• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘समयमै खोप लगाउन सकिएन र मापदण्ड पालना भएन भने तेस्रो लहर आउँछ’

  • वीरगंज संजाल
  • १५ श्रावण २०७८, शुक्रबार १२:१४
  • १८०९

    वीरगन्ज । पूर्ववर्ती ओली सरकारका पालामा कारोना महामारी बारेमा जति चर्चा हुने गथ्र्यो, अहिले त्यति चर्चा छैन । कोरोना रोकथाममा खेलेको भूमिकालाई लिएर सरकारको आलोचना पनि खासै भइरहेको सुनिँदैन । संक्रमण दिनहुँ बढिरहँदा सरकार बल्ल तात्न थालेजस्तो देखिएको छ । आजैमात्र प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सीसीएमसी निर्देशक समितिको बैठक सिंहदरबारमा डाकिएको छ ।

    कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्ला दिनहरूमा घट्नुको साटो झन् झन् बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फेरि तेस्रो लहरको आउन सक्ने प्रक्षेपण गरेको छ । यसबाट आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ सङ्क्रमित थपिने सरकारको अनुमान छ ।

    सङ्क्रमण उच्च बिन्दुमा पुग्दा सङ्क्रमितको उपचार सहज र व्यवस्थित गर्नका लागि अध्यादेशमार्फत सरकारले वीर अस्पताललाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल बनाएको छ । अब कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालले भावी दिनमा आउन सक्ने तेस्रो लहरसँग जुध्नका लागि तयारी के–के गरेको छ ? प्रदेशिक कोभिड—१९ युनिफाइड अस्पतालको व्यवस्था कहिले हुन्छ ? कोभिड बिरामी उपचारका लागि स्वास्थ्य सामग्री खरिद सम्बन्धमा अस्पताल किन विवादमा तानियो ? अस्पतालको वर्तमान अवस्था र भावी योजना कस्तो छ ?

    यिनै प्रश्नहरूमा रातोपाटीले युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमसँग गरेको अन्तरवार्ता :

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरिसकेको अवस्थामा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालले कोरोनासँग जुध्नका लागि तयारी कस्तो छ ?

    सरकारको प्रक्षेपणमा झण्डै २ लाख व्यक्ति सङ्क्रमित हुन सक्छन् भन्ने छ । यो अनुमान असत्य साबित होस् । राम्रोसँग जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सरकारले अनुमान गरेको भन्दा कम पनि सङ्क्रमित हुन सक्छन् । कोरोना खोप नियमित सञ्चालन हुँदै गएमा सङ्क्रमित त्यति धेरै नपुग्न सक्छ । यद्यपि कोरोना खोप समयमै लगाउन सकिएन, जनस्वास्थ्यका मापदण्ड पालना पनि भएन भने तेस्रो लहर आउँछ ।

    पहिलो लहर आउँदा कोभिड उपचार, नियन्त्रण व्यवस्थापन नेपालले राम्रासँग गरेको थियो । तर दोस्रो लहरमा पहिलो लहरमा जस्तो राम्रो व्यवस्थापन गर्न सकिएन । कति बिरामीले अक्सिजन पनि राम्रोसँग पाएनन् । बेडमा भर्ना हुनेले पनि बेड पाउन गाह्रो भयो । दोस्रो लहरबाट पाठ सिकेर तेस्रो लहरका लागि सरकारले तयारी गरेको छ ।

    कोभिड—१९ युनिफाइड अस्पतालले तयारी गरिरहेको छ । पहिलो तयारी भनेको परीक्षणलाई अझै बढाउँदै जाने हो । पहिला पीसीआर मात्रै परीक्षण गरिएको थियो भने अहिले एन्टिजेन परीक्षण पनि भइरहेको छ ।

    एन्टिजेन परीक्षणबाट धेरैको उपचार भइरहेको छ । धेरै मान्छेलाई आइसोलेसनमा राख्नका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय सीमा क्षेत्रमा एक–एक हजारको क्षमताको होल्डिङ सेन्टर बनाउने काम भइरहेको छ ।

    कोरोना सङ्क्रमित बिरामी राख्न लागि अहिले निजी अस्पतालहरूलाई स्वीकृति दिइएको छैन । सङ्क्रमितको उपचार गर्ने अवस्था आएको खण्डमा निजी अस्पतालहरूलाई स्वीकृति पाउँछन् । सरकारी अस्पतालको पनि क्षमता थपिएको छ ।

    अहिले केन्द्रमा कोभिड–१९ अस्पताल, वीर अस्पतालको नयाँ भवनमा पाँच सय जना पुरानो भवनमा चार सय जना र जरुरी परेको खण्डमा ट्रमा सेन्टरमा दुई सय गरी ११ सय बिरामी राख्न सक्ने गरी तयारी गरेका छौँ । बेडका आधारमा मिलाएर आईसीयू एचडीयू व्यवस्थापन गरेका छौँ । हालमा सय बेड आईसीयू, सय बेड एचडीयू राखेका छौँ ।

    तर, दुई सय बेड आईसीयू नै सञ्चालन गर्ने गरी अहिले उपकरण जडान गरिरहेका छौँ । भेन्टिलेटर, बेड, मोनिटर आदि जस्ता कुरा दुई सय बेडलाई नै पुग्नेगरी व्यवस्थापन गरिरहेका छौँ । नयाँ दरबन्दी थप हुँदै छ । वीर सबैभन्दा धेरै जनशक्ति, बेड र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल हुन्छ ।

    तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्छन् भनेर सरकारले आकलन गरेको छ । बालबालिकाको उपचारका लागि जनशक्ति र पूर्वाधारहरूको व्यवस्थापन तयारी कस्तो छ ?

    बालबालिकाहरू बढी सङ्क्रमित हुन्छन् भन्ने वैज्ञानिक आधार छैन । विश्व स्वास्थ्य सङ्गठन वा भविष्यवाणी गर्ने संस्थाहरूले त्यस्तो भनेका छैनन् । तर, हामीले बालबालिका बढी प्रभावित होलान् भन्नुको कारण पहिलेको दाँजोमा बढी हुन सक्छन् भनेर आंकलन गरेका छौं । किन यस्तो आकलन गरिएको हो भने अहिलेसम्म बच्चालाई खोप लगाइएको छैन । १२ वर्षमाथिका बच्चाहरू लागि पनि खोप परीक्षण भइसकेको छ । बालबालिकाले पनि खोप लगाउन मिल्ने भएको छ । तर, हामी अहिलेसम्म लगाउन सुरु गरेको छैनौँ । त्यसकारण बच्चाहरू बढी सङ्क्रमित हुन सक्छन् भन्ने अनुमान लगाएका हौँ ।

    अर्को कुरा बच्चाले सही तरिकाले मास्कको प्रयोग गर्न सक्दैनन् । सामाजिक दूरी कायम गर्नै सक्दैनन् । अपाङ्ग तथा फरक क्षमता भएकाको त समस्या छँदैछ । त्यसैले बच्चामा अलि बढी सङ्क्रमण हुन सक्छ । बच्चाहरू पनि सङ्क्रमित भए भने उनीहरूलाई व्यवस्थापन गर्न सक्छौँ । अन्य जनरल अस्पतालमा सङ्क्रमित बच्चालाई उपचार गर्न समस्या हुन्छ । अहिले बच्चाहरूको व्यवस्थापन गर्ने काठमाडौँको हकमा कान्ति बाल अस्पतालकै हो । अन्य मेडिकल कलेजको हकमा पनि सम्भव छ । तर भोलि चाहिँ अरू अस्पतालले भार थाप्न सकेन भने कोभिड–१९ युनिफाइड वीर अस्पतालमा बच्चाहरू राख्छौँ । आईसीयू बेड, भेन्टिलेटरहरू बच्चालाई उपचार गर्न मिल्ने गरी व्यवस्थापन गरेका छौँ ।

    कोभिड–१९ युनिफाइड अस्पतालमा झण्डै १५० वटा भेन्टिलेटर छन् । करिब २० प्रतिशत भेन्टिलेटर बालबालिकाको उपचार गर्ने मिल्ने गरी व्यवस्थापन गरेका छौँ । उपचारका लागि प्याड्रिएटिकहरूको खाँचो पर्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेका छौँ । आवश्यकताका आधारमा कान्ति अस्पतालबाट ल्याएर बच्चाहरूको उपचार गराउने तयारी गरिरहेका छौँ । यसको अलवा स्वास्थ्य मन्त्रालयले देशका अस्पताल जति पनि भेन्टिलेटरको व्यवस्थापन गरेको छ तीमध्ये २० प्रतिशत बच्चालाई उपचार गर्ने गरी व्यवस्थापन गर्ने निर्देशनसमेत दिइएको छ ।

    केन्द्रमा कोभिड—१९ युनिफाइड अस्पताल भएझैँ प्रदेश तहमा प्रदेश युनिफाइड अस्पतालको विस्तारको तयारी कहाँ पुगेको छ ?

    कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालनसम्बन्धी अध्यादेश आएको छ । त्यसअनुसार प्रदेश स्तरमा पनि सातवटा प्रादेशिक युनिफाइड अस्पताल सञ्चालन हुन्छ । प्रदेशिक अस्पतालमा र यहाँ स्वास्थ्य उपकरण, जनशक्ति कति छ, कति बिरामीको उपचार गर्न सकिन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले अध्ययन गरिरहेको छ । डब्लूएचओले गरेको अध्ययनका आधार ती अस्पताललाई चाहिने मेसिनरी स्वास्थ्य उपकरणहरू, जनशक्ति कति छन् भन्ने बारे पत्ता लगाउने काम गरिरहेका छौँ । सेती अस्पताल, कर्णाली प्रदेशिक अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिान, नारायणी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान गरेर कोभिड—१९ युनिफाइड अस्पताल छिट्टै घोषणा गर्दैछौँ । औपचारिक रूपमा छलफल भइरहेको छ । यी सातवटा अस्पतालका सुविधालाई बढाउनुपर्छ । अब स्वास्थ्य मन्त्रालयको समन्वयमा प्रदेशिक अस्पताल तोक्नेछौँ । अहिले तोकिएको छैन ।

    वीर अस्पताललाई कोभिड उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न बजेट छुट्याएको थियो तर उपकरण खरिद गर्न नसकेको भन्ने छ । के ४० करोड रुपियाँ बजेट फ्रिज भएको हो ?

    स्वास्थ्य उपकरण खरिदका लागि विनियोजन गरिएको बजेट सबै खर्च भएको छैन । यो आर्थिक वर्षको अन्यमा केही फ्रिज हुने थियो । तर त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन र भदौ महिनामा खर्च गर्ने गरी व्यवस्थापन गरेको छ । ६ महिनाका लागि स्वास्थ्य उपकरणका खरिद गर्न दिएको पहिला फ्रिज भएको पैसा सोमबार मात्रै पुनः मन्त्रालयले फर्काउने भएको छ । त्यस रकमबाट अस्पतालहरूलाई अपडेट गर्छौं । यी अस्पतालसँग समन्वय गरेर कल सेन्टर सञ्चालन गर्छौं । यस्तै रिफरको व्यवस्थापन गर्छौं । कुनै बिरामी महामारी अस्पतालमा आयो तर त्यहाँ बेड पाएन भने उसलाई अस्पताल पठाउँछौँ । उपचारका लागि प्रदेशिक अस्पतालमा सम्भव भएन भने काठमाडौँ ल्याउने र काठमाडौँभित्रका १३ वटा अस्पतालहरूमा उपचारको व्यवस्था गर्छौं । ती १३ वटा कुन अस्पताल कुन हुन् भनेर फाइनल हुने बेला भएको छ । त्यसपछि कुन अस्पताल लाने भनेर अस्पताल नै रिफर गर्छौं । काठमाडौँ आएपछि बिरामी ठीक भएपछि फेरि अस्पतालकै सेवा चाहियो भने फेरि प्रदेश स्तरमा पठाएर उपचार गर्ने व्यवस्थासमेत मिलाउँछौँ । यी प्रदेशिक युनिफाइड अस्पतालहरूले त्योभन्दा तलका अस्पतालहरूसँग समन्वय गर्नेछन् ।

    वीर अस्पतालमा गएको वर्ष ४० करोडको स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने थियो । म अस्पतालमा आउँदा दुई करोड मात्रै सामान खरिद भएको थियो । जति खरिद गरिएको थियो अघिल्लो वर्षको टेन्डरका आधारमा सामान ल्याएर कामचलाउ गरिएको थियो । डा. जागेश्वर गौतम काम गर्न आएको हो, तलब खाएर हात बाँधेर बस्ने मान्छे होइन । ५० हजार तलबका लागि वीर अस्पतालमा आएर जागिर खानुपर्ने अवस्था छैन । मेरो कार्य इतिहास हेर्नुभयो भने निजी अस्पतालमा १५ सय मान्छेलाई तलब ख्वाएर संस्था चलाएर आएको मान्छे हुँ ।

    म प्रसूति गृहमा हुँदाको कार्यको बारेमा रेकर्ड हेर्न सक्नुहुन्छ । काम गर्छ भनेर नै सरकारले मलाई पठाएको हो । म आउँदा खरिदको काम ठप्प जस्तै थियो । अहिले अस्पतालमा १५० वटा भेन्टिलेटर छ । नकिनीकन कहाँबाट आउँछ । डोनेसनमै स्वास्थ्य सामग्री आउँछ भनेर चुप लागेर बस्ने ? एउटा भेन्टिलेटर, मोनिटर किन्न नसक्ने, एउटा बेड पनि किन्न नसक्नेलाई प्रशासकीय अधिकारी बनाएर पठाएर त भएन सरकाले । यसैले काम छ भनेर नै पठायो ।

    तपाईंले स्वास्थ्य सामग्री खरिद गर्ने क्रममा नजिकका मान्छेलाई टेन्डर दिनुभयो भन्ने आरोप लगाएका छन् नि ?

    स्वास्थ्य सामग्री खरिद नै नगरेपछि कसरी विवाद हुन्छ । खरिद गरेपछि विवाद सिर्जना भयो । हाल स्वास्थ्य सामग्री खरिद गरिएकोमा तीनथरि मानिसले विवाद सिर्जना गरेका हुन् । एकथरि मन्छेहरू पहिलेदेखि नै पूर्वाग्रही छन् । चितवन मेडिकल कलेजमा हुँदादेखि नै पूर्वाग्रही छन् । तिनीहरूबारे मलाई केही भन्नु छैन ।

    अर्काथरि यही वीर अस्पतालमा काम चोरेर ठगेर बसेका मान्छे काम हुने भयो भनेर डराइरहेका छन् । काम गरेपछि वीर अस्पताल अलि अगाडि आउँछ । यसबारेमा धेरै मान्छेलाई चिन्ता भएपछि मिडियाबाजी गर्न पनि भ्याए । विवादमा तान्ने केहीकेही पत्रकारलाई ठूला निजी अस्पतालहरूले पालेका छन् । यो वीर अस्पतालमा डेढ, दुई आईसीयू चलायो भने कतिपय निजी अस्पताल बन्द हुने अवस्थामा छन् । ती मान्छे सबैभन्दा बढी नेगेटिभ भएर लागेका छन् ।

    निदाएको मान्छेलाई ब्युँझाउँन सकिन्छ तर निदाएजस्तो गर्नेलाई ब्युँझाउन सकिन्न । डा. जागेश्वर गौतम प्रमुख प्रशासकीय अधिकारी भएपछि सरसामान जोड्यो । जोड गरेर आवश्यक सामग्री खरिद गर्दा एक महिनामा जम्मा २० करोड स्वास्थ्य सामग्री खरिद गरियो । २० लाख रुपैयाँ फ्रिज भयो । तीन महिनाअगाडि यहाँ आएको भए सबै पैसाको सामान किन्न सक्थेँ ।

    अहिले दुई सय बेड आईसीयूका लागि पूरै सामान छ । वीरमा इन्डोस्कोपी मेसिन नभएर ट्रमा सेन्टरबाट ल्याएर काम चलाइएको रहेछ । इन्डोस्कोपी बिग्रिएको ६, ७ महिना भएको रहेछ । किन्नु पर्दैन ? आउने बित्तिकै इन्डोस्कोपी मेसिन अस्पतालले खरिद गर्यो । एउटा मात्र इन्डोस्कोपीले वीरलाई पुग्दैन ।

    वीर अस्पतालमा इन्डोस्कोपी एउटा होइन १२ वटा चाहिन्छन् । किनभने १२ जनालाई इन्डोस्कोपी गरेर १३ औँको पालोमा राम्रोसँग सफा गरेर अर्कोको मुखमा राख्नुपर्छ । एउटा इन्डोस्कोपी राख्ने धोई पखाली गरी छिटोछिटो पुनः अर्कोको मुखमा राख्दा रोग सर्न सक्छ, त्यो इथिकल होइन ।

    अल्ट्रासाउन्ड चारवटा रहेछन् । यहाँ १२ वटा अल्ट्रासाउन्ड चाहिन्छन् । ४ वटा अल्ट्रासाउन्डले मात्र बिरामीलाई हेरेर बाँकी बिरामीलाई बाहिर पठाउने ? धेरैवटा अल्ट्रासाउन्ड ल्याएर वीरमा आएका जतिको यहीँबाट उपचार हुनुपर्छ । आज गरेको सिटिस्क्यान, एमआरआईको रिपोर्ट कमसेकम भोलि पाऊन् । वीरमा उपचार गराउन आएर बाहिर अल्ट्रासाउन्ड, इन्डोस्कोपी गर्न जाँदा सामाचार नबन्ने तर सामान ल्याएर उपचार गराउँदा गाह्रो पर्ने ? यो सुनियोजित हो । काम गरेको छैन भने मलाई किन पालेर राख्ने ? यो ढङ्गबाट नचाहिँदो कुरा गरिएको हो ।

    यदि मैले गलत काम गरेको भए नियमनकारी निकायहरू पनि छन्, तिनीहरूले हेर्नुप¥यो । सामान खरिद गर्नुभन्दा अघि छलफल हुन्छ । अस्पतालका विशेषज्ञहरूको टिमले आवश्यकताका आधारमा स्वास्थ्य सामग्री माग गर्छन् । त्यही आधारमा स्वास्थ्य उपकरणको लागि ई–टेन्डर हुन्छ ।

    ई–टेन्डर कसले कति राख्यो भन्ने थाहा हुँदैन । ई–टेन्डर गरेर टेन्डरको समय सकिइसकेपछि जसले कम मूल्यमा खरिद गर्छ उसले नै टेन्डर पाएको छ । अब त्यो टेन्डर गर्ने मान्छे जागेश्वर गौतमको मान्छे भनेर हल्ला गर्ने ? मलाई धेरै मान्छेले चिन्छन् । मैले पनि धेरै मान्छेलाई चिन्छु । मलाई चिनेको वा मैले चिनेको मान्छे पा¥यो, टेन्डर गर्दा सबैभन्दा कम मूल्यमा सामान दिन सक्छ भने मैले चिनेको मान्छे भनेर टेन्डर नदिने ? पहिले चाहेर पनि आवश्यकताका आधारमा छुट्याइएको बजेटले स्वास्थ्य सामग्री ल्याउन सकिएन । अहिले सामान खरिद गरेपछि नचाहिने हल्ला गर्ने ?

    यदि तेस्रो लहरमा सङ्क्रमित सङ्ख्या बढेमा यस अस्पतालले नन्कोभिड बिरामीको व्यवस्थापन कसरी गर्छ ?

    १५ दिन अगाडिदेखि नै भन्दै आइरहेको छु, जब कोभिड बिरामीको सङ्ख्या घटेपछि काठमाडौँका सबै अस्पतालका बिरामीको सङ्ख्या जोड्दा पनि कोभिड—१९ युनिफाइड अस्पतालका बेड आजको दिनसम्ममा नभरिने बिरामी छन् । कुनै अस्पतालमा १०, कुनैमा ७ कुनै अस्पताल १५ जना सङ्क्रमित छन् । यो अस्पतालले के चाहेका छ भने बिरामी त्यसरी नराखौँ । यस अस्पतालमा सङ्क्रमित बिरामीलाई पठाइदिनुस् भनेका छौँ । आजभन्दा सात दिनअगाडि ७५÷७६ बिरामी थिए । आजका दिनसम्म सय जना छन् । तत्काल ५ सय जना सङ्क्रमित बिरामीको उपचार सहज रूपमा उपचार गर्न सक्छौँ । अन्य सरकारी तथा निजी अस्पतालहरूलाई कोभिड उपचारतिर नलाग्नू, नन्कोभिड उपचारतिर लाग्नू भनेर सार्वजनिक रूपमै भन्दै आएको छौँ । कति अस्पतालहरूले बिरामी पठाएका छन्, कति पठाएका छैनन् ।

    दुःखको कुरा, अहिले काठमाडौँमा कोभिड बिरामी बढ्ने क्रममा छ । सबै सरकारी तथा निजी अस्पतालका बिरामीलाई वीर अस्पताल पठाइदिनुस् भन्दा हामीलाई गाह्रो हुने हो कि भन्ने अवस्थामा हामी पुगेका छौँ । वीर अस्पतालले कोभिड बिरामीको उपचार गर्यो भने अन्य अस्पतालले नन्कोभिड बिरामीको गरे हुन्छ ।

    त्यसो गर्दा बिरामीलाई अप्ठ्यारो पर्दैन् । त्यसरी व्यवस्थापन गर्ने विचार गरेका छौँ । वीर अस्पतालमा पाँच सय कोरोना सङ्क्रमित बिरामी उपचाररत रहुन्जेल हामीकहाँ नन्कोभिड उपचार सेवा प्रभावित हुँदैन । किनभने नयाँ भवनमा आठ सय बेड राख्छौँ । पुरानो भवनमा झण्डै पाँच सय बेड राख्न सकिन्छ ।

    अहिले नन्कोभिड बिरामीको अस्पतालको क्षमताअनुसार उपचार सेवा दिइरहेका छौँ । वीर अस्पतालले एक हजारसम्म कोभिड बिरामीको उपचार गर्न सक्छ । एक हजारभन्दा बढी बिरामीको उपचार गर्नुप¥यो भने ट्रमा सेन्टर खाली गर्नुपर्छ । त्यहाँ दुई सय बिरामीको उपचार गर्न सकिन्छ । हामीले एकै पटकमा १२ सय कोभिडका बिरामीको उपचार गर्न सक्छौँ । कोरोना सङ्क्रमित बिरामी कम भएभने नन्कोभिड बिरामीको पनि उपचार गर्छौं । धेरै बिरामी भएभने नन्कोभिड बिरामीको उपचार गर्दैनौँ ।

    दोस्रो लहरमा अक्सिजनको हाहाकार भयो, तेस्रो लहरका लागि तयारी कस्तो छ ?

    अघिल्लो लहरमा अक्सिजनको धेरै समस्या भयो । अहिले दोस्रो लहर आउनुभन्दा अगाडि नै स्वास्थ्य मन्त्रालयको सिनियर म्यानेजमेन्टले १८, १९ वटा अक्सिजन प्लान्ट तुरुन्त खरिद गर्न स्वास्थ्य सेवा विभागलाई बजेटसहित अर्डर दिएको थियो । तर, खरिद भएन । विभागले प्लान्टहरू किन्न नसकेको कारणले गर्दा दोस्रो लहरमा अक्सिजनको समस्या भएको हो । त्यसपछि स्वास्थ्य सेवा विभागलाई अक्सिजन प्लान्ट किन्न नलगाएर सम्बिन्धत अस्पताललाई किन्न लगाएका छौँ ।

    जस्तै–वीरमा पुरानो एउटा प्लान्ट थियो, नयाँ एउटा प्लान्ट राखेर २८५ लिटर अक्सिजन प्रतिदिन उत्पादन हुन्छ । २० टन क्यापासिटीको लिक्विड अक्सिजन ल्याएर राखेका छौँ । अर्को प्लान्ट पाइपलाइनमा छ । ६ सय अक्सिजन सिलिन्डर छन् । सय बेडभन्दा माथिका प्रदेशिक तथा निजी अस्पतालहरूलाई पनि अक्सिजन प्लान्टको व्यवस्था गर्न निर्देशन दिँदा आक्रोशित भएका थिए । निजी अस्पतालहरूलाई अक्सिजन प्लान्ट राख्नुपर्छ भन्दा मप्रति आक्राशित भए । पछि तिनै अस्पताललाई कोभिड बिरामी राखेर बिरामी धान्न गाह्रो प¥यो । निजी अस्पतालको व्यवसाय आखिर कोभिड बिरामीले धाने ।

    पछि आएर अक्सिजन सिलिन्डरका आधारमा अस्पताल चलाइरहेका छन् । अब यस्तो गर्न भएन । अब अक्सिजन प्लान्ट नै राखेर अस्पताल चलाउनुस् वा अक्सिजन लिक्विड ट्याङ्क राखेर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिँदा पहिला धेरैले नेगेटिभ रूपमा लिए तर अहिले सबैले बुझेका छन् ।

    अब कुनै पनि हालतमा अक्सिजन प्लान्ट वा ट्याङ्क नभएका अस्पतालहरूलाई उपचारका लागि अनुमति दिनुहुँदैन । अस्पतालमा अक्सिजन छैन भनेर बिरामीलाई सिलिन्डर ल्याऊ भन्नु हुँदैन । अक्सिजन सिलिन्डर बिरामीलाई नै बोकेर अस्पताल ल्याउन भन्न हामी कति उत्तरदायी भयौँ ? अब फेरि हामी उत्तरदायी भएर काम गर्ने ? दोस्रो महामारीको अवस्थाबाट पाठ सिकेर अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑