• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘केपी, झलनाथ र माधव तीनै जना अवसरवादी हुन्’

  • वीरगंज संजाल
  • १५ श्रावण २०७८, शुक्रबार ०८:५९
  • २९१७

    वीरगन्ज । झण्डै दुई तिहाइको नेकपा एमाले अर्थात् कम्युनिस्ट नेतृत्वको सरकार अहिले सत्ताबाट बाहिरिएको छ । एमालेभित्रको आन्तरिक कलहकै कारण नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पाएको छ । यतिबेला एकीकृत कम्युनिस्ट पार्टीको बहस पनि चल्न थालेको छ । यी लगायत देशको समसामयिक विषयमा केन्द्रित रहेर रामेश्वर सापकोटाले वरिष्ठ राजनीतिज्ञ, पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश :

    एमालेभित्रको आन्तरिक कलहका कारण झण्डै दुई तिहाइको कम्युनिस्ट सरकार सत्ताबाट बाहिरिएको छ, यसको अन्तर्य खास के हो ?
    यो प्रक्रिया नै दुःखद छ । विगतका कुरा गर्दा धेरै लामो हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले जनअपेक्षाअनुरूप काम नगर्नु, कोरोना महामारीलाई सामना गर्नुको सट्टा सत्तामा बसिरहन विभिन्न गलत काम गर्नु र दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्नु अनि पार्टीको आन्तरिक कलहलाई समाधान गर्न नसक्दा एमाले सरकारबाट बाहिरिनु पर्‍यो ।

    तपाईंहरूले ज्यान हत्केलामा राखेर अहिलेको एमाले निर्माण गर्नुभयो । एमालेभित्रको पछिल्लो किचलो हेर्दा, सम्झिँदा पीडा हुँदैन ?
    अवश्य नै दुःख लाग्छ । एमाले अचानक यस्तो भएको होइन । २०३९ देखि नै एमालेमा गलत कार्यप्रणाली बस्यो । गुटबन्दी, निषेधको राजनीति, सत्ता लोलुपता र राष्ट्रहितलाई घात गरेर सत्ता जोगाउनुपर्छ भन्ने व्यक्तिगत स्वार्थ र प्रवृत्ति हावी भयो जसले गर्दा यो अवस्थामा आइपुग्यो । म एमालेमा हुँदा पनि यसको सिकार भएँ । नेपाली कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रिय स्तरमै बदनाम गर्ने काम भएको छ ।

    तपाईंले केपी ओली, झलनाथ खनाल अनि माधव नेपालसँग लामो समयसम्म काम गर्नुभयो । यी तीन नेता कस्ता प्रवृत्तिका हुन् ?
    उनीहरू सबै अवसरवादी हुन् । विधि र पद्धति नमान्ने हुन् । कार्यपद्धति र कम्युनिस्ट आचरण छोडे । उनीहरूसँग संख्या छ । पार्टीभित्र चोर, डाँका, फटाहा भित्रिएका छन् ।

    बेला–बेलामा नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा उठ्छ के त्यो सम्भव छ त ? त्यो सम्भव छ । आज नभए पनि एकदिन एउटै कम्युनिस्ट पार्टी अवश्य बन्छ । तर त्यसका लागि माक्र्सवादको नेपालमुखी प्रयोगको आधारमा मात्रै सम्भव हुन्छ । अहिलेका कम्युनिस्ट विदेशमुखी भए । माओवादी पनि भारतकै लालनपालनमा हुर्किएको थियो ।

    तपाईंको पार्टी नेकपा मालेको हालत के छ अहिले ?
    देशमा अचाक्ली विदेशी हस्तक्षेप बढेको छ । त्यसबाट मुलुकलाई जोगाउन सबै देशभक्त र लोकतन्त्रवादी लाग्नुपर्छ । एजेण्डाका आधारमा सबै देशभक्तहरूलाई एकीकृत गरेर वैकल्पिक शक्ति बनाउने कार्यनीतिमा हामी लागेका छौँ । मेरो दुर्घटना र कोरोनाका कारण भनेजस्तै काम हुन सकेको छैन । तर हामी लागिरहेका छौँ ।

    अहिलेको सरकारमा कांग्रेस र कम्युनिस्ट गठबन्धन छ, विगतमा पनि यस्तो भएकै हो तर टिकाउ भएन । अहिलेको यो गठबन्धन कत्तिको टिकाउ होला ?
    २०७२ को संविधानको धेरै पक्षमा जनताले आलोचना गरेका छन् । शासकीय स्वरूप, चुनाव प्रणालीलगायतका विषय छन् । यो गठबन्धन जनताको त्यो आवाज दबाउने गरी बाह्य शक्तिको (इन्डो–वेस्ट) आडमा बनेको हो । यो गठबन्धन धेरै समय जाँदैन ।

    ओलीले पनि पछिल्लो समय भारतमुखी राजनीतिलाई अघि बढाए । सत्ताका लागि तल्लो स्तरमा उत्रेर काम गरे । ओली पनि देशभक्त र राष्ट्रवादी होइनन् । सत्तामुखी हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑