वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट आगामी साउन २४ गतेदेखि नियमित रुपमा सेवा प्रवाह हुने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलद्वारा हस्ताक्षरित सूचनामार्फत कोरोना संक्रमणका कारण रोकिएका सेवाहरु २४ गतेदेखि नियमित हुने उल्लेख गरिएको छ ।
हाल जिल्ला प्रशासन कार्यालय पर्साबाट स्थानीय तहअनुसार सेवा प्रवाह हुँदै आएको छ । पछिल्लो समयमा घट्दै गएको कोरोना संक्रमणको दरलाई मध्यनजर गर्दै सबै स्थानीय तहका सेवाग्राहीहरुलाई नियमित सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यसअघि संक्रमण दर बढ्दै जाँदा असार ६ गतेदेखि स्थानीय तहअनुसार आलोपालोको रुपमा प्रवाह हुँदै आएको सेवा अब स्वास्थ्य मापदण्डको पालना गरेर २४ गतेदेखि नियमित हुने भएको हो ।