• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३२ टन चामलको लोभले लियो ज्यान

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार ००:०१
  • २८४१

    भैरहवा | खाद्यान्न लुटपाटका लागि रुपन्देहीमा युवकको हत्या गरेका चार जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ का अली उर्फ सद्दाम कुजडा (३०), सोही स्थानका समिर उर्फ रिजवान अली मुसलमान (२७), सोही स्थानका महेश कहार (२८) र तनुहँ शुक्लागण्डी १० का सुनिल पौडेल (२७) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आरोपीहरुले भारत महाराजगंज जिल्ला एकसडवा ग्रामका तौफिक अहमद पठानको हत्या गरेको प्रहरीको दावी छ । मृतक भारतीय गाडी चालक थिए ।

    घटना यसरी भयो

    अन्य दिन झैँ साउन १७ गते मृतक पठान युपी ५३ एटी ०१४१ नम्बरको भारतीय गाडीमा चामल लिएर नेपाल आउन लागेका थिए । गाडीमा १८ लाख रुपैयाँ बराबर ३२ टन चामल आउन लागेको विषयमा पक्राउ परेका सद्दामले जानकारी पाए ।भारतबाट चामल पठाउने व्यक्ति थिए नन्द किशोर यादव र नेपालमा चामल मगाउने काठमाडौँको सांग्रिला कम्पनीका संचालक नन्दन गुप्ता । प्रहरीका अनुसार यी दुवैबीच कारोबार हुन लागेको सूचना पाएका सद्दामले नेपालमा चामल मगाउने व्यक्ति नन्दनलाई फोन सम्पर्क गरेर चामल तत्कालै खरिद गर्ने प्रस्ताव राखे ।

    तर, दुवै जनाबीच कुनै किसिमको चिनजान थिएन । प्रस्तावपछि नन्दनले आफूले मगाएको चामल तत्कालै बिक्री हुने देखेपछि उनले प्रस्ताव स्विकार गरे । त्यसपछि संचालक नन्दनले चामल लोड रहेको गाडीका चालक पठानलाई फोन सम्पर्क गरेर सद्दामसँग रकम लिएर उक्त चामल दिन भने ।

    गाडी भैरहवा भन्सार आएपछि सद्दामले घटनाका अर्का आरोपी रिजवानलाई चामल हेर्न पठाए । र, सबै ठिकठाक रहेको पाएपछि आवश्यक भन्सार प्रक्रिया पूरा गरेर गाडी भन्सारबाट निस्कियो । नाकादेखि केही दूरीमा रहेको बसन्तपुर बाइपासमा गाडी रोकियो । र त्यहाँ इन्ट्री भयो अर्का आरोपी महेशको । घटनामा संग्लन सद्दाम, रिजवान र महेश त्यहाँ पुगेपछि चालक सहित सबैले मदिरा सेवन गरे । त्यसपश्चात तीनै जना मिलेर चालक पठानको टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेको र चामल सहित गाडी लिएर फरार भएको अनुसन्धानमा खुलेको रुपन्देहीका एसपी मनोज कुमार केसीले बताए ।

    चामल यसरी लुटियो

    प्रहरीका अनुसार तीन जना सद्दाम, रिजवान र महेशले चालकको हत्या गरेपछि चामल रहेको उक्त गाडी महेशले चलाएर बुटवल क्षेत्रमा लगेर सडकमा रातभर राखे । यता चामल लुटपाट गर्नुअघि सद्दामले उता चामल बिक्रीमा सहजताका लागि तनहुँका सुनिललाई पनि समूहमा मिलाइसकेका थिए ।बिहानपख महेशले चामलको गाडी पश्चिम नवलपरासीको भुमहीमा पुर्‍याए । त्यहाँ दुई वटा नेपाली गाडीमा चामल अनलोड भयो । र उक्त भारतीय गाडीलाई महेशले नै सीमापारी भारतको सुनौली बजारमा लगेर छाडिदिए र आफू नेपाल फर्किए । भारतमा आयात गर्दा गोपी ब्राण्डको रहेको उक्त चामललाई नेपालमा अर्के कुनै ब्राण्डको चामलको बोरा बनाएर बिक्री गर्न उनीहरुको योजनाको थियो ।जसका लागि उनीहरुले चितवनको नारायणघाटमा बोरा समेत छपाई गराइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, प्रहरीले घटना पश्चातका उनीहरुको सबै योजना तुहाइदियो ।

    यसरी भयो अनुसन्धान

    चालक पठान साउन २० गतेसम्म घरपरिवारको सम्पर्कमा नआएपछि रुपन्देहीको रोहिणी गाउँपालिका २ मा रहेका उनका आफन्तले जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा खोजतलासका लागि निवेदन दिए । खोजतलासको क्रममा सोही दिन सिद्धार्थनगर नगरपालिका १३ स्थित डण्डाखोलामा वेवारिसे अवस्थामा एक युवकको शव फेला पर्‍यो । हत्या गरेर उता चामल बिक्री गर्ने सुरसार गरिरहेको बेला यता फेला परेको शव पठानकै रहेको आफन्तले सनाखत गरे ।‘शवको फेला परेपछि घटनाको प्रकृति हेर्दा हत्या नै गरिएको भन्ने निश्र्कषमा पुगिसकेका थियौँ’एसपी केसीले भने, ‘तर हत्या कसले र किन गर्यो प्रश्न सुल्झाउनका लागि निरीक्षकको नेतृत्वमा टोली गठन गरेर घटनाको अनुसन्धान तिर लाग्यौँ ।’

    भारतीय नागरिक, त्यसैमाथि गाडी चालकको कसले हत्या गरेको हुन सक्छ भन्ने प्रश्नको सुल्झाउन प्रहरीलाई चुनौती थपिएको थियो ।‘त्यसपछि घटना अनुसन्धानका लागि पहिलो सिँढी बन्यो चामल आयतकर्ता नन्दनसँग सोधपुछ’ डिएसपी सत्य नारायण थापाले भने, ‘नन्दनलाई ल्याएर केरकार गरेपछि अर्को नाम खुल्यो सद्दाम । जुन नन्दनसँग चामल तत्कालै खरिद गर्न प्रस्ताव राखेका थिए ।’अनुसन्धानमा सद्दामको नाम त आयो तर हुलिया भने खुलेको थिएन । किनभने नन्दनले पनि सद्दामसँग फोनमा मात्र कुराकानी गरेका थिए । घटनापछि सद्दाम फरार थिए ।

    ‘अनुसन्धानमा सद्दामको नाम बाहेक अरु केही विषय खुलेन’ डिएसपी थापाले भने, ‘त्यसपछि नन्दनलाई चामलका लागि प्रयोग गरेको फोन (सिम) नम्बरलाई आधार बनाएर अनुसन्धान अगाडि बढायौँ ।’फोनको लोकेशन चितवनमा देखियो । सद्दामलाई पक्राउ गर्न प्रहरीको एक टोली तत्काल चितवन ‘मुभ’भयो । तर, पक्राउ गर्नका लागि हुलिया आवश्यक थियो । जुन प्रहरीसँग उपलब्ध थिएन । तर पनि नाम, नम्बर र बस्नसक्ने सम्भावित स्थानहरु पहिचान गरेर प्रहरी दिनरात चितवनमा खटियो ।‘घटनामा संग्लन सद्दाम लगायत कसैको हुलिया नखुलेको हामीलाई घटनाको पहेली सुल्झाउनका लागि कठिन भइरहेको थियो’ एसपी केसीले भने, ‘तर, पनि हामी मिहिन ढंगले अनुसन्धान गर्दै जाँदा सफलता हात लाग्दै गयो ।’

    ६ दिनसम्म चितवनमा सद्दामलाई खोजतलासका लागि खटिँदा प्रहरीले उक्त समयावधिमा २ सय वटा होटल, १५ वटा चामलका गोदाम र अली/सद्दाम नाम भएका ६ जना व्यक्तिसँग आवश्यक सोधपुछ गरिएको उनले बताए । उता चितवनमा प्रहरीले सद्दामलाई खोजिरहँदा यता सद्दामका सहयोगी क्रमशः रिजवान र महेश भैरहवाबाट पक्राउ परे । यी दुई जना पक्राउ परेपछि प्रहरीले यी दुवैलाई प्रयोग गरेर सद्दामलाई चितवनबाट पक्राउ गर्न सफल भयो । साथै, प्रहरीले तनहुँका सुनिललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका चारै जना उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑