• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा यूट्यूब : चासो र चिन्ता

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार ११:३६
  • १८६१

    वीरगन्ज । इन्टरनेट प्रविधिमा आधारित यूट्यूबलाई ‘अनलाइन सेयरिङ प्लेटफर्म’ वा ‘भिडियो होस्टिड सेयरिङ सर्भिस’ भनिन्छ। यूट्यूब प्रिमियम, यूट्यूब म्युजिक, यूट्यूब टिभी, यूट्यूब किड्स यसका उत्पादनहरू हुन्। सन् २००५ फेब्रुअरी १४ मा चाद हर्ले, स्टेभ चेन र जावेद कारिमद्वारा स्थापित यूट्यूबलाई सन् २००६ मा गुगलले १.६५ बिलियन डलरमा किनेको थियो। क्यालिफोर्नियाको सान बरुनोमा कार्यालय रहेको यसले विश्वभर बजार बिस्तार गरिरहेको छ। विकीपिडियाका अनुसार संसारमा प्रत्येक दिन एक बिलियन घण्टा यूट्यूब भिडियो हेरिन्छ। यस्तै यूट्यूबरले प्रत्येक मिनेटमा सय घण्टाको विषयवस्तु अपलोड गरिरहेका हुन्छन्।

    अमेरिकामा १६ वर्षअघि स्थापित यूट्यूब च्यानल अहिले नेपालमा प्रभावकारी सामाजिक सञ्जालका रूपमा स्थापित भएको छ। लाखौं मानिस यसका प्रयोगकर्ता छन्। यससँगै राज्यका शासक प्रशासक, विभिन्न सरोकारवाला निकाय र नागरिकमा समेत यसप्रति चासो र चिन्ता बढेको छ। चाहेर नचाहेर सबै यसको नजिक हुनैपर्ने भएको छ। हरेक विषयका जस्तै यूट्यूबका पनि सकारात्मक र नकारात्मक पक्ष छन्। सकारात्मक कोणबाट हेर्दा यूट्यूब सर्वसाधारणका लागि साझा चौतारो भएको छ। अर्थात् मूलप्रवाहका मिडियामा कहिल्यै पहुँच नपाएका सर्वसाधारणले यसमा सजिलै पहुँच पाएका छन्। पत्रकारितामा भनिने आवाजविहीनको आवाज बनेको छ। भुइँमान्छेले क्षणभरमै चर्चा र प्रतिष्ठा कमाउन थालेका छन्। यो आममानिसको ‘पब्लिक स्फेअर’ (सार्वजनिक ठाउँ) बनेको छ। दुःख, पीडामा परेका अत्यन्त न्युनस्तरका जनताले कतिपय सन्दर्भमा यूट्यूब कार्यक्रमबाट राहत पाएका छन्। यूट्यूबले पीडित र पीडकलाई प्रत्यक्ष बहसमा ल्याइदिने हुँदा कतिपय घटनामा मेलमिलापको प्रयाससमेत भएको छ। अर्काेतिर परोपकारी कार्य छिटो गर्न यूट्यूब गतिलो माध्यम भएको छ। पीडितका लागि राहत (आर्थिक) संकलनसमेत भएर उनीहरूको उद्धार भएको छ। त्यसैले समाजको आँखामा पत्रकारभन्दा कतिपय यूट्यूबरहरू लोकप्रिय हुन थालेका छन्। वाही वाही पाएका छन्।

    यस्तै, मनोरञ्जन, विभिन्न स्थानको सूचना, जानकारी दिने साधन पनि बनेको छ यूट्यूब। यति मात्र होइन, रोजगार स्वरोजगारसमेत बनेको छ। राज्यले यसको कमाइलाई वैध बनाउन नसके पनि हजारौं मानिसले रोजगारी पाइरहेका छन्। सञ्चारमाध्यम परिवर्तनको वाहक हो। यूट्यूबलाई पनि सही मार्गमा ल्याएर सत्य, तथ्य र प्रामाणिक सामग्री सम्प्रेषण भएमा समाजमा परिवर्तनका लागि सकारात्मक भूमिका खेल्न सकिन्छ। आधारभूत तहका नागरिकका आवाज मुखरित भएर मूल शासकसमक्ष पुग्न सक्छन्। विभिन्न क्षेत्रका राम्रा र उदाहरणीय प्रतिभा जन्मन र स्थापित हुन सक्छन्। आफ्ना पीडा, समस्या, आवाज राखेर वास्तविक पीडितलाई न्यायका लागि सम्बन्धित निकायको ढोका ढक्ढक्याउन सजिलो हुन्छ। यसको सकारात्मक पहलबाट समाजमा सद्भाव कायम हुन पनि सक्छ।

    यूट्यूबका नकारात्मक पक्ष पनि धेरै छन्। यूट्यूबरहरू कानुन, नियमन, आचारसंहिताको दायराभन्दा बाहिर छन्। यूट्यूब कस्तो प्रकारको साधन हो भन्ने दुविधा भ्युअर्समा मात्रै होइन, शासक–प्रशासक, धेरै सरोकारवालामा समेत छ। धेरैजसो यूट्यूबरले नागरिकको मौलिक हकका रूपमा संविधान, २०७२ मा उल्लिखित गोपनीयताको हकतर्फ ध्यान दिन सकेको देखिँदैन। व्यक्तिगत मामलालाई उछालेर पारिवारिक विखण्डन ल्याउन खोजेको देखिन्छ। पानी, पँधेरा, गाईगोठका, घरझगडा, व्यक्तिगत मामिलालाई सतहमा ल्याइदिने गरेको छ। भ्युअर्स बढाउने नाममा जबर्जस्ती गलत र फन्डा शीर्षक, अश्लील सामग्री राखेको पाइन्छ। महिलाहिंसा, बालहिंसा, वृद्धवृद्धा हिंसा हुने गरी महिला, बालबालिका, वृद्धवृद्धाका अनावश्यक विषय वा प्रसंगलाई बढाइचढाइ गरेर राखेको पाइन्छ। जाति, धर्म, क्षेत्र, वर्ग, पेसा, आदिबीच असन्तुलन कायम हुने, सद्भाव भड्काउने गरी सामग्री दिइएको हुन्छ। यसबाट समाजमा अनेक द्वन्द्व फैलन सक्ने डर हुन्छ।

    यूट्यूबबाट गरिने कर्म सञ्चारकर्म हो भन्नेमा कुनै विवाद छैन तर यूट्यूबकारितालाई पत्रकारिता मान्ने कि नमान्ने वा यूट्यूबलाई समाचार माध्यम मान्ने कि नमान्ने भन्ने विषय अन्योलमै छ। धेरैजसो यूट्यूबरले आफूलाई पत्रकारको हवला दिएर वास्तविक पत्रकार र पत्रकारिता पेसाकै बदनाम गरिरहेका छन्। पत्रकार भन्दै आफैं प्रेस ज्याकेट, कार्ड र झोला बनाएर प्रयोग गरी राज्यमा नै भ्रम छरिरहेका छन्। व्यक्तिको घर–घर पुगेर सामाजिक द्वन्द्व चर्काउने काम गरिरहेका छन्। त्यसैले यस्ता यूट्यूबरलाई अब सही मार्गमा ल्याउन जरुरी भइसकेको छ। यूट्यूबलाई समाचार माध्यम ठानेर यसका प्रयोगकर्ता (यूट्यूबर)लाई पत्रकार मान्ने एउटा समाज छ। यूट्यूबरहरूले आफूलाई जबर्जस्त पत्रकार भन्ने गरेझैं मिडियाभन्दा बाहिरको एउटा समाजले यूट्यूबरलाई पत्रकार भनेरै जान्दछ।

    पत्रकारिता र गैरपत्रकारिताका रूपमा सञ्चालित युट्यूबरलाई छुट्याएर पत्रकारिता मात्रै गर्ने यूट्यूबरलाई काउन्सिलमा सूचीकरण गर्नुपर्छ। तिनलाई पत्रकार आचारसंहिताको घेराभित्र छिराउनुपर्छ। यूट्यूबमात्र चलाउने र पत्रकारिताका लागि यूट्यूब चलाउनेबीच भिन्नता छुट्याउनुपर्छ।

    मेरो विचारमा यूट्यूबलाई सञ्चारमाध्यम मान्न सकिन्छ तर समाचार माध्यम मान्ने नमान्ने भन्ने विषयमा अझै छलफल हुनुपर्छ। त्यसका विषयवस्तुलाई पत्रकारिताको कसीमा राखेर जाँच्नुपर्छ। किनकि अन्य समाचारमाध्यमले झैं यूट्यूबले पनि रिर्पोट÷अन्तर्वार्ता प्रसारण गरे पनि त्यसमा पत्रकारिताको निश्चित मूल्यमान्यता, तŒव (समाचार संकलन, लेखन÷पुनर्लेखन, सम्पादन र सम्प्रेषण तथा तथ्यता, सन्तुलन, विश्वसनीयता) समावेश भएको हुँदैन। त्यसैले सबै यूट्यूबबाट आउने सूचना, सामग्री आधिकारिक र प्रमाणित हुन्छ भन्न सकिँदैन। यद्यपि  सैद्धान्तिक रूपमा यूट्यूबकारिता पत्रकारिता नभई लिंक सर्भिस भए पनि व्यावहारिक रूपमा यसले नेपाली समाजलाई यति गाँजिसकेको छ कि यसलाई पत्रकारिता नमानेर व्यवहार गर्दा पनि कतिपय यूट्यूबरहरू आन्दोलित हुनसक्ने अवस्था छ। यूट्यूबरबारे विज्ञ, पत्रकारबीचमै फरक मत रहेको पाइन्छ। कोही पत्रकार यसलाई पत्रकारिता नै मान्न हुन्न भन्छन्। युट्यूबबाट पत्रकारिता गरिरहेको बताउने सबै यूट्यूबलाई एउटै डालोमा हालेर व्यवहार गर्न नहुने तर्क गर्छन्। कोही पत्रकार भने आजको युगमा यूट्यूबलाई नकार्न नसकिने बताउँदै तिनीहरूलाई विस्तारै कानुन र आचारसंहिताको दायरामा ल्याउनुपर्ने धारणा राख्छन्।

    आठ वर्षअघि आजको अनलाइन माध्यमको स्थिति र विवाद यस्तै रहेको बताउँदै उनीहरू यूट्यूबलाई पनि अनलाइन माध्यमलाई झैं सही मार्गमा ल्याउनुपर्नेमा जोड दिन्छन्। वास्तविक कुरा गर्नुपर्दा युट्यूबरलाई कानुनी दायरामा ल्याउन ढिला भइसकेको छ। त्यसैले अब सर्वप्रथम यूट्यूबको प्रकृति र प्रकार छुट्याई अघि बढ्नुपर्छ। दुवै युट्यूबरलाई कानुनले बाँधी राजस्व संकलन गर्ने वातवरण तय गरिनुपर्छ। करको दायारामा आउँदा राज्यको ढुकुटी बलियो हुन्छ। यस्तै पत्रकारिता र गैरपत्रकारिताका रूपमा सञ्चालित युट्यूबरलाई छुट्याएर पत्रकारिता मात्रै गर्ने यूट्यूबरलाई काउन्सिलमा सूचीकरण गराइ पत्रकार आचारसंहिताको घेराभित्र छिराउनुपर्छ। कुन यूट्यूबर साँँच्चै पत्रकारिता गर्न चाहन्छन् र कुन चाहँदैनन् भन्ने प्रष्ट गरी पत्रकारिता गर्न इच्छुक यूट्यूबरलाई पत्रकारिताको दायराभित्र ल्याउनुपर्छ।

    यूट्यूबमात्र चलाउने र पत्रकारिताका लागि यूट्यूब चलाउनेबीच भिन्नता छुट्याउनुपर्छ। पत्रकारिताको दायराभित्र ल्याई पत्रकारिताको न्युनतम मूल्यमान्यता र पत्रकार आचारसंहिताबारे जानकारी कक्षा सञ्चालन गर्नुपर्छ। पत्रकार आचारसंहितासम्बन्धी जागरण दिई यसको अनुगमन गर्नुपर्छ। नियमन कसले गर्ने हो राज्यको स्पष्ट नीति हुनुपर्छ। नियमन काउन्सिलले गर्ने हो भने त्यसको टुंगो लगाउनुपर्छ। तर कसैले माने पनि नमाने पनि मिडिया बाहिरका नागरिकहरू यसको अनुगमन काउन्सिलबाट हुनुपर्छ भन्नेमा छन्। यूट्यूबविरुद्ध काउन्सिलमा उजुरी पर्न थालिसकेको छ। अहिलेसम्म यूट्यूबकै विषयलाई लिएर केही उजुरी परेको छ ।

    यद्यपि सबै यूट्यूबका उजुरी काउन्सिलले लिन सक्दैन किनकि सामाजिक सञ्जालका सबै प्रयोगकर्ताको अनुगमन काउन्सिलको कार्यक्षेत्रभित्र पर्दैन। तर पत्रकार आचारसंहिता २०७३, पहिलो संशोधन २०७६ को १४ बुँदाका आधारमा प्रवृत्तिगत अध्ययन गर्न सक्छ। कतिपय यूट्यूबका कारण राजनीतिक, आर्थिक, लैंगिक, व्यापारिक, क्षेत्रीय, जातीय रूपमा असर परेको र पर्न सक्ने खतरा बढेकाले काउन्सिलले सरोकारवालासँग एक चरण छलफल गरिसकेको छ। नीतिगत निर्णय हुन आग्रहका साथ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत पटकपटक सरकारको ध्यानाकर्षण गराइएकोमा कुनै प्रतिक्रिया नआएपछि वैशाख १० गते बसेको काउन्सिलको बोर्ड बैठकले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरी अनलाइनमार्फत पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता गर्ने र गर्न चाहने यूट्यूबलाई काउन्सिलमा सूचीकरणका लागि निवदेन दिन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ। यसरी नै प्रारम्भिक चरणमा यति गर्न सके पत्रकारिता गरेका हौं भन्ने यूट्यूबरहरूलाई क्रमशः सही मार्गमा ल्याउन सकिन्छ कि ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    News

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑