• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालबालिकालाई दुर्लभ रोग ‘एसएमए’ भएको कसरी थाहा पाउने ?

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार १९:५०
  • १७९७

    वीरगन्ज । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पछिल्लो समय देखिन थालेको छ । यो रोग लाग्दा बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका बालबालिका भेटिन थालेका छन् । स्पाइनल मस्कुलर एट्रोफी ११ हजार बालबालिकामध्ये १ जनामा भेटिने गरेको अध्ययनले देखाएको छ । यो वंशाणुगत रोग हो । एसएमए रोग कम बालबालिकामा देखिन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा विस्तारै विस्तारै गम्भीर समस्या निम्याउँछ ।

    एसएमए रोग शिशुहरूलाई आमाकै गर्भबाट लाग्न सुरु गर्छ । एसएमए भएका बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या हुन्छ । यो रोग लागेपछि विस्तारै विस्तारै मेरुदण्ड बाङ्गो हुने बालविशेषज्ञहरू बताउँछन् । यसको रोगको औषधि उपचार सम्भव नहुने बालरोग विशेषज्ञहरू बताउँछन् । दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी ‘एसएमए’ रोग के हो ? यो लागेको कसरी थाहा पाउने ? एसएमएका लक्षण कस्ता कस्ता हुन्छन् । भन्नेबारेमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. अनिल ओझा यस्तो भन्छन् ।

    ​वंशाणुगत रोग एसएमए लगेपछि विस्तारै विस्तारै मेरुदण्ड बाङ्गो हुन थाल्छ । यो रोग लागेपछि मांसपेशीद्वारा हुने काम जस्तै; बोल्न, चुस्न, हलचल गर्न, श्वास लिन बाधा उत्पन्न हुँदै जान्छ । साथै हातखुट्टा, गला, छातीमा समस्या आउन थाल्छ र जिउ हलचल नै हुन छोड्छ ।

    यो रोग लागिसकेपछि मासंपेशीका कोशिका सही तरिकाबाट सम्पर्कमा पुग्न सक्दैनन् । मांसपेशी क्रमशः कमजोर हुँदै जान्छन् । मांसपेशी कमजोर भई शारीरिक गतिशीलतामा कमी आउँछ ।
    अनुवंशिक एवं रक्त परीक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । जन्मिएको ५ महिनाभित्रमा बालबालिकामा यो रोग देखिन्छ ।

    शिशुले जन्मिएको ५ महिना नपुगुन्जेल शारीरिक, मानसिक प्रतिक्रिया जनाए नजनाएको अभिभावक तथा घरपरिवारले ख्याल गर्नुपर्छ । शिशु जन्मिसकेपछि क्रमशः बढ्दै गएपछि शरीरिक र मानसिक रूपमा देखाउने प्रतिक्रियाहरूमा जस्तै टाउको धानेको नधानेको, टाउको धानेर फर्कन, बस्न प्रयास गरे नगरेको थाहा पाउनुपर्छ । स्पाइनल मस्कुलर एट्रोफी ‘एसएमए’ भएका बालबालिकाले शरीरिक रूपमा क्रिया–प्रतिक्रिया जनाउँदैनन् । तर एसएमए भएका बालबालिकाको मानसिक विकास भने अन्य सामान्य बालबालिका सरह भएको हुन्छ ।
    यो रोग लागेका शिशुहरूले अनुहारमा हेरेर हाँस्ने, काख बसेको नबसेको थाहा पाउने गर्छन् । उमेर बढ्दै गएपछि अन्य सामान्य बालबालिकाले जस्तो थाहा पाउने अर्थात् बुझ्ने गर्छन् । तर शरीरिक रूपमा उनीहरूको विकासक्रम हुँदैन । साना शिशुहरूले कुरा बुझिरहेका छन् । अर्थात् खिस्स खिस्स हाँस्ने, हाउहाउ गर्ने, रुने अन्य सामान्य बालबालिकाले झैँ गरेका देखेर विस्तारै मुन्टो धन्ला, विकास होला भनेर बस्न हुँदैन ।

    शिशु जन्मेको एक वर्षसम्म पनि यो रोगका लाक्षण नदेखिन सक्छ । यो लागेपछि बालबालिका जति बढ्दै जान्छन् त्यही अनुरूप उनीहरू शरीरिक रूपमा कमजोर हुँदै जान्छन् । छातीको मसलले राम्रोसँग काम गर्दैन । श्वास लिँदा छातीमा समस्या हुन्छ ।

    स्पाइनल मस्कुलर एट्रोफी रोगका लक्षण कति प्रकारका हुन्छन् ?

    एसएमए रोगबाट एक वर्षभन्दा कम उमेरका बच्चा बढी प्रभावित हुने गर्छन् । एक वर्षमुनिका बालबालिका बढी प्रभावित हुने स्पाइनल मस्कुलर एट्रोफी तीन प्रकारको हुन्छ । यो रोग एक वर्षमुनिका बालबालिका मात्रै प्रभावित नभएर वयस्कहरूमा पनि दुई प्रकारको एसएमएको देखिन सक्छ । यद्यपि यो रोग ३० वर्षपछि पनि देखिन सक्ने अध्ययनहरूबाट थाहा पाउन सकिन्छ ।

    स्पाइनल मस्कुलर एट्रोफीको टाइप १ का लक्षण यस्ता हुन्छन् :

    १. श्वासप्रश्वासमा समस्या हुने,
    २. राम्रोसँग चुस्न नसक्ने,
    ३. मांसपेशीमा कमजोरी,
    ४. खानेकुरा निल्दा समस्या हुने,
    ५. राम्रोसँग रुन पनि नसक्ने,
    ६. सीधा परेर बस्न टाउको धान्न नसक्ने र सीधा परेर बस्न नसक्ने ।

    एसएमए टाइप–१ को समस्या भएका शिशुलाई उल्लेखित लक्षण ६ महिनासम्ममा देखिने गर्छ ।

    एसएमए–२ हुँदा यस्ता लक्षण देखिन्छन् :
    १. हात र खुट्टाका मांसपेशी कमजोर हुने,
    २. शरीरको तल्लो भाग कमजोर हुने,
    ३. रिढको हड्डी कमजोर हुने,
    ४. श्वासप्रस्वाससम्बन्धी समस्या ।
    यस रोगबाट ग्रसित बच्चा चल्न, बस्न कोसिस गरे पनि सक्दैनन् । एसएमए–२ लाई मध्यवर्ती एसएमए भनेर पनि चिनिन्छ ।

    एसएमए टाइप–३ हुँदा देखिने लक्षण
    १. श्वास–प्रश्वासमा समस्या,
    २. मांसपेशीमा कमजोरी,
    ३. शरीरका सम्पूर्ण मांसपेशी कमजोर हुने आदि ।

    यो रोग एसएमए टाइप–३ का समस्या १८ महिना देखि १५ वर्षसम्मको किशोरावस्थामा देखिन्छ । यस रोगबाट ग्रसित किशोर तथा बच्चा चल्न जानेका हुन्छन् तर रोगले गाँजेपछि पहिलेका कुरा विर्संदै जान्छन् । यो एकदमै जटिल रोग हो । अन्य रोग लागे भने पनि विस्तारै ती रोग निको हुने वा स्थिर रहने हुन्छ । तर स्पाइनल मस्कुलर एट्रोफी ‘एसएमए’ रोग देखिएपछि चाहिँ झन् जटिल बन्दै जान्छ । दुर्लभजन्य रोग वंशाणुगत स्पाइनल मस्कुलर एट्रोफी ‘एसएमए’को औषधि उपचार हालसम्म विकास भएको छैन । यद्यपि यस रोगको औषधिबारे क्लिनिकल ट्रायलहरू भने भइरहेका छन् । एसएमए लाग्यो भने निको हुँदैन । किनभने यो रोगको औषधि उपचार सम्भव छैन ।

    एसएमए पुष्टि भएका बालकालिकालाई केही सजिलो होस् भनेर फिजियोथेरापी गराउन सकिन्छ । यो रोग लागेका बालबालिकाको फोक्सोमा जमेको कफ, खकार बाहिर निकाल्न नसक्दा निमोनिया र विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले निमोनियाको खोप लगाइदिने, स्वास्थ्यमा जटिल अवस्था सिर्जना भए चिकित्सकको सल्लाहमा लक्षणअनुसारको औषधि सेवन गराउने, पोषिलो खानपानमा ध्यान दिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑