• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा दैनिक ५० जना कोभिडसँग मिल्दो जुल्दो संक्रमण देखियो

  • वीरगंज संजाल
  • १२ श्रावण २०७८, मंगलवार १७:३६
  • ३१६१

    वीरगञ्ज । दोस्रो लहर नसकदै अब वीरगञ्जमा कोभिडसँग मिल्दो जुल्दो संक्रमण इन्फ्लुएन्जा ए भएको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा केहि नमुना परीक्षण गराउँदा वीरगञ्जमा इन्फ्लुएन्जाको संक्रमण फैलिएको पुष्टी भएको हो ।नारायणी अस्पतालका डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्जबाट ५ जनाको स्वाब नमुना परीक्षण गराउँदा ४ जनामा इन्फ्लुएन्जा ए एचथ्री पोजेटिभ देखिएको जानकारी दिए ।

    वीरगञ्जबाट २१ वर्षका ३ जना महिला, २५ वर्षकी महिला र २७ वर्षीय पुरुषको स्वाब नमुना परीक्षणका लागि पठाईएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ नै आएको छ । संक्रमितहरु उपचारपछि अहिले ठिक भईसकेका छन् ।
    विश्व स्वास्थ्य संगठनका जनकपुर कार्यालयका प्रतिनीधिसँगको समन्वयमा पहिला कोभिड टेष्टका लागि लिएको स्वाब नमुना नै टेकु पठाईएको थियो ।’ उनले भने ‘ ५ जना मध्ये ४ जनामा इन्फ्लुएन्जा ए एचथ्री पोजेटिभ देखिएको छ ।’

    विश्व स्वास्थ्य संगठनको जनकपुर कार्यालयले धनुषाबाट समेत दुईवटा स्वाब नमुना परीक्षणका लागि पठाएका थिए । धनुषाबाट पठाईएको स्वावमा भने इन्फ्लुएन्जा बी भिक्टोरियाको संक्रमण देखिएको छ ।नमुना परीक्षण रिपोर्टबाट वीरगञ्जमा इन्फ्लुएन्जा ए एचथ्रीको संक्रमण फैलिसकेको अनुमान गर्न सकिने नारायणी अस्पतालका भाईरोलोजिष्ट डाक्टर प्रभाकर पाण्डे बताउँछन् ।

    ‘पहिला पनि विश्वमै इन्फ्लुएन्जाले महामारीको रुप लिईसकेको हो, अहिले वीरगञ्जमा ज्वरोे आउने, खोकी लाग्ने, कमजोरी हुने लक्षण देखिएका विरामीहरु अस्पतालमा आईरहेका छन्, पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आईरहेको छ ।’ उनले भने ‘ कोरोना जस्तै यो पनि स्वास प्रश्वाससँगै सम्बन्धित रोग हो, रोगसँग लड्ने क्षमता कमजोर भएकालाई बढी असर गर्छ ।’इन्फ्लुएन्जाबाट बच्नका लागि पनि भिडभाडमा कम जाने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने वा साबुन पानीले समय समयमा हात धुने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्नुपर्ने उनको भनाई छ ।

    ‘भाईरसहरू सम्पर्क, बूँद र फोमाइट्सबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन, कोरोना भाईरसको संक्रमणबाट बच्न अपनाउँदै आएका उपायहरु हतको स्वच्छता, राम्रो श्वासप्रश्वासको शिष्टाचार (खोक्दा वा हाँछ्यु गर्दा कुहिना, रुमाल वा टिस्युले छोपेर गर्ने, टिस्युलाई तत्काल सुरक्षित डिस्पोज गर्ने) नै महत्वपूर्ण छ ।’ उनले भने ‘इन्फ्लुएन्जासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकसँगको परामर्शमा औषधी सेवन गर्दा आउन सक्ने थप जोखिमबाट बच्न सकिन्छ ।’

    नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख एवं कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार दैनिक ५० को हाराहारीमा कोभिडसँग जुल्दो लक्षण देखिएका विरामी अस्पतालमा आउने गरेका छन् । नीजि क्लिनिकहरुमा उपचारका लागि आउने ३० प्रतिशत विरामीमा ज्वरो हुने गरेको छ ।

    ‘ ५ जनाको नमुना परीक्षण गराउँदा ४ जनामा इन्फ्लुएन्जा देखिएपछि अब थप स्वाब नमुना संकलन गर्ने सोच बनाएका छौं ।’ डाक्टर सिंहले भने ‘ वीरगञ्जमा कोरोना परीक्षण गर्ने र इन्फ्लुएन्जा लगायत थप अन्य परीक्षण गर्नका लागि नमुना बाहिर पठाउँछौं ।’नेपालमा इन्फ्लूएन्जाका लागि चिकित्सकले प्रभावकारी एन्टीभाईरल औषधीहरु चलाउने गरेका छन्, तर यस विरुद्ध खोपहरू पनि उपलब्ध छन् ।

    स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का निर्देशक विजय कुमार झाले भने अहिले भाईरसबाट संक्रमण हुने विभिन्न ‘सिजनल फ्लु’ देखिने मौसम नै भएको बताए । ‘ अहिले सिजनल फ्लु बढेको छ, परीक्षण गराउँदा विभिन्न भाईरसको संक्रमणबाट लाग्ने रोगका संक्रमित भेटिन सक्न्छन् ।’ उनले भने ‘ दुई चारवटा केस आउँदैमा महामारी नै आएको मान्न हुँदैन, आउटब्रेक भएको हो वा होईन परीक्षण गर्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑