• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतका दुई राज्यका प्रहरीले किन एक अर्कामाथि गोली बर्साए ?

  • वीरगंज संजाल
  • १२ श्रावण २०७८, मंगलवार १५:०६
  • ७४०९

    वीरगन्ज । गत आइतबार भारतको दुई राज्यका मुख्यमन्त्री सामाजिक सञ्जालमा एक आपसमा भिडे । मिजोरमका मुख्यमन्त्री जोरामथांगा र असमका मुख्यमन्त्री हिम्मत विश्व सरमा एक आपसमा आरोपप्रत्यारोप गरिरहेका थिए । सायद भारतीय इतिहासमा पहिलोपटक दुई छिमेकी राज्यका मुख्यमन्त्रीबीच यस्तो स्थिति देखिएको पहिलो पटक थियो ।

    तर, सामाजिक सञ्जालमा जुन कुरा देखिएको थिएन, त्यो कुरा केही घण्टापछि बाहिर आयो । हिंस्रक झडपमा असम प्रहरीका पाँच जवानको मृत्यु भयो । दुई राज्यका प्रहरी आमनेसामने भएपछि झडपको स्थिति पैदा भएको थियो । भारतीय इतिहासमा यस्तो स्थिति कहिले पनि भएको थिएन ।

    दुवै राज्यका मुख्यमन्त्री केन्द्रीय गृहमन्त्री अमित शाहसँग गुहार लगाउँदै सामाजिक सञ्जालमा देखिए । जबकि यस घटनाको एक दिनअघि मात्र शाहलेले शिलोंगमा सात राज्यका मुख्यमन्त्रीहरूसँग भेट गरेका थिए । यस बैठकमा दुई राज्यको सीमाको विवादको विषय पनि एक मुद्दा थियो ।

    मिजोरम सरकारका मुख्यमन्त्रीले आफ्नो बयानमा घटनालाई दुःखद बताउँदै आइतबार साढे ११ बजे कछाल जिल्लाको वैरङ्गते अटो रिक्सा स्ट्यान्ड नजिक बनेको सीआरपीएफ पोस्टमा असमका २ सयभन्दा बढी प्रहरी पुगेर मिजोरमका प्रहरी र स्थानीयमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरीले बल प्रयोग गरेपछि त्यहाँ जम्मा भएका स्थानीयमाथि लाठी चार्ज गर्‍यो र टियर ग्यासको प्रयोग गर्‍यो जसमा कयौँ घाइते पनि भए ।

    असम प्रहरीले ग्रिनेड फ्याँकेर फायरिङ सुरु गरेपछि अपराह्न चार बजेर ५० मिनेटमा मिजोरम प्रहरीले पनि फायरिङ गरेको थियो । मिजोरमका मुख्यमन्त्री जोरामथांगाले जब कोलासिब जिल्लाका प्रहरी अधीषक असम प्रहरी अधिकारीहरूसँग छलफल गरिरहेका बेला फायरिङ गरिएको आरोप लगाए ।

    उता, असमका मुख्यमन्त्री हिम्मत बिस्व सरमाले मिजोरम सरकारले आफ्नो लैलापुर जिल्लामा सडक बनाउन सुरु गरेपछि विवाद सुरु भएको बताए । स्थिति सामान्य बनाउन २६ जुलाईमा प्रहरीका आईजी, डीआईजी र प्रहरी अधीक्षक त्यहाँ छलफल गर्न पुगेको उनको भनाइ छ । उनका अनुसार असमका प्रहरीमाथि मिजोरमका स्थानीयले ढुंगामुढा गरेका थिए जसलाई मिजोरम प्रहरीले साथ दिएका थिए ।

    उता, अधिकारीहरू बीच छलफल चलिरहँदा मिजोरमका प्रहरीले गोली चलाउन थालेपछि असम प्रहरीका ६ जना जवानको मृत्यु भएको र कछार जिल्लाका प्रहरी अधीक्षकसहित ५० जना घाइते भएको उनको आरोप छ ।

    असम र मिजोरमबीचको सीमा विवाद औपनिवेशिक कालदेखि जारी छ । सन् १९७२ सम्म मिजोरम असमको हिस्सा थियो । यो लुशाई हिल्स नामको असमको एक जिल्लाको रूपमा रहेको थियो जसको मुख्यालय आइजाेल थियो । असम–मिजोरमको विवाद सन् १८७५ को एक अधिसूचनापछि सुरु भएको हो जसले लुशाई पहाडको कछारको मैदानी क्षेत्रलाई अलग गर्दछ ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑