• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    आईफोन १२ नै किन्ने कि आईफोन १३ लाई पर्खने ?

  • वीरगंज संजाल
  • ११ श्रावण २०७८, सोमबार १०:४२
  • २६९३

    बिरगंज। गत वर्ष मात्रै एप्पलले आईफोन १२ सार्वजनिक गरेको थियो र यही सेप्टेम्बरमा आईफोन १३ (अपेक्षित नाम) पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    केही महिनाभित्रै आईफोनको नयाँ फोन आउने भएपछि धेरै आईफोन मन पराउने प्रयोगकर्तालाई आईफोन १२ किन्ने अथवा आईफोन १३ लाई पर्खने भन्ने दुविधा बढेको छ ।

    हुन त आफ्नो आवश्यकता र इच्छाअनुसार आईफोन १२ किन्ने वा नयाँलाई कुर्ने भन्ने टुंगो लगाउन सकिन्छ । यद्यपि नयाँ आएको एक वर्ष नबित्दै अर्को नयाँ फोन बजारमा आउने घोषणाले प्रयोगकर्तालाई दुविधामा राखेको छ ।

    यदि तपाईं पनि दुविधामा हुनुहन्छ भने तल उल्लेखित विश्लेषणहरूले तपाईंलाई आफ्नो निर्णय गर्न सहज हुन सक्छ ।

    पुरानो आईफोन बोकिरहनु भएको छ ?
    नयाँ फोन किन्नुको अर्थ हो, तपाईंले अहिले बोकिरहनु भएको फोन फिचरदेखि लिएर अन्य कुराहरूमा पुरानो हुनु । यदि तपाईं अहिले आईफोन ११ चलाइरहनु भएको छ भने तपाईंले अब अपग्रेड गर्ने बेला भइसकेको छ ।

    तर यसको अर्थ आईफोन १२ नै लिनुपर्छ भन्ने चाहिँ होइन । यदि तपाईं सेप्टेम्बरसम्म कुर्न सक्नुहुन्छ भने आईफोन १२ लाई भुलेर आईफोन १३ नै लिनु तपाईंको लागि फलदायी हुनसक्छ ।

    आईफोन १३ र आईफोन १२ का फिचरहरूमा खासै ठूलो भिन्नता नभएका कारण आईफोन १३ लिँदा तपाईंलाई थप फाइदा भने हुनसक्छ ।

    तर यदि तपाईं आईफोन एक्स सिरिचको फोन चलाइरहनु भएको छ भने तपाईंका लागि ए१४ बायोनिक सीपीयु र ओएलईडी सहितको आईफोन १२ मा अपग्रेड हुनु लाभदायी हुनसक्छ ।

    यति मात्र होइन, यदि तपाईंले बोकिरहनु भएको आईफोनको स्क्रिन फुटेको छ, ब्याट्रीमा समस्या छ र अन्य केही समस्याहरू छन् भने तपाईंले आईफोन १२ किन्नु फाइदाजनक हुन सक्छ ।

    फाइभजीको आवश्यकता
    वायरलेस फाइभजीको उपलब्धता सहज नभइसकेको अवस्थामा हाललाई फाइभजी सपोर्ट गर्ने फोनको रुपमा बजारमा आएको आईफोन १२ हो ।

    त्यसैले यदि तपाईं फाइभजी मोबाइल नेटवर्क प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंको लागि आईफोन १२ ठीक हुन सक्छ । तर आईफोन १३ मा पनि फाइभजी उपलब्धता हुने जनाइएको कारण अहिलेलाई आईफोन १३ कुर्नु पनि गलत हुने छैन ।

    आईफोन १२ को सेरामिक सिल्ड डिस्प्ले
    आईफोन १२ को सबैभन्दा राम्रो पक्ष भनेको यसको सेरामिक सिल्ड डिस्प्ले हो, जुन मेटलको कभरभन्दा पनि सुरक्षित छ । यदि तपाईंको हातमा मोबाइल टिक्दैन र बारम्बार खसिरहन्छ अनि तपाईंसँग सेप्टेम्बरसम्म कुर्ने समय छैन भने तपाईं आईफोन १२ तिर लाग्न सक्नुहुन्छ ।

    तर आईफोन १३ पनि सेरामिक सिल्डसहित सार्वजनिक हुनसक्छ । यसको लागि भने तपाईंले सेप्टेम्बरसम्म कुर्नुपर्ने हुन्छ ।

    नयाँ फिचरहरू
    आईफोन १२ सार्वजनिक भएको एक वर्ष पनि नबित्दै एप्पलले आईफोन १३ सार्वजनिक गर्दैछ भने पक्कै पनि १२ भन्दा १३ मा नयाँ फिचरहरू थपिएर आउँदैछ ।

    यदि बजारमा अहिले चलिरहेको हल्ला साँचो हो भने आईफोन १३ १२० हर्जको डिस्प्ले सहित आउनेछ जबकी आईफोन १२ मा मात्र ६० हर्जको डिस्प्ले रहेको छ ।

    त्यस्तै हरेक वर्ष झैँ यो पटक पनि एप्पलले आईफोन १३ को क्यामेरा केही परिमार्जन गर्नेछ । यसको अर्थ हो आईफोन १३ पर्खनु फाइदाजनक हुनेछ ।

    मूल्य
    आफ्नो आवश्यकता र फोनको फिचरसँगै मोबाइल खरिद गर्ने कुरामा मूल्यले धेरै फरक पार्छ । आईफोन १३ अहिले बहुप्रतिक्षित फोन बन्दै गइरहेको छ

    कसैले पनि अनुमान लगाउन सकेका छैनन् कि यसको मूल्य कति हुनेछ भनेर र साथै यसमा आउने नयाँ फिचरहरूको बारेमा पनि केहि सार्वजनिक भइसकेको छैन ।

    आईफोन १३ बजारमा आउने वित्तिकै आईफोन १२ को मूल्य घट्ने निश्चित नै छ । यस्तोमा यदि आईफोन १३ ले तपाईंको अपेक्षालाई पुरा गर्न सकेन भने आईफोन १२ नै खरिद गर्नु उचित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑