बीरगन्ज | पोखरिया नगरपालिका भएको संस्थागत भ्रष्टाचारको भण्डाफोर अभियानमा लागेको युवाहरुले बुधबार नगरपालिकाको मुख्य गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।नगरपालिकामा भएका विभिन्न आर्थिक अपचलन र आर्थिक अपारदर्शिताको बारेमा चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । विभिन्न विषयमा माग राख्दै युवाहरुले पोखरियाका मेयर दिप नारायण रौनियारलाई ज्ञापन पत्र बुझाए पनि मेयर रौनियारले माग सम्बन्धमा बेवास्ता गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटमा टायर बालेर आक्रोश पोखेका हुन् ।उनीहरुले प्रदर्शनको क्रममा मेयर विरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।
युवा समाज पोखरियाको आयोजनामा युवाहरुले टायर बालेर मेयर रौनियार विरुद्ध प्रदर्शन गरेका हुन् ।
युवाहरुको टोलीले यसअघि नगरप्रमुख रौनियारलाई ज्ञापनपत्र बुझाएको र एक दुई दिनमै ज्ञापनपत्रमा रहेका माग सम्बोधन गर्ने भने पनि नगरप्रमुखले कुनै चासो नदेखाएको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।
फर्जीरुपमा भएको सम्पूर्ण टेन्डरको कागजात पारदर्शी गर्नुपर्ने, जिल्ला उच्चाङ्गल रामदेव कलवार विद्यालयको खाता र प्रधानाध्यापक सम्बन्धी समस्या समाधान गर्नुपर्ने, बिग्रिएको बाटो मर्मत गर्नुपर्ने लगायतको माग राख्दै पोखरियाका युवाहरुले नगरपालिका र मेयर विरुद्ध चरणबद्ध आन्दोलनमा छन् ।