• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्रिमण्डलमा काँग्रेसभित्र यसरी मिलाइँदैछ सन्तुलन

  • वीरगंज संजाल
  • १६ श्रावण २०७८, शनिबार ०९:२३
  • १६९३

    वीरगन्ज । मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको संस्थापन इत्तर पक्षसँग मन्त्रीको नाम मागेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग मन्त्रीको नाम मागेका हुन् ।

    असार २९ गते सरकारको नेतृत्व सम्हालेका देउवाले सोही दिन आफू निकट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र बहादुर खड्कालाई कानुनमन्त्री बनाएका थिए । साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् ।

    नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा सरकारमा पुगेका देउवाले गठबन्धनसँगै पार्टीभित्र पनि सन्तुलन मिलाउनुपर्ने चुनौती छ ।

    अब काँग्रेसले बढीमा ५ मन्त्रालय पाउने  अवस्था छ । थप दुई मन्त्री आफ्नो पक्षलाई हुने गरी देउवाले पौडेललाई दुई र सिटौलासँग एक मन्त्रीको नाम पठाउन भनेको स्रोतले रातोपाटीलाई जानकारी दियो । तर पौडेलले चार मन्त्रालयको दाबी राखेका थिए ।

    यद्यपि आफ्नो समूहभित्र सन्तुलन मिलाउन कम्तिमा ३ मन्त्रालय पाउनै पर्ने पौडेलको अडान छ । पौडेलले दिलेन्द्र बडू र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि अगाडि सारिसकेका छन् ।

    तर, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई मिलाउनुपर्ने पौडेललाई बाध्यता छ ।

    कोइराला र सिंहले पनि आफ्ना प्रतिनिधि सरकारमा पठाउन  पौडेललाई दबाब दिरहेको अवस्था छ । तर, यसपटक पौडेलले शशांक र प्रकाशमान पक्ष मध्येबाट एकजनालाई मात्र मन्त्री बनाउने रणनीति बनाएको बुझिएको छ ।

    तीनवटा मन्त्रालय पाएको अवस्थामा दुईजना आफू निकट र एक जना कोइराला–सिंहको प्रतिनिधि पठाउन खोजेका छन् । तर शशांकले सुजाता कोइरालालाई मन्त्री बनाउन केही दिनअघि प्रधानमन्त्री देउवालाई नै भेटेका थिए ।

    सुजातालाई मन्त्री बनाउन सकारात्मक देखिए पनि उपप्रधानमन्त्री नदिनसकिने देउवाले शशांकलाई भनेका थिए । तर, सुजाताले मन्त्री बन्ने दौड रोकेकी छैनन् । कोइराला स्रोतका अनुसार मालदार मन्त्रालय पाए उपप्रधानमन्त्री विनै पनि मन्त्री बन्ने सुजाताले संकेत देखाएकी छन् ।

    यता सिंहले राजन केसीलाई मन्त्री बनाउन पौडेलमाथि दबाब बढाएको पाइन्छ । तर, प्रधानमन्त्री देउवाले सिंहलाई नै सरकारमा भित्र्याउन खोजेका थिए । सभापतिको दौडमा रहेका सिंहले अहिलेसम्म देउवाको प्रस्ताव स्वीकार गरिसकेको अवस्था छैन ।

    सिंहको सरकार इन्ट्रीमा नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्काले पनि अवरोध खडा गरेको काँग्रेस वृत्तमा चर्चा छ । यतिबेला सिंहको सरकारमा प्रवेशले देउवासँगको सहकार्यमा जोडिदिने सिटौला र खड्कालाई डर छ ।

    देउवालाई चुनौती लिँदै उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबी गरेपछि यतिबेला संस्थापन पक्षमा खड्का हाबी भएको अवस्था छ ।

    देउवासँग कार्यगत सहकार्य गर्दै आएका सिटौलाका लागि सिंह र देउवाको सहकार्य चिन्ताको विषय बन्छ । पार्टीभित्र सिटौलाको झुकाव अझै पनि देउवासँग बढी छ ।

    गठबन्धनको सरकारमा पनि देउवाले सिटौलालाई भाग छुट्याएका छन् । सिटौलाले आफ्नो तर्फबाट उमाकान्त चौधरीलाई अगाडि सारेका छन् ।

    पौडेल पक्षबाट तेजुलाल चौधरी मन्त्री भएको अवस्थामा सिटौलाले मन्त्रिमण्डल समावेशी बनाउन भीमसेनदास प्रधान रोज्ने सम्भावना पनि छ । प्रधानलाई मन्त्री बनाउन देउवा पनि सकारात्मक नै देखिएको पाइन्छ । देउवाले आफ्नातर्फबाट भने नारायण खड्का र  पुष्पा भुसाललाई प्राथमिकतामा राखेको पाइन्छ ।

    यद्यपि, पौडेल र सिटौला पक्षको नाम प्राप्त भइसकेपछि सबै कुरा मिलाएर आफू पक्षीय मन्त्रीको टुंगो लगाउने देउवाको रणनीति छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑