• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना बिमामा ६ अर्ब १६ करोड भुक्तानी बाँकी

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार ०८:०२
  • २८१७

    वीरगन्ज । सरकारबाट पैसा नआएको भन्दै कोरोना बिमाको भुक्तानी रोकेका बिमा कम्पनीहरूले बिमितलाई ६ अर्ब १६ करोड रुपैयाँ तिर्न बाँकी छ । यो यही असार २३ सम्म परेका दाबीमध्ये कम्पनीहरूले भुक्तानी गर्न बाँकी रकम हो ।सोही अवधिसम्म १० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ बराबरका १ लाख १४ हजार ६ सय ३३ वटा दाबी परेका छन् । तीमध्ये ४ अर्ब ८१ करोड ११ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

    करिब सवा ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बिमा समितिको तथ्यांक छ । भुक्तानी भइसकेको रकममध्ये ३ अर्ब ५० करोड रुपैयाँ बिमा पुलअन्तर्गत र १ अर्ब ३१ करोड रुपैयाँ बिमा कम्पनीले तिरेका हुन् । पुलमार्फत भएको भुक्तानीमा बिमा कम्पनी, बिमा समिति र पुनर्बिमा कम्पनीले योगदान गरेका हुन् ।

    कोरोना बिमामा सरकारले दिनुपर्ने रकम नआउँदा बिमितलाई भुक्तानी दिन नसकिएको बिमा कम्पनीहरूको भनाइ छ । ‘सरकारबाट पैसा नआएकाले भुक्तानीको काम भएको छैन,’ नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले भने, ‘बिमितलाई परेको मर्काबारे थाहा छ । तर कम्पनीले धेरै जोखिम लिन सक्ने कुरा पनि भएन ।’ कम्पनीले भुक्तानी रोकेपछि मापदण्ड पुगेका नयाँ–पुराना सबै बिमितले बिमा रकम पाएका छैनन् । संक्रमित भएपछि आफूले पाउनुपर्ने बिमा रकम नपाउँदा औषधोपचार गर्न अप्ठ्यारो भएको छ नै, बिमाप्रतिको विश्वास पनि गुमेको बिमितको गुनासो छ ।

    गत सातासम्म सरकारले कोरोना बिमा दाबी र कोरोना बिमा लेखमा दिनुपर्ने अनुदानबापत ७ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समितिको तथ्यांक छ । दाबी संख्या बढेअनुसार सरकारले दिनुपर्ने रकम पनि बढ्दै जान्छ । बिमा मापदण्डअनुसार सरकारले पनि कोरोना बिमाको दायित्व व्यहोर्ने प्रावधान छ । सोही प्रावधानअन्तर्गत सरकारले व्यहोर्नुपर्ने रकम भुक्तानीका लागि बिमा समितिमार्फत कम्पनीहरूले साढे ३ महिनाअघि (गत चैत दोस्रो साता) सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका छन् । समितिले गत चैत दोस्रो साता अर्थ मन्त्रालयलाई पत्र लेखेर उक्त रकम मागेको हो ।

    सरकारले उक्त रकम अझै दिएको छैन । नियामक निकाय बिमा समितिले अर्थ मन्त्रालयबाट पैसा आउने आश्वासन आएको बताएको छ । ‘यसबारे अर्थमन्त्री र अर्थ सचिवसँग कुरा भइरहेको छ । अब छिट्टै पैसा आउने आश्वासन पाएका छौं,’ बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘त्यो रकम आएपछि कम्पनीहरूले भुक्तानी सुरु गर्छन् ।’ यही असारभित्रै केही रकम दिने तयारी भएको अर्थसचिव शिशिर ढुंगानाले बताए । ‘यही आर्थिक वर्षभित्रै कम्पनीहरूलाई केही रकम भुक्तानी गर्छौं,’ उनले भने, ‘बाँकी रकम पनि विस्तारै पठाउँछौं ।’

    यही असार २३ सम्म १७ लाख ५८ हजार ३ सय ४३ कोरोना बिमालेख बिक्री भएका छन् । ती बिमालेखबाट कम्पनीहरूले १ अर्ब ५ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । कोरोना बिमा मापदण्डमा उल्लिखित व्यवस्थाअनुसार सरकारले व्यहोर्नुपर्ने दायित्वअन्तर्गतको रकम मागिएको हो । २०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच भएको सहमतिअनुसार कोरोना बिमामा परेका दाबीमध्ये १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा कम्पनीहरूले नै गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    News

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑