वीरगञ्ज । बाराको जितपुर सिमराका ५ पसललाई कारवाही गरिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिमरा र नगर उद्योग वाणिज्य संघ सिमरासहितको टोलीले ५ पसललाई ८० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
खरिद बिल नदेखाउने बाराको सिमरा ३ स्थित विकास जेनरल स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै ३ हजार ८ सय ५५ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ नष्ट गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार दफा ३९ बमोजिम खरिद बिल नदेखाउने सिमरास्थित आर एन इन्टरप्राईजेजलाई २० हजार र निरीक्षण कार्यमा आवश्यक सहयोग नगर्ने सिमरा ६ स्थित ओम शिवशक्ति जेनरल स्टोर्सलाई पनि २० हजार जरिवाना तिराइएको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।