• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपेन्द्रले कारबाही नगरेसम्म महन्थले नयाँ दल दर्ता नगराउने

  • वीरगंज संजाल
  • १६ श्रावण २०७८, शनिबार १४:२७
  • २४२९

    वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्षमा पुगेको छ । आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्ष ठाकुर पक्षले निकालेको हो । नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति रहेको छ ।

    भावी रणनीति तयार गर्न दुई दिन ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकमा पार्टी गठन गर्ने वा नगर्ने विषयमा बृहत् छलफल भएको बैठकमा सहभागी एक नेताले रातोपाटी बताए । निर्वाचन आयोगको आदेशअनुसार नै आफूहरू जसपामै रहेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिए पनि कार्यकारिणी समिति भने ५१ सदस्यीय नै कायम गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षका १६ जनाको नाम पनि छ । यादव पक्षको तीन दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले गरेको माइन्युटमा पनि ठाकुर पक्षका नेताहरूको नाम रहेको छ । ‘यसले हामी जसपामा नै रहेको पुष्टि हुन्छ,’ ती नेताको भनाइ छ ।’

    यादव पक्षले कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेपनि ठाकुर पक्षको बारेमा केही बोलेका छैनन् । तर, जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव भन्छन्, ‘उहाँहरूले विपक्षमा मतदान गरेकै दिनदेखि जसपामा नरहेको पुष्टि हुन्छ, त्यसका लागि छुट्टै निर्णय गर्नै पर्दैन ।’ जसपाको आधिकारिकता यादव पक्षले माग गर्दा त्यसको विपक्षमा मतदान गरेपछि ठाकुर पक्षले ‘अझै जसपामै छौँ’ भन्नु राजनीति बेइमान भएको उनी बताउँछन् ।

    पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पनि ठाकुर पक्षले विपक्षमा मतदान गरेपछि स्वतः जसपामा नरहेको पुष्टि भएको दाबी गरे । निर्वाचन आयोगले पनि दल गर्दा गराउन भनेको छ, त्यही भएर ठाकुर पक्ष जसपामा नरहेको उनले बताए ।

    यता, ठाकुर पक्षका कार्यकारिणी सदस्य जितेन्द्र सोनल भन्छन्, ‘विवाद पुरानो कार्यकारिणी समिति कि हेरफेर गरिएको नयाँ कार्यकारिणी समिति राख्नेमा थियो । निर्वाचन आयोगले पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको छ । यसले ठाकुर पक्षका नेताहरू नरहेको कुराको पुष्टि हुँदैन । कानुनसम्मत रूपमा ठाकुर पक्षका कार्यकारिणी सदस्यहरू पनि जसपामा रहेको देखिएको छ ।’

    ठाकुर पक्षले नयाँ पार्टी गठन नगरे पनि नयाँ सङ्गठनको अभ्यास भने गर्ने भएको छ । सो पक्षले पार्टीभित्रको विवादलाई लिएर जनतामा जाने र त्यहाँ आफ्नो कुरा राख्दै सङ्गठनलाई समेट्ने कार्य पनि गर्ने सो समूहको रणनीति रहेको छ ।

    यस्तै, आज २ बजे बस्ने कार्यकारिणी समितिको बैठकले कार्य विभाजन गरी नेताहरूलाई जिल्ला जिल्लामा खटाउने भएको छ । यता, उपेन्द्र यादवले पनि कारबाही गर्न सकिरहेको छैनन् । पहिला पनि पार्टीबाट निष्कासन गरे पनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । फेरि के कारण देखाउँदै कारबाही गर्ने भन्ने यादव पक्षले आन्तरिक छलफल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑