• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हरेक नागरिकको टाउकोमा ५७ हजार ऋण

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार ०८:२०
  • २३४९

    वीरगन्ज ।सरकारले आज मुलुकको आर्थिक अवस्था समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेश गरेको स्वेतपत्रका अनुसार मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन । विगत तीन वर्षमा सार्वजनिक ऋण २ सय ५० प्रतिशतले बढेको छ । सरकारी कोष घाटामा छ भने आर्थिक अनुशासन पनि खल्बलिएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको स्वेतपत्रका अनुसार विगत तीन वर्षमा मुलुकको सार्वजनिक ऋण अचाक्लि नै बढेको छ । तीन वर्ष अघि करिब ७ खर्ब मात्रै रहेको ऋण अहिले बढेर १७ खर्ब २९ अर्ब पुगेको छ ।यस आधारमा हरेक नेपालीको टाउकोमा ऋणको भार ५७ हजारभन्दा माथि पुगेको छ । यसरी ऋण लिइएको रकम गतिलोसँग सदुपयोग भने भएको छैन । जसको उदाहरण हो यति ठुलो रकम ऋण लिँदा पनि आर्थिक वृद्धिमा सफलता प्राप्त भएको छैन । बरु ऋणको साँवा र व्याजमा ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ ।

    तीन वर्षमा सरकमारले स्वदेश विदेशबाट ठुलो रकम ऋण लिए पनि सरकारी कोष भने घाटामा छ । २०७४ मा तत्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा सरकारी कोष ४८ अर्बले सञ्चित घाटामा रहेको उल्लेख थियो । तर त्यसमा सुधार आउनुको साटो घाटा बढ्ने क्रम रोकिएन । र कोष अहिले झण्डै डेढ खर्व घाटामा पुगेको छ ।विकास खर्च गर्न नसक्ने अवस्थामा पनि सुधार आउन सकेको छैन । स्वेतपत्रका अनुसार एकातिर साधारण खर्च बढिरहेको छ भने अर्कातिर विकास खर्च हुन सकेको छैन । यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा परेको छ ।

    विनियोजित बजेट खर्च हुन नसकिरहँदा वर्सेनी बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता सहमति पनि दिइएको छ। यसले बजेटप्रतिको विश्वंसनियतामै प्रश्न उठने गरेको अर्थमन्त्री शर्माले बताउनुभयो ।अझै पनि मुलुकको १८ प्रतिशत भन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ । कोरोना महामारीले गरिब र सीमान्तकृत समूह सबैभन्दा बढी जोखिममा परेको छ। गरिबी र बेरोजगारी बढ्ने क्रम जारी छ ।आर्थिक असमानता पनि उच्च हुँदै गएको छ । अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको फेहरिस्त पेश गर्दै अघिल्लो सरकारको पनि आलोचना गर्नुभएको छ । उहाँले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गर्ने जनाउनुभयो ।

    अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रका अनुसार अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको छ ।आर्थिक बेथिति बढेको छ । बर्षभरी उठेको राजश्वले साधारण खर्च समेत नधान्ने अवस्था आएको छ । अर्थमन्त्री शर्माले कमजोर आर्थिक अवस्थाको आंकलन त गर्नुभएको छ तर यसबाट पार लगाउन अब के गर्नुहुन्छ भन्ने मुख्य प्रश्न उहाँमाथि तेर्सिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑