• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनलाइन कक्षा : अभिभावकलाई पिरमाथि पिर, न बालबालिका मन लगाएर पढ्छन् न स्कुलले शुल्क घटाउँछ !

  • वीरगंज संजाल
  • १५ श्रावण २०७८, शुक्रबार १३:१९
  • ४३०१

    वीरगन्ज । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण र यसको जोखिमका कारण नेपालमा पनि लामो समयसम्म धेरैजसो सेवा बन्द भए । १५ महिनाको यो अवधिभर केही अत्यावश्यक सेवाबाहेक प्राय ठप्प रहे । अर्थात् देशव्यापी रूपमा लकडाउन घोषणा गरियो । संक्रमणदर दिनानुदिन बढ्दै जाँदा लकडाउनको समयावधि पनि थपिँदै गयो ।यसको असर शैक्षिक क्षेत्रमा सबैभन्दा बढी पर्‍यो । लामो समयसम्म पनि भौतिक उपस्थिति गराउन सम्भव नभएपछि विद्यालय प्रशासनले अनलाइनबाट नै पठनपाठन गर्ने र गराउने निर्णय गरे ।एक समयमा त छोराछोरीको अनलाइन कक्षाका लागि भनेर ऋण लिएरै भए पनि मोबाइल, ल्यापटपजस्ता डिभाइसहरू खरिद गर्ने अभिभावकहरूको संख्या ठूलो मात्रामा थियो ।

    लामो समयको बन्दाबन्दी र घरमा बसेका बालबालिकाको बिग्रँदै गरेको मानसिक चिन्तनहरू नियाल्दै गर्दा अनलाइन कक्षाले अभिभावकहरूको मनमा एकप्रकारको उत्साह जन्माएको थियो । यसकिसिमको अभ्यास नेपालमा पहिलो पटक नै हो । यसरी अनलाइनबाट गरिएको पठनपाठन अनि यसले ल्याउने नतिजा कस्तो होला भन्ने कुतूहलता विद्यार्थी र अभिभावक सबैको मनमा पक्कै थियो ।अनलाइन कक्षाले अभिभावकले सोचेजस्तो गति लिन सकेन । मोबाइल वा ल्यापटपअगाडि विद्यार्थीहरू बसेका त देखिन्छन् तर पढाइभन्दा पनि अनलाइन गेम, सिरियल हेर्नेजस्ता काममा बढी ध्यान दिनेगरेको अभिभावकहरूको गुनासो छ ।

    बालबालिकालाई महँगो खर्च गरेर मोबाइल, ल्यापटपजस्ता डिभाइसको जोहो जसोतसो गरेका अभिभावकहरू विद्यालयले लिने महँगो शुल्कले दिग्दार भएका छन् । भौतिकरूपमा विद्यालयमा उपस्थित भएजस्तो प्रभावकारी सिकाइ अनलाइन कक्षाबाट नभएको अभिभावकको दाबी छ । जसले गर्दा एकातिर शैक्षिक सिकाइ प्रभावकारी भएको छैन भने अर्कोतिर विद्यालयले शतप्रतिशत शुल्क लिइरहेका छन् ।छोराले राम्रो पढ्ला कि भनेर ऋण लिएर अनलाइन कक्षाको लागि मोबाइल किनेर ल्याइदिइन्, ओखलढुङ्गा स्थायी घर भई ललितपुरको बालकुमारी बस्दै आएकी सबिता गिरीले । उनी छोरो पढाउनकै लागि काठमाडौँ आएकी हुन् । ‘किताब कपि अगाडि राख्छ, पढ्दै होला छोरो भन्यो के–के गेम खेलेर बस्नेरहेछ ।’ उनी भन्छिन्, ‘सधँै के गर्छ भनेर अगाडि बसेर हेरिरहन पनि भ्याइँदैन, कहिलेकाहीँ हेर्दा त्यस्तै हुन्छ । अनलाइन कक्षा भइरहन्छ क्यामेरा अफ गरेर गेम मात्र खेल्नेरहेछ ।’

    अभिभावकको थाप्लोमा बालबालिका मन लगाएर पढिरहेका छैनन् भन्ने मात्रै चिन्ता छैन, विद्यालयले शुल्कको लागि भनेर पटक–पटक फोन गरिरहन्छ । ‘यो वर्ष त स्कुलमा गएर त छोराले पढेकै छैन, अनलाइन कक्षाको शुल्क समेत भौतिक उपस्थितिमा लिएजति नै तिर्नुपर्ने भन्दै छन् ।’ उनी निराश हुँदै भन्छिन् ।न छोराले ध्यान दिएर पढेको छ न त सबै पढाइसकेका छन् । स्कुलले पहिलाजति नै शुल्क मागेको माग्यै छ । ‘पैसाको मात्र नाश हुनेभयो । नदिऊँ भने पनि परीक्षा नै दिन नपाउने भन्छन् जसरी पनि दिनै पर्छ ।’ उनी भन्छिन्, ‘यो मेरो मात्र नभएर आम नेपालीको समस्या हो ।’

    अनलाइन कक्षा भन्छन्, के गर्छन्–गर्छन् । आफूले शिक्षा लिन नपाएका कारण उनीहरूले जे भने पनि होला त नि भन्ने लाग्छ अभिभावकलाई । ‘आफूले पढ्न पाइएन, किताब र ल्यापटप अगाडि फिँजाएपछि पढेकै होला भन्ने लाग्छ ।’ उनी भन्छिन्, ‘कहिलेकाहीँ ठूलो–ठूलो आवाज निकालेको सुनेर दौडेर जान्छु गेम खेलेर बसेको हुँदोरहेछ । यसरी न त उनीहरूले केही सिक्छन् न त अभिभावकको ऋणको बोझ हलुका हुन्छ । कोरोनाले पार्नुसम्म पिर पार्‍यो नि !’यसरी अनलाइन कक्षाको नाममा दिनानुदिन बालबालिकाहरू मोबाइल, ल्यापटपमा भुलिन थालेका छन् । कतिपय बालबालिकाहरू समयमा खाना नखाने, समयमा नसुत्ने गर्नथालेका छन् । कारण उनीहरू एकोहोरो ल्यापटप, मोबाइलमा हेरिरहँदा आँखामा समेत समस्या आउन थालेको छ भने अनावश्यक सामग्रीतिर उनीहरूको रुचि बढ्न थालेको अभिभावकहरूको गुनासो छ ।

    अहिले बजारमा दिनानुदिन बढ्दै गएको पब्जी, फ्रीफायरजस्ता गेमहरूको लतमा परी उनीहरू अनौठो खालकोे स्वभाव देखाउन थालेका छन् । अहिले सुन्दा यो सामान्य लागे पनि पछि गएर मानसिक तनावको कारण निम्तिने विज्ञले बताएका छन् । त्यसैले तत्काल यस्तो अनलाइन खेलहरू बन्द गराउन सरकारलाई अनुरोध समेत उनले गरिन् ।लामो समयसम्म विद्यालयमा नै गएर पठनपाठन गर्ने/गराउने वातावरण नभएपछि बालबालिकाले आफ्ना साथीभाइहरूसँग खेल्न बिर्सँदै गएका छन् । २४ घन्टामा १८ घण्टा त मोबाइल र ल्याप्टपलाई नै उनीहरूले साथी बनाएका छन् । जसले गर्दा बालबालिकाहरूलाई परिवार, समाजसँग घुलमिल हुन पनि गाह्रो हुने देखिन्छ । जतिबेला पनि मोबाइलमा नै हुन्छ ध्यान, को आयो को गयो केही थाहा छैन ।आफ्नै तालमा व्यस्त हुन्छन्, अहिले बच्चाहरू । यसले उनीहरूको बालमनोविज्ञानमा कति असल गर्ला ? यसै पनि २० वर्षपछि हरेक घरमा एक मानसिक रोगी हुन्छन् भनेर विज्ञले समेत बताइरहेको सन्दर्भमा यसबारेमा सम्बन्धित सबै पक्षले सोच्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑