बिरगंज।पर्सा जिल्लाको जगरनाथपुर गाउँ पालिकाबाट बोक्सिको आरोपमा मुदा दर्ता रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ।पक्राऊ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं ६ बस्ने ३७ वर्षिय गनपत साह कानु रहेका छन।कानुलाई राति ८ :०० गाउँमा नै प्रहरीले पक्राऊ गरी इलाका प्रहरी कार्यालय पोखरीया लग्ने क्रममा पोखरिया नगरपालिका वडा नं १ टोल बनकटवाको उतर पट्टी रामजानकी मन्दिर नजिक प्रहरीलाई धाका दिई फरार भएका थिए।
फरार हुन साथै प्रहरीले तादरुक्ता साथ खोजी गर्दा बिहान करिब ३/४ :०० बजेको समयमा जगरनाथपुर गाउँपालिकाको वडा नं ६ बस्ने लछुमन प्रसाद कुर्मीको घरबाट प्रहरीले समात्न सफल भएको छ।कानु लाई पक्राऊ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले बताए।कानुलाई छुटाउनका लागी राति देखि नै नेपाली कांग्रेसका केही नेताहरु सक्रिय रूपमा लागेका छन् भने एक स्रोतले जनाएको छ।