार यादवको तलब रोक्का गरिएको छ |संघीय संसद सचिवालयले सचिव यादवलाई सचिवालयको नगद तथा जिन्सी सामान बरबुझारथ गर्न बारम्बार ताकेता गरे पनि उनले त्यसका लागि चासो नदेखाएका कारण तलब रोक्काका लागि प्रदेश २ प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले उनको तलब रोक्का गरेको हो ।यादव संघीय संसद्मा कार्यरत रहँदा निजामती सेवाअन्तर्गत प्रदेश–२ मा ०७५ चैत १२ गतेको निर्णयानुसार समायोजन भएर आएका थिए । सचिवालयको केही थान सामग्री बरबुझारथ नगरी, रमाना पत्र नै नलिई प्रदेश २ को प्रदेशसभामा आएर सभामुख सरोजकुमार यादवको ईशारामा काम गर्दै आएका छन् ।

    उनले भने, ‘उहाँले संघीय संसद् सचिवालयबाट बुझ्नुभएको पेश्की रकम, सवारी साधनसहित अन्य जिन्सीका सामग्री बरबुझारथ नै नगरी प्रदेशसभामा काम गरिरहनुभएको थियो । वहाँले सचिवालयबाट लिनु भएको पेश्की वापतको ५४ हजार ३ सय रुपैयाँ नगद, वहाँले बुझेका मोटरसाइकल, ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू संघीय संसद सचिवालयमा हालसम्म बुझाउनु भएको छैन ।’ती सामग्री तथा पेश्की रकम बुझाउन मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेर गरेको कारण गोरखापत्र दैनिक पत्रिकामा निमित्त सचिव यादवको नाममा संघीय संसद सचिवालयले एक सूचनासमेत प्रकाशित गराएको थियो ।

    संसदीय सचिवालयको सामग्रीहरु बुझाउन अटेर गरेकै कारण ०७७ फागुन २९ गते गोरखापत्रमा बरबुझारथ गर्नका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. पाण्डेले बताए । ‘तर पनि उहाँले कुनै चासो नलिएपछि २ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर उहाँको तलब रोक्का गर्न भनेका थियौं ।’संघीय संसद् सचिवालयले लेखेको पत्र अनुसार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बोधार्थ ०७८ साउन २० गते संघीय संसद सचिवालयलाई समेत पठाएपछि साउन २० गतेदेखि उनको तलब रोक्का गरिएको छ ।प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा उपसचिव यादवले रमनासमेत नलिई प्रदेशमा हाजिर भएको उल्लेख छ । पटक–पटक ताकेता गरे पनि अटेरी गरेको, पत्राचार गर्दा जवाफ नदिएको र सार्वजनिक सूचना प्रकाशन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको पत्रमा पनि उल्लेख छ ।

    वित्तीय उत्तरदायी ऐनानुसार उनको नाममा रहेको पेस्की फर्छ्योट र जिन्सी बरबुझारथ नगरेसम्म तलब–भत्ता रोक्का राख्न संघीय सचिवालयको निर्णयानुसार अनुरोध गरिएको हो । यता, यादवले भने सुरुमा आफू काजमा खटिएको हुनाले बरबुझारथ गर्न नसकेको बताए ।निमित्त सचिव रञ्जित कुमार यादवलाई प्रदेशसभाको सचिवालयमा राख्नकै लागि सभामुख सरोजकुमार यादवले प्रदेशसभा संचालन सम्बन्धी विधेयकसमेत अघि बढाउन चाहेका छैनन् । निमित्त सचिव यादव सभामुख यादवका निकट मानिन्छन् ।प्रदेशसभा सदस्य परमेश्वर साहले यति लामो समयसम्म प्रदेशसभा आफै ऐन कानुनविना सञ्चालन हुनु गलत रहेको बताए । प्रदेशसभा संचालन विधेयक ०७५ भदौ १८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ । सो विधेयक पारित नहुँदा प्रदेशसभाले सचिवस्तरको कर्मचारी पाउन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑