• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको करैयामाई गाउँपालिकामा नीति तथा कार्यक्रम पारित नहुँदै योजना सञ्चालन

  • वीरगंज संजाल
  • २२ श्रावण २०७८, शुक्रबार १४:२७
  • १९६९

    बारा । नीति तथा कार्यक्रम पारित नहुदैं बाराको करैयामाई गाउँपालिकाले यस आर्थिक वर्षको बजेट दुरुपयोग गरेको छ । असार १० गते भित्र नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेर मात्र आर्थिक गतिविधि गर्न पाइने सरकारी नियम भएपनि गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको निर्देशनमा गाउँपालिकाले १ करोड बराबरको लागतमा सडक निर्माण कार्य अगाडि बढाएको वडा नं. १ वडा अध्यक्ष सोनालाल साहले बताएका छन् ।

    गाउँपालिकाको वडा नं. ५ र ७ मा पर्ने ढोरियादेखि पिपरा र पिपरादेखि ढोरियासम्मको बाटो निर्माण कार्य अगाडि बढाएर बजेट दुरुपयोग गरिएपछि गाउँपालिका अध्यक्ष धामीको सर्वत्र आलोचना भएको छ । सरकारी नियमको गाउँपालिकाले धज्जी उडाएको गाउँबासीको भनाई छ ।यस विषयमा गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीसँग बुझ्दा उपभोक्ता समिति मार्फत काम भईरहेको तथा ६ सय मिटरको सडक ढलान गर्न दुई वटा उपभोक्ता समिति गठन गरी काम भईरहेको बताए ।

    उनले गाउँपालिकाका प्रशासकीय अधिकृतले नियमसंगत ढङ्गले कार्य आदेश दिएको दाबी गरे । गापा अध्यक्ष धामीले गएको आर्थिक वर्षको बाँकी काम १८ नम्बर फाइलमा लगेर गर्न मिल्ने प्रतिक्रिया दिए । तर, गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष उमेश चौधरीले आफुलाई यसबारे केही थाहा नभएको र आफ्नै वडामा बनाएको उपभोक्ता समितिबारे पनि आफुलाई केही जानकारी नभएको प्रतिक्रिया दिए ।

    अध्यक्ष चौधरीले गाउँपालिकाका अध्यक्षले ठाडो शैलीमा नियम मिचेर काम अगाडि बढाएको बताएका छन् । गाउँसभाबाट नीति र कार्यक्रम पारित नभई योजना समेत छनोट भई नसकेको अवस्थामा अध्यक्ष र प्रशासकिय अधिकृतको मिलोमतोमा यस वर्षको बजेट दुरुपयोग भएपछि गाउँपालिकाको बोर्ड सदस्य र कर्मचारीमा चरम असन्तुष्टि रहेको गाउँपालिका श्रोतले जनाएको छ । बजेट दुरुपयोगबारे चरम असन्तुष्टि रहेपनि आफ्नो वडाको बजेट कटौती हुने डर्रले कसैले पनि कुनै प्रतिक्रिया नजनाएको श्रोतको दाबि छ ।

    यता, गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुरेन्द्र चौधरीले गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतले कुनै न कुनै नियमलाई टेकेर बजेट प्रयोग गरेको हुनसक्ने बताएका छन् ।यस विषयमाम योजना प्रमुख विरेन्द्र कुशवाहा र वरिष्ठ इन्जिनियर अवधेश प्रसादसँग प्रतिक्रिया लिन खोज्दा प्रष्ट प्रतिक्रिया आएन । उपभोक्ता समिति मार्फत भईरहेको भनिएको भएपनि सडक ढलान ठेकेदार मार्फत भईरहेको स्थानियहरुको भनाई छ ।

    स्थानीयहरुका अनुसार गापा अध्यक्ष धामीले आफ्ना आसेपासेलाई उपभोक्ता समिति बनाएकाे भए पनि काम ठेकेदार मार्फत गराएर करोडौँको बजेट दुरुपयोग भईरहेको छ । एकै ठाउँको सडकका लागि करोडौँ बजेट राखेका गापा अध्यक्षले वर्षाको बेलामा पनि जबरजस्ती काम गर्न लगाएर कमसल काम गराएको स्थानीयहरु बताउँछन् ।तर गापा अध्यक्ष धामीले भने इन्जिनियरको इस्टिमेट अनुसार आफै उपस्थित भएर आरसीसी ढलान गराएकाले काम नियम संगत तवरले भएको दाबी गरे ।

    यता, प्रमुख प्रशासकिय अधिकृत यादवले भने आर्थिक वर्षको अन्त्य तीर उपभोक्ता समितिले सबै निर्माण सामाग्री खसालेर काम शुरु गरेको भएपनि वर्षाका कारणले काम सम्पन्न नभएको बताए । सोही कामलाई सम्पन्न गर्न म्याद थप गरेर काम सुचारु गरिएको भएपनि गत आर्थिक वर्षमा सम्पन्न नभएका कामलाई बहुवर्षीय योजनामा परिणत गरी बोर्डबाट अनुमोदन गर्न बाँकी रहेको उनले जानकारी गराएका छन् ।

    बोर्डले अनुमोदन नगरेको खण्डमा बजेट निकासामा समस्या हुन सक्ने प्रशासकिय अधिकृत यादवको भनाई छ । उनले जनप्रतिनिधीहरुबीच कुरा नमिल्दा गाउँसभा प्रभावित भएको बताउदैं छिट्टै गाउँसभा गर्ने तयारी भईरहेको जानकारी दिए । गत वर्षका निकासा हुन बाँकी रहेका योजनाहरुको सन्दर्भमा बोर्ड बैठकमा प्रस्ताव गरिने र अनुमोदन भए मात्रै भुत्तानी हुने उनले प्रस्ट पारे ।यो समाचार नेपाल पोस्ट डाइली ले लेखेको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑