• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीमा बढे बलात्कार र हत्या

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार १३:३२
  • २६८५

    वीरगन्ज ।बलात्कारका घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटैकोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता अपराधको ग्राफ भने कोरोना महामारीबीच पनि उच्च रहेको प्रहरी तथ्यांकले देखाएको छ ।

    आर्थिक वर्ष ०७७/७८ मा समग्र अपराध ४.२४ प्रतिशतले घटेको छ । तर, कर्तव्य ज्यान २५.५९, जबर्जस्ती करणी १८.१९, लागुऔषध ४.४४ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा ६ सय ९७ जनाको हत्या भएको छ अघिल्लो वर्ष पाँच सय ५५ जनाको हत्या भएको थियो । त्यस्तै, गत वर्ष बलात्कारका दुई हजार पाँच सय ३४ तथा बलात्कार प्रयासका सात सय ३५ घटना प्रहरीमा दर्ता भएका छन् । अघिल्लो वर्ष बलात्कारका दुई हजार एक सय ४४ तथा बलात्कार प्रयासमा ६ सय ८७ घटना दर्ता भएका थिए । जसअनुसार दैनिक औसतमा सातजना बलात्कारमा पर्ने गरेका छन् ।

    बलात्कारका घटनामा ८२.२० प्रतिशत चिनजानका व्यक्तिबाट हुने गरेको प्रहरी तथ्यांक छ । ‘३०.९८ प्रतिशत छिमेकीबाट हुने गरेको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पत्रकार सम्मेलनमा भने, ‘९.८८ प्रतिशत हाडनाता करणी छन् ।’ अर्काे डरलाग्दो तथ्यांक के छ भने बलात्कारका घटनामा ६५.२२ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिका छन् । त्यसमा पनि ११.९८ प्रतिशत १० वर्षभन्दा कम उमेरका छन् । ६० वर्षभन्दा माथिका महिलासमेत बलात्कारका घटनामा पीडित हुने गरेका छन् । पीडितमध्ये १.४८ प्रतिशत ६० वर्षभन्दा माथि उमेरका छन् । घरेलु हिंसाका घटना पनि ११ हजार सात सय ३८ बाट बढेर १४ हजार दुई सय ३२ अर्थात् २१.२४ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्षका करिब चार महिना त लकडाउन नै थियो । तर, त्यसका बाबजुत पनि यस्ता अपराध बढ्नुले चुनौती बढेको प्रहरी अधिकारीहरू बताउँछन् । मानव बेचबिखन, चोरी, बैंकिङ कसुर, साइबर अपराध, संगठित अपराधजस्ता अपराध भने घटेको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए । एक वर्षमा सात हजार फरार अभियुक्त पक्राउ

    अदालतले दोषी ठहर गरेर फरार रहेका अपराधीलाई पक्राउ गर्ने नेपाल प्रहरीको अभियानले सफलता पाएको छ । आर्थिक वर्ष ०७७/७८ मा अघिल्लो वर्षमा भन्दा दुई सय १६ प्रतिशत धेरै पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७७ को साउनदेखि ०७८ को असारसम्म सात हजार तीन सय ९० जना फरार अभियुक्त पक्राउ परेका छन् । अघिल्लो वर्ष दुई हजार तीन सय ३२ जना पक्राउ परेका थिए । फैसला कार्यान्वयनको अभियानमा प्रहरीलाई अभूतपूर्व सफलता प्राप्त भएको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए ।

    गत वर्ष फरार अपराधीबाट प्रहरीले ४८ करोड ८९ लाख ७४ हजार राजस्व संकलन गरेको छ भने चार हजार २१ वर्ष आठ महिना कैदसमेत भुक्तान भएको छ । अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकालाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको प्रवक्ता कुँवरको भनाइ छ । गत आर्थिक वर्षमा लागुऔषध बरामद पनि बढेको छ । लागुऔषध मुद्दामा एक वर्षमा चार हजार ६ सय २६ जना पक्राउ परेका छन् । लागुऔषध बरामद पनि अघिल्लो वर्षभन्दा ५२ प्रतिशतले बढेको छ ।

    दैनिक १९ जनाले गर्छन् आत्महत्या आत्महत्यासम्बन्धी अपराध डरलाग्दो रूपमा बढ्दो छ । गत आर्थिक वर्षमा सात हजार एक सय १७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । जसअनुसार औसतमा दैनिक १९ जनाले आत्महत्या गर्दछन्, जुन अघिल्लो वर्षमा भन्दा १४.०४ प्रतिशत धेरै हो ।

    आर्थिक वर्ष ०७६/७७ मा ६ हजार दुई सय ४१ तथा ०७५/७६ मा पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए । आत्महत्याको संख्या हरेक वर्ष बढ्दै गएको एसएसपी कुँवर बताउँछन् । आत्महत्या बढ्नुमा कोभिड महामारीले उत्पन्न समस्या पनि एउटा कारण हुन सक्ने प्रहरी आकलन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑