• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    रुपर्ट मर्डोखका मिडियाले जलवायु विज्ञानलाई दबाएको भन्दै विरोधमा एक पादरीले सिलाए आफ्नो मुख

  • वीरगंज संजाल
  • २० श्रावण २०७८, बुधबार ०७:३७
  • २३५७

    बिरगंज।रुपर्ट मर्डोखका मिडिया आउटलेटहरुमा जलवायु विज्ञानलाई दबाइएको भन्दै एक पादरीले आफ्नो मुख सिलाएर विरोध प्रदर्शन गरेका छन्। ७१ वर्षीय ‘रेभरेन्ड’ टिम हेवेसले लण्डनस्थित न्युज यूकेको कार्यालय बाहिर सांकेतिक रुपमा प्रदर्शन गरेका हुन्।

    युट्युबमा पोस्ट भएको एक भिडियोमा हेवेसले मर्डोखलाई ‘जलवायु परिवर्तनलाई इन्कार गर्ने’ व्यक्ति भनेका छन्। उनले मिडिया मालिक मर्डोखको सरकारमा पनि उच्च प्रभाव रहेको भन्दै त्यसकारण सरकार जलवायु संकटमा अर्थपूण कदम चाल्नबाट चुकेको बताए।

    पूर्व डेन्टिस्ट समेत रहेका अक्सफोर्डको डिओसिसस्थित चर्च अफ इङल्याण्डका पादरी हेवेससँगै ६२ वर्षीय ‘रेभरेन्ड’ मार्क कोलमेन समेत रहेका छन्। कोलमेनले आफूलाई भेट्न र कुराकानी गर्न भन्दै ‘द टाइम्स न्युजपेपर’का वातावरण सम्पादकलाई पत्र समेत बुझाएका थिए।

    प्रदर्शनको पछाडि को छ?

    ‘रेभरेन्ड’ क्रिस्चियन क्लाइमेट एक्सनसँग सम्बन्धित छन्, जुन ‘एक्सटिङ्सन रिबेलियन’ नामक जलवायु आन्दोलनको एउटा शाखा हो। सो समूहले २३ अगस्टदेखि प्रदर्शन गर्ने तयारी गरेको छ, जसलाई ‘द इम्पोसिबल रिबेलियन’ नाम दिइएको छ।

    जलवायुसम्बन्धी प्रदर्शनमा हेवेस अपरिचित व्यक्ति भने होइनन्। उनले यसअघि सोही समूहबाट लण्डनस्थित अदालतको फर्निचरमा आफैँलाई ‘ग्लु’ लगाएको टाँसेका थिए। जसको लागि उनले मार्च २०२० मा १४ दिन जेस समेत बस्नु परेको थियो।

    हेवेसले किन मुख सिलाए र उनी के चाहन्छन्?

    मुख सिलाउने कार्यलाई हेवेसले सांकेतिक रुपमा आवाज नसुनिएकाहरुको ‘निराशाको प्रतीक’ भनेका छन्।

    ‘विश्वमा धेरै यस्ता मानिसहरु छन् जो आवाजविहीन छन् र उनीहरुले जलवायु संकटका कारण कष्ट भोगिरहनु परेका छ’, हेवेस भन्छन्, ‘जलवायु विज्ञान र सत्यलाई दबाइएको छ, र कष्ट भोगिरहेकाहरुको आवाज पनि सुनिएको छैन। रुपर्ट मर्डोखले यस्तै गरेका छन्। जलवायु विज्ञानलाई दबाउन उनी आफ्नो मुख सिलाए जसरी बसेका छन्।’

    ‘मर्डोखको कदमले विश्वमा परेको भयानक र हिंसात्मक कहरको विरुद्ध प्रदर्शन गर्न मैले आफ्नो मुख सिलाएको हो। यसले सांकेतिक रुपमा यो सत्यलाई बाहिर पनि ल्याउने छ,’ उनले थपे।

    मर्डोखको ध्यान केन्द्रित गर्नु आफ्नो उद्देश्य रहेको उनले बताएका छन्। मर्डोखले ‘प्रमाणमा आधारित, संसारभरका प्रख्यात वैज्ञानिकहरुले पुष्टि गरेको वैज्ञानिक अवलोकन’लाई दबाएको उनको आरोप छ।

    हेवेसले ‘मर्डोख – संसारकै इतिहासमा सबैभन्दा विनाशकारी मान्छे’ लेखिएको प्लेकार्ड बोकेको फोटोमा देखिएको छ।

    दुई घण्टा पछि उनले आफ्नो प्रदर्शन सक्दै मुखमा लगाएको स्टिच खोलेका थिए।

    को हुन् रुपर्ट मर्डोख?

    मर्डोख अष्ट्रेलियामा जन्मिएका अमेरिकी व्यवसायी हुन्। उनी सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक पनि हुन्। उनी ‘द सन’, ‘द टाइम्स’, ‘फक्स न्युज’, ‘द वाल स्ट्रिट जर्नल’ जस्ता मिडियाका प्रमुख रहेका उनले ग्लोबल मेनस्ट्रिम मिडियाको लागि सम्पादकीय तय गर्ने गर्छन्।

    २०२१ मा २२.४ बिलियन डलर नेटवर्थ रहेका उनी अमेरिकाका ३१ औँ र संसारका ७१ औँ धनी व्यक्ति हुन्। २०२० को नोभेम्बरमा मर्डोखले न्युज कोर्पका सेयरधनीहरुसँगको अर्चुअल वार्षिक सभामा कम्पनीले जलवायु परिवर्तनलाई इन्कार नगर्ने बताएका थिए। तर, वातावरणसँग सम्बन्धित रिपोर्टहरुमा उनको मिडियाको व्यापक आलोचना हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑