• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड भ्याक्सिनलाई ‘पाउडर’का रुपमा ल्याउने तयारी, कत्तिको लाभदायक होला ?

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार ११:२६
  • २९८५

    बीबीसी । हाल कोभिड–१९ विरुद्ध सुरक्षा प्राप्त गर्न सबै मानिसलाई यसको खोप  लगाइराखिएको छ । तर, भविष्यमा तिनै भ्याक्सिनलाई औषधिको पिल चक्की, ‘पाउडर’ अथवा सासले निल्ने ‘इन्हेलर’का रुपमा पनि निर्माण गर्न सकिने देखिएको छ ।

    दक्षिण स्वीडेनको मेडिकोन भिलेजस्थित देशकै सबैभन्दा ठूलो साइन्स पार्ककी केमिकल विद् इन्जेमो एन्डरसनले सलाईको बट्टाभन्दा आधा सानो आकारको पातलो प्लास्टिकको इन्लेहर देखाउँछिन् । त्यो सानो उत्पादनले कोरोनाविरुद्धको विश्वव्यापी लडाईँमा ठूलो भूमिका खेल्न सक्नेमा उनको टोलीले विश्वास जनाइरहेको छ । मान्छेहरुले भविष्यमा सुई लगाउनुको सट्टा कोरोनाविरुद्धको ‘पाउडर’ औषधि घरैमा विभिन्न तरिकाले सेवन गर्न सक्ने उनी बताउँछिन् ।

    फर्मका प्रमुख जोहन वाबर्ग भन्छन्, “यो एकदम सहज हुनेछ र उत्पादन गर्न पनि धेरै सस्तो छ ।” सो फर्मले अरुबेलामा दमका बिरामीहरुका लागि इन्हेलर बनाउँदै आएको थियो ।

    यसमा माथिपट्टीको सानो प्लास्टिक स्लिप निकाल्नासाथै ‘भ्याक्सिन इन्हेलर’ सक्रिय हुन्छ जसपछि त्यसलाई मुखमा राखेर गहिरो सासले तानेर ‘इन्हेल’ अर्थात निल्न सकिनेछ ।

    कम्पनी आइकोनोभोले स्टकहोमस्थित इम्युनोलोजी रिसर्च स्र्टाट–अपसँग सहकार्य गरि कोभिड–१९ खोपको सुख्खा पाउडर निर्माण गरेको हो । यसले फाइजर मोडेर्ना, एस्ट्राजेनेका लगायत खोप जसरी आरएनए या डिएनए कोडबाट प्रोटिन निस्कासन नगरेर फरक तरिकाले कोभिड–१९ भाइरस प्रोटिन उत्पादन गरि प्रयोगमा ल्याउँछ जसले ४० डिग्रीसम्मको तापमान थेग्न सक्छ ।

    अहिलेका प्रमुख कोभिड खोपहरुहरुलाई स्टोर गर्ने तरिका जटिल मानिँदै आएको छ । विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका सबै खोपहरु तरल पदार्थको रुपमा छन् जसलाई बलियो सिसामा माइनस ७० डिग्रीको तापमानमा राखेपछि मात्र सामान्य फ्रिजमा स्टोर गर्न सकिन्छ । यसलाई ‘कोल्ड चेन’ भनिन्छ । त्यसो नगरेमा खोपले सबै प्रभावकारिता गुमाउँछ ।

    आईएसआरकी संस्थापक एवम् स्वीडेनको शिर्ष मेडिकल युनिभर्सिटीकी इम्युनोलोजी प्रोफेसर ओला विनकिस्ट भन्छिन्, “यसमा सबैभन्दा ठूलो लाभ भनेकै खोपलाई पाउडरका रुपमा वितरण गर्न कोल्ड चेन चाहिँदैन र स्वास्थ्यकर्मीको मद्दत बिना आफैँ सेवन गर्न सकिनेछ । यो वास्तवमै सहज तरिका हुनेछ ।”

    कम्पनीले हाल आफ्नो औषधिलाई दक्षिण अफ्रिकाको बेटा भेरियेन्ट र बेलायतको अल्फा भेरियेन्टविरुद्ध परीक्षण गरिरहेको छ । यो उत्पादन विशेषगरी खोप अभियानलाई गति दिनमा उपयोगी हुने उनीहरुको विश्वास छ । किनकी गर्मी मौसमयुक्त क्षेत्र, विजुलीको राम्रो सेवा नभएका जस्ता खोप वितरण र स्टोर गर्न चुनौतिमय मानिएका ठाउँहरुमा धेरै मद्दत पुग्नेछ ।

    हाल यो जनावरमा मात्र परीक्षण गरिएको छ तर आईएसआर र आइकोनोभोले आगामी दुई महिनाभित्रै मानव ट्रायल सुरु गर्न पर्याप्त कोष संकलन गरिसकेको बताएका छन् । मेडिकल समुदायले भने यस सम्बन्धी अहिले नै सकारात्मक धारणा व्यक्त गरिरहेको छ र पाउडरका रुपमा कोभिड खोप ल्याउन सफल भए यसले विश्वव्यापी कोरोना महामारी प्रतिक्रियामा पनि ठूलो क्रान्ति ल्याउने बताइरहेका छन् ।

    त्यस्तै अर्को कम्पनी जिकमले अहिलेको खोपको तरल पदार्थको प्रभावकारिता कम नगराइ त्यसलाई ‘एयर–ड्राइ’ अर्थात सुख्खा पार्ने प्रविधिमा काम गरिरहेको छ । यसको क्षमतालाई सिंगो डोज खोप उत्पादन गर्दै आएको जोन्सन एण्ड जोन्सन कम्पनीले परीक्षण एवम् अध्ययन गरिरहेको छ । भविष्यका कोभिड खोपको वितरण र प्रयोग सहज गराउने सम्भावना बोकेका प्रविधिबारे खोज गर्ने परियोजना अन्र्तगत यो रिसर्च गरिएको कम्पनीका प्रवक्ताले बताएका हुन् ।

    त्यस्तै खोपलाई पाउडरको रुप दिनुले सुईसँग डराउनेहरुलाई पनि फाइदा पुग्नेछ भने अर्कोतर्फ वातावरण अनुकूल पनि हुनेछ किनकी यसलाई स्टोर गर्न अत्याधिक ऊर्जा खपत् गर्ने फ्रिजरको आवश्यकता पर्नेछैन ।

    विश्वभरका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि व्यक्तिगत रुपमा सुरक्षित नहुने विज्ञ गोरान कोन्डरसन बताउँछन् । त्यसैले पनि महामारीलाई दुनियाँबाट पूर्ण रुपमा हटाउन यसविरुद्धको खोप कुनाकुनासम्म पुर्याउनुपर्ने हुन्छ ।

    अहिलेका लागि पाउडरमा आधारित कोभिडविरुद्धको खोप, विकासको सुरुवाती चरणमा छ र अझै विभिन्न परीक्षण र ठूलो स्तरमा उत्पादनको आवश्यकता पर्नेछ । तर, वैज्ञानिकहरु यसमा सफल हुने हो भने खोपको पहुँचमा ठूलो सुधार आउनेछ, कम फोहोर उत्पन्न हुनेछ अनि खोप कार्यक्रम सञ्चालनमा पनि धेरै कम खर्च लाग्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑