वीरगञ । विरगंजकों सशस्त्र प्रहरीबल बोर्डर आउट पोष्ट श्रीसियाको पछाडीको बाटो हुँदै यतिखेर तस्करीको लाईन खुलेको देखिन्छ ।
भारत बाट नेपाल तर्फ हार्डवेयर, लता कपडा, जुत्ता चप्पल हरेक दिन ठूलो मात्रामा भित्रिदै छ ।भने नेपालबाट भारत तर्फ यतिखेर केराउ , चाईनिज स्याउ खुलेयाम रुपमा नेपालबाट भारत तर्फ तस्करीको माध्यमले गईरहेको स्रोतले बताएको छ ।
स्रोत का अनुसार श्रीसियामा काम गर्ने जवान र सहायक हवल्दार मार्फत बोर्डर आउट पोष्ट श्रीसियाका प्रहरी निरीक्षक प्याकुरेलले पैसा लिएर लाइन दिएको बताएका छन् ।