• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशकपछि चिनियाँ राष्ट्रपति सीको ल्हासा भ्रमण : बेइजिङको प्राथमिकतामा पर्दा नेपाललाई के फाइदा?

  • वीरगंज संजाल
  • ८ श्रावण २०७८, शुक्रबार १५:३५
  • ५३४९

    चीन । चिनियाँ राष्ट्रपति सि चिनफिङ चीनको सत्ता सम्हालेको दशकपछि चिनियाँ स्वाशासित क्षेत्र तिब्बत पुगेका छन्। बुधवार राष्ट्रपति सी तिब्बत पुगेसँगै उनले त्यहाँ विकास निर्माणको अवस्थाबारे जानकारी लिएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव समेत रहेका सीले त्यहाँको दक्षिण पश्चिम शहर नियाङचीको भ्रमण गरे। बुधवार त्यहाँको माइनलिङ विमानस्थलमा अवतरण गर्दा उनलाई स्थानीयले भव्य स्वागत गरेका थिए।

    त्यसपछि उनी त्यहाँको नियाङ नदीमाथि बनेको पुलको हुँदै यार्लुङ जाङ्बो नदी तटीय क्षेत्रमा पर्यावरण संरक्षण कार्यक्रमको अवलोकन गरे।

    बुधवार त्यहाँको स्थानीय सिटी प्लानिङ हल, स्थानीय गाउँको अवलोकन गर्दै ग्रामिण विकासको कार्यक्रमका बारेमा जानकारी लिए।

    बिहीवार राष्ट्रपति सीले नियाङ्ची रेल वे स्टेसनमा पुगेर सिचुवान तिब्बत रेलमार्ग र ल्हासा-नियाङ्ची रेलमार्गको खण्डको अवलोकन गरे। उनी त्यहाँबाट रेलमार्फत् ल्हासा पुगे। त्यसबिच उनले रेलमार्गको निर्माणको अवलोकन गरेका थिए। यो रेलमार्ग गत महिनामात्र सञ्चालनमा आएको हो। नियाङ्चीलाई ल्हासासँग जोड्ने रेलमार्ग तिब्बतकै पहिलो विद्युतीय रेल हो।

    तिब्बत स्वाशासित क्षेत्र स्थापनाको ७० औं वर्ष

    एक दशकपछि तिब्बत फर्केका चिनियाँ राष्ट्रपति सीलाई ल्हासामा बिहीवार भव्य स्वागत गरियो। स्थानीय भाषामा ‘तासी दलेक’ भन्दै स्वागत गरेका उनीहरुले आफ्नो सुन्दर भविष्यप्रति विश्वास रहेको बताएका थिए। चिनियाँ सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोमा राष्ट्रपति सीलाई तिब्बतकै स्वीट्जरल्याण्ड भनेर चिनिने नियाङ्चीमा भव्य स्वागत भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

    ‘भविष्यमा तिब्बतका सबै समुदायहरु खुशीयाली जीवनको दिशामा अगाडि बढ्ने छन्। म तपाईँहरू जस्तै विश्वस्त छु,’ सम्बोधनका क्रममा राष्ट्रपति सीले भनेका छन्।

    सी तत्कालीन उपराष्ट्रपतिको हैसियतमा जुलाई १८ २०११ मा तिब्बत पुगेका थिए। त्यतिबेला पनि उनले अहिलेजस्तै तिब्बतको ६० औं वार्षिकोत्सव मनाउन बेइजिङको प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए। १० वर्ष पछि ७० ‍औं वार्षिकोत्सव मनाउन सी राष्ट्रपतिको हैसियतमा बेइजिङको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुगेका हुन्।

    १० वर्ष अगाडि उनले तिब्बतमा पृथकतावादीविरुद्ध लड्न भनेका थिए। अहिले बेइजिङ तिब्बतमा पृथकतावादीहरुसँग लड्दै विकास निर्माणका ठूला परियोजनाहरुमा काम गरिरहेको छ।

    गत अगस्टमा तिब्बत मामिलामा भएको उच्चस्तरीय बैठकले त्यहाँका सरकार प्रतिनिधि, सैन्य अधिकारीहरुलाई सीमा सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्न निर्देशन दिएका थिए।

    भारतसँग लामो सीमाले जोडिएको तिब्बतमा सीमा सुरक्षा चीनको पहिलो प्राथमिकतामा पर्ने गर्दछ। सो बैठकको दुई महिना पछि सीनो-इन्डिया बोर्डरमा हिंसात्मक झडप हुँदा ४५ वर्ष यता पहिलो पटक बन्दुक पड्किएको थियो।

    चिनियाँ राष्ट्रपति सीको यो दोस्रो भ्रमण आन्तरिक मुद्दाहरुमा केन्द्रित रहेको विश्लेषकहरुको भनाइ छ जसमा त्यहाँको स्थायित्वलाई बढाउँदै विकासको लक्ष्य हासिल गर्नु हो।

    त्यहाँका बौद्धमार्गीलाई चिनियाँ विशेषतासहितको समाजवादको अंगिकार गराउने गरी राजनीतिक तथा सैद्धान्तिक शिक्षामा जोड दिइँदै आएको हङ्कङको तियान्डा इन्स्टिच्युटक उपनिर्देशक जुनफेइ वुले बताए। यस भ्रमणमा सीले त्यहाँका स्थानीयको विकास, रोजगारी, आर्थिक वृद्धिका विषयमा प्रतिवद्धता व्यक्त गर्ने उनको भनाइ थियो।

    त्यतिमात्र नभई जलवायु परिवर्तन अर्को मुद्दा हुनेछ- सीको। शुक्रवार सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको भिडियोमा राष्ट्रपति सी त्यहाँको एक परम्परागत कपडा पसल अगाडि हिँडिरहेको देखियो जुन त्यहाँको जोखाङ मन्दिर नजिकै छ। उनको साथमा तिब्बतका सीपीसी प्रमुख वु यिन्कजिय पनि देखिएका थिए।

    सी तिब्बत पुग्नु अगाडि छिमेकी प्रान्त सिचुआन प्रान्तमा ओर्लिएका थिए।

    प्राथमिकतामा तिब्बत

    पछिल्लो समय तिब्बत बेइजिङको प्राथमिकतामा पर्दै आएको छ। २००८ देखि चीनले तिब्बतमा ठूलो लगानी गर्दै आएको छ। पछिल्लो पञ्च वर्षीय योजनामा पनि तिब्बतलाई प्राथमिकतामा राखेर लगानीको घोषणा गरेको छ। १४ औं पञ्चवर्षीय योजना (२०२१-२०२५) मा तिब्बतलाई दक्षिण एसियासँग सडक मार्गमार्फत् जोड्ने योजना राखिएको छ।

    पञ्चवर्षीय योजनामा चीनले तिब्बतमा यातायात पूर्वाधार योजनाका १९० बिलियन युआन (२९.३ बिलियन अमेरिकी डलर) बराबरको लगानी गर्न लागेको छ।

    यो रकम तिब्बतमा नयाँ एक्सप्रेस वे, राजमार्गहरुको स्तरोन्नती र ग्रामीण इलाका सडकको सुधारका लागि प्रयोग हुने जनाएको छ। २०२५ सम्म तिब्बतमा एक लाख २० हजार किलोमिटर सडक बिस्तार हुने बताइएको छ जसमध्ये एक हजार ३०० किलोमिटर एक्सप्रेस वे हुने छ।

    २०२५ सम्म बृहत यातायात प्रणालीको विकास सँगै हरित मार्गको पनि विकास गर्ने बताइएको छ। १३ औं पञ्चवर्षीय योजनामा तिब्बत सरकारले सडकमा उल्लेख्य उपलब्धी हासिल गरेको छ। २०२० सम्म तिब्‍बतमा एक लाख १८ हजार ८८० किलोमिटर सडक सञ्जाल बिस्तार भइसकेको सिन्ह्वाले जनाएको छ। जुन २०१५ भन्दा ५० प्रतिशतले बढी हो।

    पञ्च वर्षीय योजनामा तिब्ततमा दक्षिण एसियालाई जोड्ने पासेज वे विकासका लागि सहयोग गर्ने बताइएको छ। शुक्रवार सार्वजनिक योजना अनुसार २०३५ सम्मको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास र दीर्घकालीन उद्देश्यका लागि पासेज वेको परिकल्पना गरिएको छ।

    त्यस्तै, जुलाईदेखि तिब्बतमा बुलेट ट्रेन सञ्चालनमा आएको छ। यससँगै चीनका सबै प्रान्त हाइ स्पिड ट्रेनले जोडिएको छ।

    सन् २०१४ ल्हासालाई पूर्वी तिब्बतको नियाङ्चीसँग जोड्ने गरी रेलमार्ग निर्माण थालिएको थियो। यो तिब्बतको पहिलो इलेक्ट्रिफाइड रेलरोड हो।

    चीनले आफ्नो पञ्चवर्षीय योजना मार्फत् तिब्बतलाई दक्षिण एसियाको बजारसँग जोड्ने योजना अगाडि सार्दा नेपालले त्यसबाट फाइदा लिन सक्ने विश्लेषकहरु बताउँछन्। तिब्बत नेपाल रेलवे सेवा यसअघिदेखि नै चर्चामा रहँदै आएको विषय हो। त्यसैले तिब्बतमा जति रफ्तारमा यसको सेवा विस्तार हुन्छ त्यति नै नेपालसहित दक्षिण एसियामा त्यसको प्रभाव पर्ने हुन्छ।

    चिनियाँ चासो र चिन्ताको विषय ‘स्वतन्त्र तिब्बत तत्व’को रुपमा रहेको छ। विशेष गरी भारतमा रहेका तिब्बती समूदायहरुलाई ‘स्वतन्त्र तिब्बत’को नाममा केही तत्वहरुले भड्काउन सक्ने चिन्ता बेइजिङको छ।

    अमेरिकी ‘तिब्बत सपोर्ट एक्ट’ले भारत र नेपाललगायतका देशमा रहेका तिब्बती समुदायमा बेइजिङ विरोधी भावना जागृत गराउन लगानी बढाएकोप्रति चीन सतर्क रहँदै आएको छ। यस्तोमा उनीहरुको चिन्ता नेपाल लगायतका भूमिबाट तिब्बत विरोधी गतिविधि नहुन भन्ने पनि हो।

    तिब्बती धर्मगुरु छनोटको विषय पनि चिनियाँ चासोको रुपमा रहँदै आएको छ। गत वर्ष बेइजिङले कियाइनचाइन नोर्बुलाई आधिकारिक रुपमा ‘पञ्चम लामा’ मनोनित गरेको छ जुन चिनियाँ धार्मिक आस्थामा दोस्रो ठूलो पद हो।

    चिनियाँ चासो भने दलाई लामामा अडिएको छ। निर्वासित दलाइ लामा स्वतन्त्र तिब्बतको नारासहित विश्वव्यापी रुपमा समर्थन जुटाइरहेका छन्। पश्चिमा मुलुकहरुले उनलाई समर्थन गरिरहेको छ। ८५ वर्ष नाघिसकेका दलाई लामाको उत्तराधिकारी छनोटमा चीनले सहभागिता चाहेको छ। यसलाई पश्चिमाहरुले अस्वीकार गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑