काठमाडौं । आन्तरिक वा वैदेशिक रोजगारीका क्षेत्रमा पछिल्लोपटक सकारात्मक सूचक देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यस क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि निरन्तर लागेसँगै सकारात्मक सूचक देखिएका हुन् ।
आन्तरिक रोजगारलाई प्राथमिकता दिन थालिएको छ भने वैदेशिक रोजगारी क्षेत्रका विकृति तथा विसङ्गति क्रमशः कम हुँदै गएका छन् ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारका सदस्य अब सरकारले उपलब्ध गराउने क्षर्तिपूर्तिबापतको रकमका लागि राजधानी आउनुपर्ने बाध्यताको अन्त्य गर्ने मन्त्री विष्टको यसअघिको घोषणा कार्यान्वयनमा आएको छ ।
पीडित परिवारले आ–आफ्नै स्थानीय तहमा निवेदन दिएका आधारमा उक्त रकम बैङ्कमार्फत प्राप्त गर्न सक्नेछन् । मन्त्री विष्टले भने, ‘यो व्यवस्थाले क्षतिपूर्ति रकमका लागि खर्च गरेर काठमाडौँ आउनुपर्ने झन्झटको अन्त्य भएको छ ।’
यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।