• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जहाँ भाडामा पाइन्छ मोबाइल फोन, महिनाको ३२ सयमा आईफोन १२

  • वीरगंज संजाल
  • ४ श्रावण २०७८, सोमबार ०७:४२
  • ३६२५

    वीरगंज | राम्रा र प्रिमियम स्मार्टफोनहरू नयाँ प्रविधिसँगै झन्‌झन् महंगा हुँदै गएका छन् ।  अझ पछिल्ला मोडेलहरू त प्रायः लाख रुपैयाँ माथिका हुने गर्छन् ।उच्च मूल्य हुँदा समेत धेरै प्रयोगकर्ताहरूले दुई वर्षजति चलाएपछि आफ्नो मोबाइल त्याग्ने र नयाँ मोडलमा सिफ्ट हुने गरिरहेका हुन्छन् । छिटो छिटो मोबाइल परिवर्तन गर्ने कार्य व्यक्तिहरूको गोजी रित्याउने मात्रै नभएर पृथ्वीकै निम्ति नराम्रो बनिरहेको छ ।

    फोनका ब्याट्रीमा हुने हानीकारक तत्व वातावरणमा मिसिदा त्यसले निम्त्याउने जोखिम पनि उत्तिकै घातक हुन्छ । यस किसिमको समस्याको समाधानमा एउटा नयाँ तरिका फेला परेको छ ।

    जसमा उपभोक्तालाई मोबाइल खरिद गर्नुको साटो भाडामा लिने विकल्प दिइन्छ । अहिले विश्वमा यस्ता धेरै कम्पनीहरू छन्, जसले यस किसिमको सेवा दिइरहेका छन् । नेपालका लागि यो विषय अनौठो भए पनि सिङ्गापुर, अस्ट्रेलिया, अमेरिका, बेलायत जस्ता देशमा दूरसञ्चार कम्पनीहरूले नै यस किसिमको अफर दिइरहेका हुन्छन् ।

    पछिल्लो समय यसमा बेलायतको रेलो नामक स्टार्टअपले हालै अक्टोपस भेन्चर्सबाट लगानी समेत प्राप्त गरेको छ । यो कम्पनीले व्यक्तिहरूलाई १२ अथवा २४ महिनाको अवधिका लागि मोबाइल भाडामा लिने सुविधा दिन्छ । कम्पनीले दुई/दुई वर्षमा नयाँ मोबाइल खरिद गर्ने र नष्ट पार्ने कार्यबाट उत्पन्न हुने फोहोरलाई कम गर्न चाहेको कुरा बताउँदै आएको छ ।

    जसबाट प्रयोगकर्ताको वार्षिक हजारौं रूपैयाँ जोगिने कम्पनीको भनाई छ । उदाहरणको लागि ग्राहकले रेलोबाट महिनाको २२.९९ पाउण्ड अर्थात तीन हजार २३४ रूपैयाँमा आईफोन १२ भाडामा लिन पाउँछन् । यसका साथै कम्पनीले फोन लिजमा चलाउन पाउने सब्सक्रिप्सन मोडल समेत अपनाएको छ ।

    रेलोले यसरी गर्छ काम

    सब्सक्रिप्सन लिँदा ग्राहकले कम्पनीको वेबसाइटबाट नयाँ अथवा रिफर्बिश्ड मोडेलका फोन छान्न पाउँछन् । त्यसआधारमा तपाईंले १२ महिना वा २४ महिनाको अवधिका लागि मोबाइल भाडामा लिन पाउनुहुन्छ । कम्पनीले मोबाइल सेवाप्रदायकको भन्दा यो दर सस्तो रहेको बताएको छ ।

    रेलोले फोनहरू बिना सिमकार्ड उपलब्ध गराउँछ । त्यसैले भाडामा लिने व्यक्तिले आफूसँग रहेको सिमकार्ड प्रयोग गर्नुपर्ने हुन्छ अथवा नयाँ सिम खरिद गर्नुपर्ने हुन्छ । रेलोमा पछिल्लो समय प्रति महिना रिफर्बिश्ड आईफोन एक्सआर १३.९९ पाउण्ड र ब्राण्ड न्यु सामसङ ग्यालेक्सी एस २१ २७.९९ पाउण्डमा उपलब्ध छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑