मुम्बई । बलिउड दबंग खान सलमान अहिले चर्चामा छन् । बलिउडका सुपरस्टारले अभिनेता सुनील सेट्टीकी छोरी आथियासँग माफी मागेपछि सलमान एकाएक चर्चामा आएका हुन् ।
अरबाज खानको च्याट सो ‘पिंच सीजन २’ मा अतिथि बनेर गएका सलमानले हात जोडेर अभिनेत्री आथिया सेट्टीसँग माफी मागेका हुन् । सलमानको यही कुरामा सुनिलको प्रतिक्रिया पनि बाहिरिएको छ । अभिनेता सुनील भन्छन्, “सलमान मेरो परिवार जस्तै हो । उसले जे पनि भित्र मनैदेखि भन्छ । उनले स्क्रिनमा आथियालाई सरी भन्नु निकै राम्रो कुरा हो ।”
खासमा सलमानले आथियासँग माफि माग्नुको कारण सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई फलो नगर्नु हो । सोमा अरबाजले तपाईं कुन अभिनेत्रीलाई सामाजिक सञ्जालमा फलो गर्नुहुन्न भन्दै प्रश्न गरेका थिए । साथै अरबाजले कट्रिना, आथिया र संगीता गी तीन जनाको नाम पनि लिएका थिए । जसमा उनले अथियाको नाम लिन्छन् । उनको नाम लिने बित्तिकै सलमानले क्यामेरामा हेर्दै हात जोड्दै भन्छन्, “सरी आथिया, म अब तपाईंलाई फलो गर्नेछु । युट्युबमा ११७ मिलियन फलोअर्स भएका सलमानले मात्रै २५ जनालाई फलो गरेका छन् । नवभारत टाइम्सबाट