• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

  • वीरगंज संजाल
  • ३ श्रावण २०७८, आईतवार ०४:०४
  • १७४५

    वीरगंज | महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए ।यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा हात्तीको बल थियो र उनले नर्मदा नदीको प्रवाहलाई समेत रोकिदिएका थिए ।तर भीममा यति धेरै शक्ति आयो कसरी ? अलिकति पृष्ठिभूमिमा जाऔं ।

    यदुवंशी राजा शूरसेनको पृथा नामक कन्या र वसुदेव नामक पुत्र थिए । कन्यालाई शूरसेनले आफ्नी फुपुको सन्तानहीन छोरो कुन्तीभोजलाई दिए । कुन्तीभोजले कन्याको नाम कुन्ती राखे । कुन्तीको विवाह पाण्डुसँग भयो ।कुन्तीले दुर्वासा ऋषिको सत्कार गरेर उहाँलाई खुशी तुल्याएपछि देवतालाई बोलाउने वरदान पाइन् । मन्त्रलाई जाँच्नका लागि उनले सूर्यदेवलाई आह्वान गरिन् । सूर्यदेव आए र उनलाई छोरा कर्ण प्राप्ति हुने वरदान दिए । अविवाहित कुन्तीले लोकलाजको भयले कर्णलाई खोलामा बगाइदिइन् ।

    पाण्डुले कुन्तीबाहेक माद्रीलाई पनि बिहे गरे । पछि उनलाई ऋषिको श्राप लागेर सहवास गर्दा मृत्यु हुने अवस्था आइलाग्यो ।यतिखेर कुन्तीको वरदान काम लाग्यो । कुन्तीले धर्मराजलाई आह्वान गरेर युधिष्ठिर जन्माइन् । त्यसैगरी वायुदेवको अंशबाट भीम, इन्द्रको अंशबाट अर्जुन र अश्विनीकुमारको अंशबाट माद्रीको गर्भमा नकुल र सहदेव उत्पन्न भए ।कौरव र पाण्डवहरूमा मतभेद थियो । एक योजनाअन्तर्गत दुर्योधनले धोकापूर्ण तरिकाले भीमलाई विष पिलाएर गंगा नदीमा फ्याँकेका थिए । मूर्च्छित अवस्थामा भीम बग्दै बग्दै नागलोक पुगे ।

    त्यहाँ विषालु नागहरूले भीमलाई खुबै डसे । नागले डस्दा भीमको शरीरमा भएको विषको असर घट्दै गयो ।विषको असर घट्दै गएपछि भीम बौरिए अनि नागहरूलाई धमाधम मार्न थाले । यो खबर नागराज वासुकिकहाँ पुग्यो र उनी स्वयं भीमकहाँ आइपुगे । वासुकिको साथी आर्यकले भीमलाई चिने ।आर्यक भीमका प्रपितामह थिए । भीमले आफूलाई धोका दिएर विष खुवाइएको र गंगामा बगाइएको कथा सुनाए ।त्यसपछि आर्यकले भीमलाई हजार हात्तीको बल दिने कुण्डहरूको पानी पिलाए । यसले गर्दा भीम अझै शक्तिशाली भए ।दुर्योधनको लाख प्रयासका बाबजुद पाण्डवहरू र विशेषगरी भीमलाई केही भएन । पछि महाभारतको युद्ध अन्त्य हुने बेलामा भीमले दुर्योधनको वध गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑