बीरगंज ।हात्तीको दाह्रासहित बाराको जितपुर सिमरा २१ अमलेखगञ्ज बजारबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको हात्तीको दाह्रा फेला परेपछि मोटरसाइकल चालक सहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत तीन जना रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा बरामद गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।