• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    फागुनमा सकिन लागेको १११ मेगावाटको रसुवागढीमा बाढीपहिरोबाट तेस्रोपटक क्षति

  • वीरगंज संजाल
  • ३ भाद्र २०७६, मंगलवार १७:०५
  • ५०५३

    काठमाडौं : आउँदो फागुनदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी निर्माण द्रुत गतिमा बढेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटकको बाढी–पहिरोबाट क्षति पुगेको छ । असार ५ गते पहिरोबाट खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको हो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो ।

    आइतबार मध्यरातमा आएको बाढीले आयोजनाको हेडवर्क्सतर्फ नदीका दुवै किनारमा बनाइएका करिब ५० मिटर लामा दुईवटै ‘कफर ड्याम’ बगाएको छ । हेडवक्र्सको पहुँचमार्गका रूपमा आयोजनाको क्याम्पनजिकै रहेको बेलिब्रिजसमेत बगाएको छ । यसबाट आवत–जावत बन्द भएको आयोजना प्रमुख छवि गैरेले बताए ।

    ‘नदीको बहाव आयोजनाको संरचनामाथिबाट नै बगिरहेको छ,’ उनले भने, ‘राति एक्कासि बाढी आएपछि आयोजनामा काम गरिरहेका सबै जनशक्ति गरी ४५ जना हामी सुरक्षित स्थानमा गएका थियौँ, बाढी कम भएपछि मात्र क्याम्पमा आउन सक्यौँ ।’ ७२ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाबाट आउँदो फागुनसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य थियो ।

    बाढीले आयोजना प्रभावित रसुवाको टिमुरे गाउँको फोहोर व्यवस्थापन केन्द्र ‘इन्सिनेरेटर’ (फोहोर जलाउने भवन) पनि पूर्ण रूपमा बगाएको छ । त्यहाँ गत जेठदेखि स्थानीय बासिन्दाले गाउँको फोहोर व्यवस्थापन गर्दै आएका थिए ।

    गैरेका अनुसार खोलाको बहावले ‘आउटलेट’तर्फ पनि क्षति पुर्‍याएको छ । सो स्थानमा राखिएका ठेकेदारका फलामे डन्डी, फर्मा र अन्य उपकरण बगाएको छ ।आयोजनाको भूमिगत संरचनातर्फ सुरुङ, डिसेन्डर बेसिन, भूमिगत विद्युत्गृह, ट्रान्सफर्मर क्याभर्नलगायतको काम भने अघि बढिरहेको छ । आयोजनाको इन्टेकको काम भने सकिसकेको छ । बाढीले कति क्षति पुर्‍यायो भन्नेबारे यकिन हुन नसकेको गैरेले बताए । ‘ठेकेदार कम्पनीले आयोजना स्थलमा राखेका निर्माण सामग्री, उपकरणलगायत क्षतिको विवरण आएपछि मात्रै यकिन तथ्यांक थाहा हुन्छ,’ उनले भने ।

    उनले आयोजनाको मुख्य संरचनामा ठूलो क्षति नभए पनि पहिरो र बाढीका कारण काम अघि बढाउने अवस्था नरहेको जानकारी दिए । ‘अहिले त सुरक्षालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । गत असारमा आएको पहिरोले भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । उक्त कार्य हालसम्म सुरु हुन सकेको छैन । सन् २०१४ बाट सुरु भएको आयोजना फेब्रुअरी २०२० मा सम्पन्न गर्ने लक्ष्य थियो ।

    योजनास्थल पुग्ने क्षतिग्रस्त बेलिब्रिज

    भूकम्प, बाढी–पहिरोजस्ता विपत्ले आयोजना सम्पन्न हुने मिति भने सर्दै आएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा चिलिमेको ३३ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत गरी ५१ प्रतिशत सेयर छ । त्यस्तै, प्रभावित बासिन्दा तथा सर्वसाधारणको ४९ प्रतिशत
    सेयर छ ।

    १ भदौको बाढीबाट पुगेको क्षति

    •  किनाराका दुई कफर ड्याम, बेलिब्रिज, फलामे डन्डी र उपकरण बगायो

    •  टिमुरे गाउँको फोहोर व्यवस्थापन गर्न बनाइएको इन्सिनेरेटर भवन पनि डुबायो

    •  ठेकेदारले राखेको फलामे डन्डी, फर्मा र अन्य उपकरण बगायो

    ५ असारको पहिरोबाट पुगेको क्षति

    •  भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । कार्य हालसम्म सुरु हुन सकेको छैन ।

    २२ साउन, २०७५ को बाढीबाट पुगेको क्षति :

    •  किनाराको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो । नयाँपपत्रिका दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑