वीरगन्ज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. विवेकलाल कर्णलाई नियुक्त गरिएको छ ।
आजको राज्यमन्त्रिस्तरीय निर्णयमा डा. कर्णलाई सो पदमा नियुक्त गरिएको हो । गत जेठ १० गतेदेखि रिक्त सोे पदमा नियुक्त भएका डा. कर्ण यसअघि सार्क क्षयरोग केन्द्र प्रमुखको जिम्मेवारीमा थिए ।